सञ्चयकर्तालाई १०००%सम्म नाफाः यसरी बन्दैछ बेतन कर्णाली



काठमाडौं । तपाई कर्मचारी सञ्चयकोषमा आफ्नो कोष कट्टी गर्दै आउनु भएको छ । आउनु भएको छ भने अब तपाईका लागि अझै ठूलो खुसीको खबर पनि आउनेवाला छ । कोष कट्टी गर्नुभएको छैन भने अब कोष कट्टी गर्नेतिर पनि तपाई लाग्न सक्नुहुन्छ ।

कोषले सरकारी क्षेत्रमा मात्रै नभई स्वरुपमा वा नीजि क्षेत्रका संस्थान वा निकायमा कार्यरतले समेत कोष कट्टी गर्न सक्नेछन् । हाल कोषमा करिब ६ लाख कर्मचारीले कोष कट्टी गर्दै आएका छन् ।

कोषमा हाल २५० अर्ब रकम सञ्चित छ । यो नै नेपालको ठूलो पूँजी हो । सोही पूँजीको आडमा कोषले जलविद्युत् आयोजनामा प्रत्यक्ष लगानी गर्ने घोषणा समेत गरेको छ ।

कर्मचारी सञ्चय कोषले बेतन कर्णाली जलविद्युत् आयोजनाको अनुमतिपत्र लिएर काम गरिरहेको छ । आगामी डेढ वर्षभित्र उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन समेत तयार हुनेछ ।

कुल १० हजार ८०० मेगावाट क्षमताको उक्त आयोजना बनाउन , त्यसको प्राविधिक तयारी गर्न, लगानी जुटाउन आजैको दिनदेखि सुरु गर्ने हो भने पनि कम्तीमा १० वर्ष लाग्छ ।

आयोजनाको कुल क्षमता ६८८ मेगावाट रहेको छ । त्यत्रो क्षमताको आयोजनाको कुल लागत भने मात्रै ७० अर्ब रहेको छ । नेपालको सस्तो परियोजनाको रुपमा बेतन कर्णाली जलविद्युत् आयोजनालाई लिइन्छ ।

सोही विशेषताका कारणले नै सरकारले उक्त आयोजना कर्मचारी सञ्चय कोषलाई निर्माणका लागि दिएको हो ।

कोषले आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त भएको नाफाबाट आयोजनाको बिऊ पूँजीका रुपमा १ अर्ब २९ करोड लगाउने घोषणा गरेको छ । चालु आवमा हुने नाफाबाट समेत आयोजनाका लागि करिब २ अर्ब रकम लगाउने जनाएको छ ।

आगामी ५ वर्षमा आयोजनाका लागि कोषले करिब १० अर्ब रकम आफै जोहो गर्नेछ ।

कोषले कर्मचारी वा सञ्चयकर्तालाई न्यून रुपमा दिदै आएको मुनाफालाई नै जलविद्युत् आयोजनामा लगानी गर्न थालेपछि सञ्चयकर्तालाई दोहोरो फाइदा समेत हुने भएको छ । त्यसको मतलब हो, सञ्चयकर्ताले न्यून मूल्यमा नै सञ्चकयर्ता करिब ५०० कित्ता बढी सेयरको हकदार बन्नेछन् ।

माथिल्लो तामाकोशी, चिलिमे, सान्जेन र रसुवागढी जस्ता आयोजनामा लगानी गरेको कोषले आफै लगानीकर्ता भएर निर्माण गर्र्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाले सञ्चालनमा आएको पाँच वर्षमा नै आफ्नो लगानी उठाउनेछ । कोषमा निमित्त प्रशासक दीपक रौनियारकाअनुसार छैटौ वर्षदेखि कोषले आयोजना मार्फत १०० प्रतिशतसम्म मुनापाm दिन सक्नेछ ।

सञ्चयकर्ताले न्यून रुपमा प्राप्त गर्ने मुनाफाको कुनै हिसाब नरहने सन्दर्भमा सोही रकम नै प्रयोग गर्दा सञ्चयकर्ताका लागि भने १ हजार प्रतिशतसम्म फाइदाको प्याकेज अगाडि सारिएको कोषले जनाएको छ ।

कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको रकममा निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको ६ सय ८८ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनामा पछिल्लो समय लगानी बोर्डले केही अब्जेक्सन जनाउन भने सुरु गरेको छ । उसले आफूलाई सोध्दै नसोधी आयोजनाको अनुमतिपत्र कर्मचारी सञ्चयकोषलाई दिइएको भनेर अवरोध गर्न खोजेको छ ।

तर आधिकारिक पत्राचार भने कही कतैबाट हालसम्म भएको छैन । माथिल्लो तामाकोशी जस्तै राष्ट्रिय हितका लागि निमाृण हुन लागेको आयोजनामा कोही कसैले पनि अवरोध नगर्ने कोषको विश्वास छ ।

एकथरीले कर्णाली चिसापानी जलविद्युत् आयोजनाको नजिकै उक्त आयोजना पर्ने भएकाले समस्या आउन सक्ने भन्दै विरोध गरेका छन् । कुल १० हजार ८०० मेगावाट क्षमताको उक्त आयोजना बनाउन , त्यसको प्राविधिक तयारी गर्न, लगानी जुटाउन आजैको दिनदेखि सुरु गर्ने हो भने पनि कम्तीमा १० वर्ष लाग्छ ।

निर्माण गर्न मात्रै सो आयोजना कम्तीमा दश वर्ष लाग्छ । यसरी हिसाब गर्दा कर्णाली चिसापानी बनाउन अझै २० वर्ष लाग्ने देखिन्छ । फेरी उक्त आयोजना निर्माण पूर्व भारतसँग तल्लो तटीय लाभ, बाढी नियन्त्रण, हिउँदको पानी प्रयोगलगायतका विषयमा कुटनीतिक तथा राजनीतिक तहमा गर्नुपर्ने छलफल सुरु हुनै सकेको छैन ।

सरकारले केही समय पहिले उक्त आयोजनालाई सार्क स्तरीय आयोजनाको रुपमा लिदै प्रचार गरेको थिए । केही त नेपाल, भारत र चीनको त्रिदेशिय साझेदारीको परियोजनाको रुपमा समेत अथ्र्याएका थिए ।

कोषमा सञ्चय गर्ने सञ्चयकर्ता र आम नेपालीको हितमा निर्माण गर्ने लक्ष्य राखिएको आयोजना हाल निर्माण सम्पन्न गर्ने दिशामा अगाडि बढेको खण्डमा कर्णाली चिसापानी आयो भने पनि कुनै समस्या नपर्ने विज्ञहरुको भनाइ छ ।

कर्णाली चिसापानी बन्दा क्षमता घटाएर ३०० मेगावाटमा उक्त आयोजना सञ्चालन गर्न सकिन्छ ।


क्लिकमान्डु