नेपालमा ३० हजारलाई एड्स रोग, कसरी बच्ने ?



एड्स प्राणघातक रोग मानिन्छ । यसको संंक्रमणमबाट बच्न हामी आफैँ सचेत रहनु जरुरी हुन्छ । तर्सथ रोगीलाई भन्दा रोगलाइ घृणा गर्ने बानी बसाल्नुपर्छ ।

यस्तो प्राणघातक रोगको सुरुवात डेमोक्रेटिक रिपब्लिक अफ कंगोको राजधानी किन्सासा शहरमा भएको हो । बिरामीमा देखा परेको ३० बर्षपछि मात्र यो पत्ता लागेको हो ।

रिर्पोटका अनुसार वेश्यावृत्ति एवम् संक्रमितको सुई प्रयोग गर्नाले यो भाइरस बढ्न टेवा पुगेको पाइन्छ । सन् १९८० बाट एचआईभी विश्वमा आएर करिब साढे सात करोड मानिसलाइ सताएको थियो ।

बैज्ञानिकका अनुसार एचआईभी चिम्पाङ्जी भाइरसको परिवर्तित रुप हो । यसलाई इम्युनोडिफिसिएंसी भाइरसको नामले पनि चिनिन्छ । यो भाइरस चिम्पाङ्जी, गोरिल्ला बाँदरमा पाइएपछि मानिसमा समेत देखा परेको हो ।

अक्सफोर्ड यूनिवर्सिटीका प्रोफेसर ओलिवर पाइबसका अनुसार- ‘१९२० को दशकमा किन्सासा बेल्जियन कंगोमा विभिन्न यौन संक्रमित बिमारी बहुत तेजले फैलिरेका थिए’ । यस्तो हुनुमा महिलाको भन्दा पुरुषको सङ्ख्या दोब्बर हुनु एवम् असुरक्षित यौन संपर्क बढनु नै मुख्य कारण मानिन्छ ।

रेल नेटवर्कले पनि यसलाई टेवा दिएको मान्न सकिन्छ । सन् १९४० को अन्तमा लगभग १० लाख मानिस आगमनको लागि किन्सासामा स्टेशन पुग्नुपर्थ्यो ।

उक्त भाइरसका संक्रमितहरु नेपालमा पनि छ्यापछ्याप पाइन थालेका छन् । स्वास्थ्य संगठनका रिपोर्ट अनुसार नेपालमा लगभग ३० हजार जना संक्रमित रहेको अनुमान गर्न सकिन्छ । रगतसँग एडसको नाता नजिक हुने भएकाले अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ ।

एड्स लागेका व्यक्तिले आफूले पहिले जसरी काम गर्न सक्दैनन् । यतिमात्र नभएर आवश्यकता अनुरुप अन्य सदस्यले समेत उनीलाई समय खर्चिनु पर्छ । एड्स लागेका व्यक्तिप्रतिको केही सामाजिक धारणामा समेत परिवर्तन हुनु जरुरी देखिन्छ । साथै एड्स नलागेका व्यक्ति हरबखत यस्ता कुरामा सचेत रहनुपर्छ ।


पुष्प दुलाल