बागमती स्वच्छ बनाउन ४ ठाउँमा प्रशोधन केन्द्र, दैनिक सबा १४ करोड लिटर ढल प्रशोधन हुने




काठमाडौं । सर्बसाधारणको घरबाट निस्कने मलमुत्र सहितको ढललाई प्रसोधन गरेर मात्रै बागमतीमा मिसाइने भएको छ । सोझै ढल मिसाउँदा बागमतीको पानी फोहोर भएको भन्दै ढल प्रसोधन गर्न लागिएको हो ।

बागमतीको पानी सफा बनाउनका लागि ४ वटा ढल प्रशोधन केन्द्र निर्माण भईरहेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले जानकारी दिए ।

‘बागमतीमा सिधै ढल मिसाउदा पानी फोहोर भएको हो, फोहोर पानीलाई सफा पारेर खोलामा स्वच्छ पानी बगाउने गरी प्रसोधन केन्द्र निर्माण गरिरहेका छौं,’ ढकालले क्लिमाण्डूसँग भने ।

फोहोर पानीलाई स्वच्छ बनाउका लागि गुहेश्वरी, सल्लाघारी, कोड्कु र सुन्दरीघाटमा ढल प्रशोधन केन्द्र निर्माण भईरहेको छ । यी ४ स्थानको प्रशोधन केन्द्र सन् २०१९ सम्ममा निर्माण भईसक्ने आयोजनाको भनाइ छ । अर्को चरणमा खोकनामा प्रशोधन केन्द्र निर्माण गरिने प्रवक्ता ढकाल बताउँछन् ।

काठमाडौं उपत्यकाको प्रमुख नदी बागतीको पानी स्वच्छ राख्न ढल मिसिन्नबाट बचाउँनु पर्ने हुन्छ । त्यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले बागमती, धोवीखोला र विष्णुमती नदी किनारमा ढल बगाउन छुट्टै पाइपलाईन विस्तार गरिरहेको छ । यस्तै मेलम्चीले मनहरा र हुमन्ते खोलामा पाइपलाईन विछ्याउने काम गरिरहेको छ ।

४ वटै प्रशोधन केन्द्रले गरी दैनिक १४ करोड १९ लाख लिटर ढल प्रशोधन गरी पानी सफा बनाइने भएको हो ।

विकास समितिले बनाएको छुट्टै पाइपलानबाट ढल ल्याएर प्रसोधन केन्द्रमा जम्मा गरिने र सो केन्द्रले ढल प्रसोधन गरी बागमतीमा पानी मिसाउने योजना अनुसार काम भइरहेको हो ।

खोला किनारमा निर्माण गरिएका पाइपलाईनमा सहरको फोहोर पानी बग्ने छ । जसले गर्दा ढल सिधै खोलामा मिसानबाट रोकिने छ । पाइपलाईनबाट बाग्ने पानीलाई विभिन्न स्थानमा निर्माण हुने प्रशोधन केन्द्रले सफा बनाई खोलामा बगाउने छ । ४ वटै प्रशोधन केन्द्रले गरी दैनिक १४ करोड १९ लाख लिटर ढल प्रशोधन गरी पानी सफा बनाइने भएको हो ।

पैसा कति लाग्छ ?
४ स्थानको प्रशोधन केन्द्र तथा मनहरा र हुमन्ते खोलामा ढलको पाइप विछ्याउनका लागि मेलम्ची आयोजनाले १ सय ३६ मिलियन अमेरिकी डलर खर्च गर्दैछ । एशियाली विकास बैंकको ८० मिलियन अमेरिकी डलर ऋण सहयोग र सरकारले ५६ मिलियन अमेरिकी डलर आयोजनालाई दिएको छ । निर्माण सम्झौता अनुसार सन् २०१९ सम्म बागमतीमा स्वच्छ पानी बग्नु पर्नेछ ।

कस्तो हुन्छ प्रशोधन केन्द्र ?
प्रशोधन केन्द्र वातावरण मैत्री हुनेछ । केन्द्रलाई वातावरण मैत्री बनाउका लागि वरपर बोट, विरुवा तथा फूलहरु रोपिने छ । पानी जम्मा हुने स्थानलाई सिमेन्टको ढलानले छोपिन्छ । बर्षातको समयमा हुने ओभर फ्लोसँग जुध्नका लागि अतिरिक्त पानी सञ्चय गर्ने प्रयाप्त ठाउँ हुन्छ ।

ढल प्रशोधन केन्द्र निर्माण हुने स्थान
गुहेश्वरी
गुहेश्वरीमा ढल प्रशोधन केन्द्र निर्माधिन अवस्थामा छ । गुहेश्वरी प्रशोधन केन्द्रले दैनिक ३ करोड ६४ लाख लिटर पानी प्रशोधन गर्नेछ ।

सल्लाघारी
सल्लाघारी ढल प्रशोधन केन्द्रले दैनिक १ करोड ४० लाख लिटर पानी प्रशोधन गर्छ ।

कोड्कु
कोड्कु प्रशोधन केन्द्रले १ करोड ७५ लाख लिटर पानी प्रतिदिन प्रशोधन गर्छ ।

सुन्दरीघाट
सुन्दरीघाटमा २ वटा ढल प्रशोधन केन्द्र निर्माण हुनेछन् । सुन्दरीघाटको प्रत्येक प्रशोधन केन्द्रले प्रतिदिन ३ करोड ७० लाख लिटर पानी सफा गर्छ ।

खोखना
खोखनामा प्रशोधन केन्द्र सन् २०१९ पछि बनाइने छ ।


क्लिकमान्डु