तपार्इंको मोबाइल हरायो ? यसरी थाहा पाउनुहोस् आईएमईआई नम्बर



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो दिनमा नेपालमा प्रयोगमा आउने हरेक मोबाइल नम्बरको आईएमईआई नम्बर अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरेको छ । यस्तो नम्बर दर्ता हुनाले फोन चोरी भएको बेला, हराएको बेलामा वा कुनै आपराधिक कार्यमा प्रयोग भएको आशंका भएको बेलामा पत्ता लगाउन सहज हुनेगर्दछ ।

कतिपय मानिसहरुले विदेशबाट बोकेर आउने फोनहरु यहाँ दर्ता नहुने र त्यस्तो फोन नेपाली नेटवर्कमा नचल्ने हुनसक्दछ ।

आफ्नो फोन दर्ता गर्न वा बिक्री गर्ने बेलामा आईएमईआई नम्बर आवश्यक पर्दछ । यस्तो नम्बर प्रत्येक मोबाइलमा फरक फरक रहेको हुन्छ । जसलाई मोबाइलको परिचय नम्बर समेत भनेर बुझिन्छ ।

तर अधिकांशलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर कति हो भनेर थाहा नहुन सक्दछ । यदि तपाईँलाई पनि आफ्नो मोबाइल नम्बरको आईएमईआई नम्बर थाहा छैन भने हामी यहाँ आईएमईआई नम्बर थाहा पाउने केहि सरल तरिकाहरु सिकाउँछौं ।

आईएमईआई एउटा यूनिक नम्बर हो जो हरेक ह्याण्डसेटमा राखिएको हुन्छ । हरेक फोनलाई त्यहि नम्बरबाट आधिकारिक रुपमा चिनिन्छ । यस्तो आईएमईआई नम्बर प्रत्येक सिम स्लटको आधारमा राखिएको हुन्छ । अर्थात यदि तपाईँको मोबाइलमा एउटा सिम प्रयोग हुन्छ भने

एउटा मात्र आईएमईआई नम्बर राखिएको हुन्छ र दुईवटा सिम प्रयोग हुन्छ भने दुईवटा आईएमईआई नम्बर हुन्छ ।

यूएसएसडी कोड

तपाईँको फोनको आईएमईआई नम्बर पत्ता लगाउनका लागि यो सबैभन्दा सजिलो तरिका हो । यसको सबैभन्दा मुख्य विशेषता भनेको यो यूनिभर्स हो । यो उपाय हरेक फोनहरुमा प्रयोग गरेर फोनको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ ।

तपाईँले आफ्नो फोनमा X#06# डायल गर्नुहोस् ।

त्यसपछि तपाईँको फोनमा भएको आईएमईआई नम्बर सजिलै स्क्रीनमा देखिन्छ । तर त्यसलाई स्क्रीनसट लिएर वा अन्य कतै लेखेर थाहा पाउन सकिन्छ ।

फोनको पछाडिको भागमा

अहिले अधिकांश फोनहरुमा पछाडिपट्टि आईएमईआई नम्बर लेखिएको ह्ुन्छ । त्यसको लागि तपाईँले फोनको पछाडिको भागमा तल्लो स्थानमा हेर्न सक्नुहुन्छ । कतिपय पुराना फोनहरुमा भने यस्तो नम्बर सिम ट्रेमा प्रिन्ट गरिएको हुन्छ ।

सेटिङ्गबाट थाहा पाउने

तपाईँको फोन एन्ड्रोयडमा आधारित स्मार्टफोन हो भने तपाईँ आईएमईआई नम्बर थाहा पाउन त्यसको सेटिंगमा जानुहोस् । त्यसपछि अबाउटमा ट्याप गर्नुहोस र त्यसपछि आईएमईआई भन्ने स्थानमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईँको फोनको आईएमईआई नम्बर लेखिएको देखिन्छ ।

यदि तपाईँसँग आइफोन छ भने त्यसको सेटिंगमा ट्याप गर्नुहोस् । त्यसपछि जनरल छनौट गर्नुहोस र अबाउटमा हेर्नुहोस् । त्यसमा स्क्रोल गरेर आईएमईआई हेर्न सकिन्छ ।

जून फोनमा रिमुभेबल अर्थात झिक्न मिल्ले किसिमको ब्याट्री राखिएको छ त्यसमा आईएमईआई नम्बर एउटा स्टीकरमा टाँसेर राखिएको हुन्छ । जुन ब्याट्री राख्ने स्थानमा हुन्छ ।

फोन नभएको बेलामा

यदि तपाईँको फोन हराएको वा चोरी भएको छ भने तपाईँले त्यस्तो फोनको बारेमा प्रहरीलाई जानकारी दिनको लागि पनि आईएमईआई नम्बर अनिवार्य रहेको हुन्छ । त्यसैले फोन नहुँदा पनि केहि सामान्य उपायबाट फोनको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ ।

त्यसको लागि तपाईँले फोनको बक्स वा खरिदगरेको बेलामा दिईएको बिल हेर्न सक्नुहुनेछ ।

हरेक फोनको रिटेल बक्स तथा बिल दुबैमा आईएमईआई नम्बर लेखिएको हुन्छ । त्यसैले यस्तो बक्स वा बिल फालिहाल्नुहुँदैन् । फोनको बक्स र बिल तपाईँले फोन सेकेण्डह्याण्ड बजारमा बेच्दा पनि आवश्यक पर्दछ ।

फोनको बक्समा यसको बाहिर साईडको भागमा आईएमईआई नम्बर प्रिन्ट गरेर स्टीकरको रुपमा टाँसिएको हुन्छ भने बिलमा पनि तपाईँको फोनमा भएको सबै आईएमईआई नम्बर टाँसिएको वा प्रिन्ट गरिएको हुन्छ ।

हराएको फोनको आईएमईआई खोज्ने

यदि तपाईँ एन्ड्रोयडमा आधारित फोन प्रयोग गर्नुहुन्छ र तपाईँको फोन हरायो वा चोरि भयो भने पनि आईएमईआई नम्बर थाहा पाउन सकिन्छ ।

यसको लागि तपाईँले एन्ड्रोयड फोनमा प्रयोग गरेको गूगलको आईडी एकाउन्टको माध्यमबाट आईएमईआई थाहा पाउन सकिन्छ ।

कम्प्यूटर, ट्याब वा ल्यापटपबाट गूगलको आईडीमार्फत गूगल ड्यासबोर्डमा लग इन गर्नुहोस् । त्यसपछि त्यसमा ग्रीन रोबोट लोगोपछि लेखिएको एन्ड्रोयड भन्ने स्थानमा क्लिक गर्नुहोस् ।

यसपछि तपाईँ ती डिभाइसहरुको लिस्ट हेर्न सक्नुहुन्छ जून तपाईँको गूगल एकाउन्टबाट प्रयोग गरिएका छन् । त्यसबाट तपाईँले आफ्नो आईएमईआई नम्बर पत्ता लगाउन सक्नुहुन्छ ।


पुष्प दुलाल