यी १२ तरकारी र फलफूल, जसमा सबैभन्दा बढी किटाणु पाइयो



काठमाडौं । तरकारी र फलफूल बिना पौष्टिक आहार अधुरो रहने गर्छ । तर, त्यस तरकारी तथा फलफूलमा टासियर बसेका किटाणुहरुको बारेमा धेरै मानिसहरुलाई थाहा नहोला ।

खेतीपाती गर्दा तरकारी तथा फलफूललाई किराबाट बचाउनका लागि फरक-फरक किसिमका किटानशक औषधि प्रयोग गरिएको हुन्छ । त्यसपछि तरकारी तथा फलफूल आफ्नो टेवलसम्म आइपुग्ने गर्छ ।

एउटा गैर-लापरवाही समूह इन्भारोमेन्छ वर्किङ ग्रुपले (इडब्लूजी)ले अमेरिकामा १२ सबैभन्दा फोहोर तरकारी तथा फलफूलको सुची बनाएको छ । त्यसमा स्टोबेरी, पालुङ, आलु, स्याउ, नास्पती, चेरी, अंगुर, ज्वानोको पात, गोलभेडा, रातो खुर्सानी र आरु रहेका छन् ।

बिबिसीले अमेरीका कृषी विभागबाट लिएको डाटाका अनुसार २०१५मा स्टोबेरीका ७०६ नमूना जाच गरिएको छ । जसमध्ये करिब ४० प्रतिशतमा ७० वटा फरक फरक प्रकारका किटानशक भेटिएको छ ।

यूरोपीयन फ्रुड सेफ्टी अथरिटी (एफसा) यहीवर्ष आफ्नो एक रिपोर्टमा भनेको छ की ‘८४ हजारभन्दा धेरै खानेकुराहरुको नमूनामा ४३.९ प्रतिशतमा किटानुशक पदार्थ भएको पाइएको छ । हुन त तिनीहरुको असर भने खतरनाक थिएन ।’

हुन त ‘नो टक्सिङ टू द लिविङ सानो फाउन्डेशन’ का निर्देशक कार्लोस डिप्राडाका अनुसार कुन फलमा धेरै कुटानस हुन सक्छ, त्यसको सामान्यकरण गर्न सम्भव छैन् ।’

विश्वमै एउटै छैन किटानुसको प्रयोग

यो पनि भन्ने गरिन्छ की विश्वमा खानाको खपत र किटानशको प्रयोग एउटै हुने गर्दैन । केही किटानशक केही देशहरुमा प्रतिबन्ध र केहीमा प्रतिबन्द गरिएको छैन् ।

अमेरिका र यूरोप दुबै स्थानका खाद्य पदार्थमा किटानशकहरुको प्रयोग गर्ने मात्रा असाधै कम रहेको पाइन्छ । र, त्यो प्रयोग गर्ने सिमित सिमा तय गरिएको छ । केही अधिकारीहरु यसलाई स्वास्थ्यको लागि खतरा मान्ने गर्दैनन् ।

तर, स्वास्थ्य जगतका केही कार्यकर्ताले यस कुरामा चिन्ता व्यक्त गरेका छन् । की कम मात्रा मै भए पनि प्रकार प्रकारका किटानशकहरु एक साथ हुँदा त्यसले ‘ककटेल असर’ हुनसक्छ । जसले यसको जोखिमलाई बढाएको छ ।

यस सम्बन्धि केही वैज्ञानिक स्रोतका अनुसार किटानशक जस्ता फरक फरक विशालु पदार्थको मिश्रणले प्रजन्न क्ष्मता, त्यसको गुणस्तर र बच्चामा दिमागको बिकासलाई प्रभावित गर्न सक्छ । र, हर्मोनको समस्या पनि उत्पन्न हुनसक्छ ।

कसरी हटाउने किटानशक ?

-डि प्राडाका अनुासार अर्गानिक तरकारी र फलफूलको प्योग किटानशकबाट बच्ने सबैभन्दा प्रभावित प्रक्रिया हो । हुन त यो उपायमा धेरै खर्च हुनसक्छ । र, त्यो सजिलै सबैतिर उपलब्ध पनि हुन सक्दैन् ।

-तरकारी र फलफूललाई मजाले राम्रोसँग धुएर मात्र प्रयोग गर्नु पनि उपयोगी हुन सक्छ । तर, यसो गर्नाले किटानशक पुरै तरिकाले हट्ने छैन । अमेरिकामा धुएर गरिएको अनुसन्धानले जाच गरेपछि प्रयोग गरिने तरकारी तथा फलफूल सबैभन्दा धेरै फोहोर हुने गरेको जनाएको छ ।

-तरकारी र फलफूललाई तासेर पनि किटानशकको मात्रा घटाउन सकिन्छ । तर, यसो गर्नाले त्यसमा भएको फाइबर र अरु भिटामिनहरु कम हुन सक्ने बेफाइदा पनि रहेको छ । बीबीसी हिन्दीबाट


पुष्प दुलाल