काठमाडौं उपत्यकामा हार्डवयर पसल खोल्दा कुन नगरपालिकामा कति कर तिर्नुपर्छ ?




काठमाडौं । भुकम्पपछिको पुनःनिर्माणको समयमा काठमाडौं लगायत देशका धेरै क्षेत्रमा हार्डवेयर व्यवसाय फस्टाउदो क्रममा छ । हार्डवेयर व्यवसायीहरुले उपलब्ध गराउने निर्माण सामाग्रीको भरमा पुननिर्माणको कार्यको गति निर्धारण हुने गरेको छ ।

पछिल्लो समय पुननिर्माणले गति लिएसँगै हार्डवेयर व्यवसाय संचालन गर्ने क्रम बढ्दो दरमा छ । व्यावसाय गर्दा राज्य र स्थानीयतहलाई कर तिर्नुपर्ने हुन्छ । पुननिर्माणको सहायकको रुपमा लिईने हार्डवेयर व्यावसायमा काठमाडौं उपत्यकाका नगरपालिकाले लिने करका दर स्थानीयतह अनुसार फरक छन् ।

उपत्यकाका १३ नगरपालिकाले कायम गरेका हार्डवेयर व्यवसायका दर फरक फरक रहेको पाइएको हो ।

दक्षिणकाली नगरपालिकाले हार्डवेयर पसलबाट बार्षिक ५ हजार रुपैयाँ कर लिने गरेको छ ।

भक्तपुर नगरपालिकाले निर्माण सामाग्री–हार्डवेयर पसल शीर्षकमा श्रेणी अनुसार कर उठाउने गरेको छ । नगरपालिकाले क श्रेणीको पसलबाट बार्षिक ७ हजार रुपैयाँ, ख श्रेणीकोबाट ४ हजार ५ सय रुपैयाँ र ग श्रेणीबाट १ हजार ९ सय रुपैयाँ कर लिने गरेको छ ।

बुढानिलकण्ढ नगरपालिककाले ठूला र साना शीर्षकमा हार्डवयर व्यावसाय कर उठाउने गरेको छ । नगरपालिकाले ५ लाख रुपैयाँभन्दा धेरै लगानीलाई ठूला र ५ लाख रुपैयाँसम्मलाई साना व्यावसायमा राखेको छ । ठूला व्यावसायले बार्षिक ५ हजार रुपैयाँ र साना व्यावसायले बार्षिक २ हजार रुपैयाँ बार्षिक कर तिर्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ ।

चन्द्रागिरी नगरपालिकाले व्यावसायको श्रेणी अन्तरगत हार्डवयर कर लिने गरेको छ । क श्रेणीबाट बार्षिक १५ हजार रुपैयाँ, ख श्रेणीबाट १० हजार रुपैयाँ, ग श्रेणी ६ हजार रुपैयाँ, घ श्रेणी ३ हजार ५ सय रुपैयाँ र ङ श्रेणीबाट बार्षिक १ हजार ५ सय रुपैयाँ लिने गरेको छ ।

काठमाडौं महानगरपालिकाले हार्डवेयर कर सानो, मझौला र ठूला ३ समूहमा कर उठाउने गरेको छ । महानगरपालिकाले सानोबाट बार्षिक २ हजार रुपैयाँ र मझौला तथा ठूलाबाट बार्षिक ३ हजार रुपैयाँ उठाउने गरेको छ ।

गोदावरी नगरपालिकाले हार्डवेयर सप्लायर (ठूलो), हार्डवेयर सामान एक दुई प्रकारको सामान बिक्री वितरण गर्ने, बाथरुम सामान (ठूलो र सानो) शीर्षकमा कर लिने गरेको छ । नगरपालिकाले हार्डवेयर सप्लायर (ठूलो) बाट बार्षिक ६ हजार रुपैयाँ, हार्डवेयर सामान एक दुई प्रकारको सामान बिक्री वितरण गर्नेहरुबाट बार्षिक २ हजार ५ सय रुपैयाँ, बाथरुम सामान (ठूलो) ५ हजार रुपैयाँ र बाथरुम सामान (सानो) बाट बार्षिक २ हजार ५ सय रुपैयाँ कर लिने गरेको छ ।

यस्तै गोदावरीले रंग रोगन पसलबाट बार्षिक २ हजार रुपैयाँ, घरको छानामा वाटर प्रुफिङ गर्नेहरुबाट बार्षिक १ हजार ५ सय रुपैयाँ, सिसा, भेनिस्टा ऐना पसल (ठूलो) बाट बार्षिक ३ हजार रुपैयाँ र सिसा, भेनिस्टा ऐना पसल (सानो) बाट बार्षिक २ हजार रुपैयाँ लिने गरेको छ ।

इटा रोडा बालुवा, ढुङा÷सिमेन्ट ढन्डी सप्लायर्सबाट बार्षिक ४ हजार रुपैयाँ, ह्यूम पाईप उद्योगबाट बार्षिक ४ हजार रुपैयाँ, कङ्क्रिट, मार्वल, सिमनेन्ट, उद्योगबाट बार्षिक ५ हजार रुपैयाँ र इटा, काठ, कोईला डिपोबाट बार्षिक २ हजार ५ सय रुपैयाँ लिने गरिएको गोदावरी नगरपालिकाले जानकारी दिएको छ ।

कागेश्वरी नगरपालिकाले निर्माण सामाग्री शीर्षकमा कर उठाउने गरेको छ । नगरपालिकाले हार्डवेयर/वाथरुम, सामान/रंगरोगन, सप्लायर्स/इन्टरप्रईजेजबाट बार्षिक ३ हजार रुपैयाँ र हार्डवेयर/वाथरुम सामान/रंगरोगन/पसलबाट बार्षिक २ हजार रुपैयाँ कर लिने गरेको छ । यस्तै घरको छानामा वाटर प्रुफिङ गर्नेहरुबाट बार्षिक २ हजार रुपैयाँ, सिसा, भेनिस्ता, ऐना पसल, सप्लायर्सबाट बार्षिक ३ हजार रुपैयाँ, सिसा, भेनिस्ता, ऐना पसल/ऐनामा वुट्टा भर्नेहरुबाट बार्षिक १ हजार ५ रुपैयाँ, इटा रोडा वालुवा ढुङ्गा सिमेन्ट डण्डी सप्लायर्स/डिपोबाट बार्षिक ३ हजार रुपैयाँ र इटा रोडा वालुवा ढुङ्गा सिमेन्ट डण्डी माटो पाईप पसलबाट बार्षिक २ हजार रुपैयाँ कर लिने गरिएको कागेश्वरी नगरपालिकाले जानकारी दिएको छ ।

यस्तै ह्युमपाईप उद्योगबाट बार्षिक ५ हजार रुपैयाँ, कंक्रीट, मार्वल, सिमेण्ट उद्योगबाट बार्षिक ५ हजार रुपैयाँ र सिमेन्ट झ्याल, पिलर, मूर्ति रिङ १ हजार ५ सय रुपैयाँ कागेश्वरीले लिन्छ । साथै, आल्मुनियम/फलामे झ्याल/ग्रिल/सोलार उद्योग ३ हजार रुपैयाँ, आल्मुनियम/फलामे झ्याल/ग्रिल/सोलार खुद्रा बिक्री पसलबाट बार्षिक १ हजार ५ सय रुपैयाँ, ताला साँचो बनाउने तथा मर्मतबाट बार्षिक ५ सय रुपैयाँ, जस्ताको बक्स बनाउने तथा बिक्री मर्मत गर्नेहरुबाट बार्षिक १ हजार रुपैयाँ, प्लाष्टिकको सामान पसल ठूलो÷सप्लायर्स २ हजार ५ सय रुपैयाँ र प्लाष्टिकको सामान पसल सानोबाट बार्षिक १ हजार रुपैयाँ लिने गरिएको कागेश्वरी नगरपालिकाको भनाइ छ ।

किर्तिपुर नगरपालिकाले निर्माण सामाग्री शीर्षकमा बार्षिक ३ हजार रुपैयाँ व्यवसाय कर लिने गरेको छ ।

ललितपुर उपमहानगरपालिकाले निर्माण सामाग्री शीर्षकमा बार्षिक ६ सय रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म कर लिने गरेको छ । नगरपालिकाले ह्यूम पाइप उद्योग र कंक्रिट/मार्वल/सिमेन्ट उद्योगबाट बार्षिक ६ हजार रुपैयाँ र ताला, साँचो बनाउने तथा मर्मत गर्नेहरुबाट बार्षिक ६ सय रुपैयाँ कर लिने गरेको छ ।

मध्यपुर ठिमी नगरपालिकाले श्रेणीगत निर्माण सामाग्री कर लिने गरेको छ । क श्रेणी ६ हजार २ सय ५० रुपैयाँ, ख श्रेणी ३ हजार ७ सय ५० रुपैयाँ, ग श्रेणी १ हजार ८ सय ७५ रुपैयाँ, घ श्रेणी १ हजार ५० सय रुपैयाँ र ङ श्रेणी १ हजार २ सय रुपैयाँ हार्डवेयर कर लिने गरेको छ ।

महालक्ष्मी नगरपालिकाले निर्माण सामाग्रीमा बार्षिक न्युनतम ५ सय रुपैयाँदेखि अधिकतम ५ हजार रुपैयाँ कर लिने गरेको छ । नगरपालिकाले खुद्रामा ५ सय रुपैयाँ र थोकमा १ हजार रुपैयाँ कर कायम गरेको छ ।

नागर्जुन नगरपालिकाले हार्डवेयर पसलबाट बार्षिक ७ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म कर लिने गरेको छ । नगरपालिकाले हार्डवेयर पसल ७ लाख रुपैयाँसम्मको लागि बार्षिक ७ हजार ५ सय रुपैयाँ र ७ लाख रुपैयाँभन्दा माथिका हकमा १० हजार रुपैयाँ लिने गरेको छ ।

टोखा नगरपालिकाले हार्डवेयर शीर्षकमा बार्षिक २ हजार रुपैयाँ कर उठाउने गरेको छ । साथै, नगरपालिकाले रोडा ढुङ्गा बालुवा सप्लायर्स तथा डिपो ठूला ५ हजार रुपैयाँ र रोडा ढुङ्गा बालुवा सप्लायर्स तथा डिपो साना ३ हजार रुपैयाँ दर कायम गरेको छ ।

काठमाडौं महानगरपालिकाले हार्डवेयर कर सानो, मझौला र ठूला ३ समूहमा कर उठाउने गरेको छ । महानगरपालिकाले सानोबाट बार्षिक २ हजार रुपैयाँ र मझौला तथा ठूलाबाट बार्षिक ३ हजार रुपैयाँ उठाउने गरेको छ ।


क्लिकमान्डु