एक रक्तचन्दन तस्कर, कसरी थियो चलाख बैंकर ?



तामिलनाडुका चर्चित रक्तचन्दन तस्कर बिरप्पनको धेरै नेपालीले नाम सुनेका होलान । उनि मानव हत्या, आतंकजस्ता विविध उपराधमा संलग्न थिए । सन् २००४ मा उनलाई भारतीय प्रहरीको विशेष दस्ताले मारेको थियो ।

यहाँ चर्चा गर्न लागिएको उनको अपराधको पाटो होइन । उनि अपराधको दुनियाँमा त थिएनै उनी बिषेश बैंकरको क्षमता भएका मानिस समेत थिए भन्ने कुरा बाहिर आएको छ । यहाँ हामीले त्यसैको चर्चा गर्न लागेका हौ ।

कसरी थिए चलाख बैंकर

बिरप्पनलाई मार्ने पुलिसको बिषेश टोलीका एक सदस्य पुलिस अफिसर विजय कुमारले ‘बिरप्न चेन्जिङ द बिग्रेड’ नाम एक किताब लेखेका छन् । यसैमा उनलाई चलाख बैंकरको उपमा दिइएको छ ।

बिरप्पनले तस्करीबाट जम्मा गरेको ३० हजार करोड कसरी लुकाएर राख्न सफल भयो भन्ने कुरा उक्त किताबमा उल्लेख गरिएको छ ।

उक्त ३० हजार करोडको खोजी अहिलेपनि भारतिय प्रहरीले गरिरहेको छ । तर, फेलापार्न भने सकेको छैन । त्यसैले बिरप्पनलाई विजयले चलाख बैंकर भनेका छन् ।

‘सत्यमंगलको जंगलमा दिनमा मानिस जान डराउथे तर, बिरप्पन त्यहीबाट आफ्नो धन्दा चलाउँथे’ उनले किताबमा लेखेका छन् । यही जंगलमा उसले आफ्ना सेवा दिने गथ्र्योे । बिजयकाअनुसार जंगलमा भएका गुफा, रुखहरु बैंकका शाखाको काममा उसले प्रयोग गथ्यो ।

‘जंगलको भित्रनै बिरप्पनका बैंकिङ नेटर्वक संचालनमा थियो । आवस्यकता अनुसार उसको पेमेन्ट आउने जाने गथ्र्यो’ उनले किताबमा लेखेका छन् ।

पत्रकारको नजरमा समेत बैंकर

बिरप्पनको सबैभन्दा धेरैपटक अन्तर्वार्ता गर्ने तामिल म्याग्जिन नक्कीरनका सम्पादक आर. गोपालका अनुसार बिरप्पन आफ्नो कमाइलाई निकै जतनसँग राख्ने गथ्र्यो ।

जंगलको बिभिन्न भागमा खाल्डो खनेर अन्नहरु राख्ने र त्यहीँ अन्नमा प्लाष्टीकको झोलामा पोको पारेर पैसा राख्ने गथ्र्यो । त्यसरी पैसा राख्दा हरेक ठाउँमा आफ्नो कुनै बिषेश कोड राख्ने गथ्र्यो । जसले आवस्यकताको समयमा सहजै पैसा झिक्न सकियोस् । एजेन्सीको सहयोगमा


क्लिकमान्डु