२८० सिट क्षमताको जहाजमा पहिलो पटक नेपालीमा नाम लेख्दै



काठमाडौं । नेपाल वायुसेवा निगमका आउन लागेका दुई ठूला वाईडबडी एयरबस ३३०-२०० सिरिजका जहाजमा नेपालीमा पनि ‘नेपाल एयरलाइन्स’ लेखिने भएको छ । हालसम्म अग्रेजी भाषामा मात्रै नेपाल एयरलाइन्स लेखिने परम्परा रहेको थियो ।

राष्ट्रिय ध्वजाबाहक भएकोेले यसपटक अग्रेजी र नेपाली दुवै भाषा लेख्न एयरबस कम्पनीलाई सुझाव दिएको नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए ।

केही समय अगाडी मात्रै नेपाललाई जहाज दिने कम्पनी हाई फ्लाई र एयरबस कम्पनीको टोली प्राविधिक विषयमा छलफल गर्न नेपाल आएको थियो । उक्त छलफलको क्रममा नेपालीमा पनि नाम राख्न सुझाएको कंसाकारले जानकारी दिए ।

‘टोलीले जहाज हस्तातरण गर्नको लागि पहिलो जहाज आमामी सन् २०१८ को मे र दोस्रो जहाज जुनमा हस्तान्तरण गर्ने सहमति समेत गरेको छ । छलफलमा २ सय ८० वटा सिट तयार गर्ने समेत सहमति भएको छ ।’

जहाज खरिदका लागि संचयकोष र नागरिक लगानी कोषसँग ऋण लिएको निगमले पहिलो किस्ता बापत ८ अर्ब रुपैयाँ पठाई सकेको छ । भने दोस्रो किस्ताको रकम भने जहाज डेलिभर गर्ने समयमा मात्रै पठाइने निगमले जनाएको छ ।

बाँकी १४ अर्व ६३ करोड रुपैयाँ दोस्रो किस्ता बापत निगमले कम्पनीलाई पठाउने छ । निगमले संचयकोष र नागरिक लगानीकोषसंग ९ प्रतिशत व्याजदरमा २३ अर्व रुपैयाँ ऋण १५ वर्षको लागि लिएको हो ।

पहिलो पटक खरिद गर्न लागिएको वाईबडी जहाज निगमले २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा खरिद गर्न लागेको हो । कर्पोरेशनले १० कम्पनीलाई पछिपार्दै निगमले गरेको ग्लोवल टेन्डर जितेको थियो ।

निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । जसमा निगमले उडान गन्तव्यहरु तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ ।

निगमले १ हजार घन्टासम्म उडान गरेको जहाजको टेन्डर गरेता पनि अमेरिकन लिजिङ कम्पनी एआरआर कर्पोरेशनले भने न्यू ब्रान्ड जहाजनै दिनेगरी प्रस्ताव गरेको थियो ।

दुई जहाज थप पश्चात निगमसंग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुने छन । हाल एक बोईङ ७५७ र दुई एयरबस ३२०-२०० सिरिजका न्यारोबडी जहाज मार्फत ९ गन्तव्यमा उडान भरिरहेको छ ।


क्लिकमान्डु