एउटै पानको ५ सय रुपैयाँ ! गरिब देखि अर्बपतिको रोजाइमा किन ?




काठमाडौं । पान धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले उत्तम बस्तु मानिन्छ । पानको पातलाई पवित्र मनिने भएकाले धार्मिक कार्यमा प्रयोग गर्ने गरिन्छ ।

पानको पात पवित्र हुनका साथै स्वास्थ्य कर पनि हुन्छ । पानको पातमा विभन्न रोगको प्रतिरोधात्मक क्षमता हुन्छ ।

पवित्र तथा स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिएको पानको प्रयोग पछिल्ला बर्षमा नेपालमा बढ्दो क्रममा छ । हाम्रो छिमेकी मूलुक भारतमा पान निकै लोकप्रिय छ । पानको उत्गम थलोको रुपमा भारतको बनारसलाई लिने गरिन्छ ।

२५ रुपैयाँदेखि ५ सय रुपैयाँसम्मका पान उनको पसलमा बन्ने गरेको उनि बताउँछन् ।

हिन्दुहरुको महान चाढ तिहारको समयमा पानको माग धेरै हुने पान व्यपारीहरु बताउँछन् । तिहारमा अन्य पानको तुलनामा मिठा पानको बिक्री धेरै हुने उनीहरुको अनुभव छ ।

पानको पात पवित्र र स्वास्थ्यकर हुने भएकाले चाडका अवसरमा व्यापार धेरै हुने कमल पोखरी अवस्थित टप इन टाउन पान स्टलका संचालक राजकिशोर चौरसिया जानकारी दिन्छन् ।

‘अन्य समयमा १५ हजारसम्मको व्यापार हुन्छ, तर चाडपर्वको अबसरमा ५ गुणा धेरैको ब्यापार हुन्छ,’ चौरसियाले क्लिकमाण्डूसँग भने ।

२५ रुपैयाँदेखि ५ सय रुपैयाँसम्मका पान उनको पसलमा बन्ने गरेको उनि बताउँछन् ।

चेरी, नरिवलको धूँलो, मिक्चर, सिपेसल मिक्चर, कत्था, सुपारी, काजु, बदाम, सुप, मसलालगायतको प्रयोगबाट पान बनाइन्छ ।

टप प्रिन्स पान प्यालेसका रंजित साहका अनुसार अन्य दिनका तुलनामा भाईटिकाका दिन पान धेरै बिक्री हुने बताउँछन् ।

‘भाइटिकाका दिन चेलीहरुले भाई मसलामा पानको प्रयोग गर्ने गर्छन्, त्यस दिन तीन जनाले पान बनाउन पनि मुस्किल हुन्छ,’ साहले भने ।

उनले २५ रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्मको पान बेच्ने गरेका छन् ।

भृकुटी चोक पान एण्ड लस्सी भण्डरका संचालक इसा मोहम्मतका अनुसार तिहार पान व्यपारका लागि सबैभन्दा उत्कृष्ट चाड हो ।
तिहारमा अन्य समयको तुलनामा ५ गुणा पानको बिक्री हुने उनले बताए । उनको पसलमा ३० रुपैयाँदेखि ६० रुपैयाँसम्मका पान उपलब्ध छ ।

तिहार बिक्री हुने पान

ब्यापारीहरुका अनुसार तिहारमा मिठा पानको बिक्री हुन्छ । तिहारको अवसरमा मिठा पानलाई विभिन्न आकार, बनोटमा आकर्षित बनाएर बिक्री गर्ने गरिन्छ ।

तिहारका लागि व्यापारीहरुल पानलाई माटोको मड्कामा आकर्षित रुपमा सजाएर समेत बिक्री गर्ने गर्छ ।

मुल्य किन महंगो ?

पानको मुल्य मसला र फ्यवरको प्रयोगले निर्धारण हुने टप इन टाउन पान स्टलका संचालक राजकिशोर चौरसिया बताउँछन् ।

चेरी, नरिवलको धूँलो, मिक्चर, सिपेसल मिक्चर, कत्था, सुपारी, काजु, बदाम, सुप, मसलालगायतको प्रयोगबाट पान बनाइन्छ ।

पानमा ती वस्तुको प्रयोग र थप फ्यवरका आधारमा पानको मूल्य निर्धारण हुने उनले बताए ।

पातको मुल्य

एउटा पातको मुल्य ७ देखि ८ रुपैयाँसम्म पर्ने चौरसिया बताउँछन् । ‘१ हजार रुपैयाँ प्रति मूठा पर्छ, मूठामा २ सय वटा पात हुन्छ,’ उनले भने । तीमध्ये केहि बिग्रेका र टुक्रा पर्ने हुनाले एउटा पातको मुल्य ७ देखि ८ रुपैयाँ पर्ने उनको भर्नाइ छ ।

कहाँबाट आउँछ पात ?

पानको पात भारतबाट आयात गरिन्छ । नेपालका केहि स्थानमा पानको पात उपलब्ध हुने भए पनि ती पात सानो हुने व्यापारीहरुको अनुभव छ । जसका कारण भारतबाट आयतित पातमा व्यापरीहरु निर्भर हुन परेको छ ।

स्वास्थ्यवर्धक

पान सेवन स्वास्थ्यका दुष्टिकोणले एकदमै महत्वपूर्ण मानिन्छ । खाना खाएर पानको सेवन गरेमा पाचन क्रियामा सहयोग मिल्छ । पानको पतामा उपलब्ध तत्वले ब्याकटेरियाको प्रभाव नियन्त्रर्ण गर्छ । जसले मूखको दुगन्र्ध कम गर्नुका साथै खटिरा नियन्त्रण गर्छ । महसँग पानको पात सेवन गरेमा रुघा खोकी, जरो नियन्त्रीत हुन्छ ।


क्लिकमान्डु