सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा दैनिक ४० बढी उजुरी, कारबाही कतिलाई ?



काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागमा दैनिक ४० बढी निवेदन पर्ने गरेको पाइएको छ । सरकारले सम्पत्ति शुद्धिकरणको विषयमा प्रष्ट नभएकालाई कानुनी कारवाहीको दायरामा ल्याउने तयारी गरेपछि दैनिक जसो निवेदन दिनको संख्यामा बढोत्तरी भएको हो ।

सम्पति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी बढ्न सक्ने भन्दै सरकारले सो विभाग स्थापना गरेको हो ।

नागरिकमा त्रास पनि बढेको छ । र, आफ्नो अवस्था के हो त भन्ने छुट्याउन चाहने मानसिकताले पनि काम गरेको हुन सक्ने विभागको बुझाइ छ ।

विभागको काम कारवाही प्रभावकारी नभएको भन्दै गुनासो आइरहेको बेला विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले पछिल्लो दिनमा नागरिकमा समेत सचेतता बढेको बताए ।

वदमासी नगरी मेहनतबाट जतिसुकै सम्पती कमाए पनि त्यो बैध हुने तर अवैध तवरले कालो धन थुपारे त्यसबाट पर्ने प्रभाव सबैभन्दा बढी जोखिमयुक्त रहेको र संसारको जुनसुकै कु्नामा गए पनि कारवाहीको भागिदार बन्ने महानिर्देशक सिटौला बताउँछन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि व्यवहारिक तरिकाबाट अगाडि वढ्नुपर्ने बताउँछन् ।

उनले सम्पत्ति शुद्धिकरणका विषयमा जनस्तरमै जनचेतना आवश्यक भएको खाँंचो औंल्याउँदै आतंकबादी क्रियाकलापमा वित्तीय लगानी कुनै पनि हालतमा हुनै दिन नहुनेमा जोड दिए ।

नेपाल राष्ट वैंक वित्तीय जानकारी एकाईका निर्देशक रामु पौडेलले अन्तराष्टिय मूल्य मान्यतामा आधारित रहेर आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नु पर्ने धारणा राख्छन् ।


पुष्प दुलाल