तराईको बाढीले कुन बीमा कम्पनीको कति बगायो ?




काठमाडौं । साउन अन्तिम साता तराई मधेशमा परेको अविरल बर्षापछि आएको बाढीले २ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति भएको भन्दै बीमा कम्पनीहरुमा दाबी परेको छ ।

बीमा समितिले दिएको जानकारी अनुसार अग्नी बीमामा २९१ वटा, मोटर बीमामा ११२ वटा, इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा ९८ वटा, इन्जिनियरिङ बीमा (निर्माण सम्पन्न भइसकेको आयोजना) मा ३७ वटा र सामुन्द्रिक बीमामा ३ वटा गरी ५४१ वटा दाबी परेको छ ।

यस्तै बाली बीमामा २६ वटा र पशुपंक्षी बीमामा ४० वटा गरी ६६ वटा थप दाबी पनि परेको छ । यी सबै गरेर कूल ६०७ वटा दाबी परेको छ ।

यी सबै दाबीमा गरी कूल २ अर्ब १३ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ । यस्तो दाबी विभिन्न बीमा कम्पनीहरुमा परेको हो । २०७२ सालको भूकम्प पछि प्राकृर्तिक प्रकोपको कारण एकै पटक यति धेरै दाबी परेको सम्भवतः यो पहिलो पटक हो । यस्तो दाबी परेपनि कुनै पनि कम्पनीले अहिलेसम्म दाबी भुक्तानी गरेका छैनन् ।

कुन कम्पनीमा कति दाबी ?
नेपाल इन्स्योरेन्स कम्पनीमा ६ करोड ९६ लाख ९० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ । सो कम्पनीमा अग्नी बीमामा २६ वटा र मोटर बीमामा ७ वटा दाबी परेको छ । यस्तै बाली बीमामा पनि ४ वटा गरी जम्मा ३७ वटा दाबी परेको छ ।

दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा जम्मा ४९ वटा दाबी परेको छ । सो कम्पनीमा २८ करोड ३६ लाख ८ हजार रुपैयाँ बराबरको दाबी परेको हो । ओरियन्टलमा अग्नी बीमामा २२ वटा, मोटर बीमामा ७ वटा, इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा ३ वटा, सामुन्द्रिक बीमामा एउटा र बाली बीमामा १६ वटा दाबी परेका छन् ।

नेसनल इन्स्योरेन्स कम्पनीमा ६७ वटा दाबी परेका छन् । सो कम्पनीमा ५६ करोड ८४ लाख रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा ५४ वटा, मोटर बीमामा २ वटा, इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा ७ वटा, इन्जिनियरिङ बीमा (निर्माण सम्पन्न भइसकेका आयोजना) मा एउटा, सामुन्द्रिक बीमामा २ वटा र पशुपंक्षी बीमामा एउटा दाबी परेको हो ।

हिमालयन जनरल इन्स्योरेन्समा २३ वटा दाबी परेका छन् । सो कम्पनीमा २२ लाख ६४ हजार रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा १० वटा, मोटर बीमामा ४ वटा र पशुपंक्षी बीमामा ९ वटा दाबी परेको हो ।

कुनै पनि कम्पनीले अहिलेसम्म दाबी भुक्तानी गरेका छैनन् ।

युनाइटेड इन्स्योरेन्समा ३१ वटा दाबी परेको छ । सो कम्पनीमा ७ करोड १३ लाख २९ हजार रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा १४ वटा, मोटर बीमामा ६ वटा, इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा ४ वटा र पशुपंक्षी बीमामा ७ वटा दाबी परेका छन् ।

प्रिमियर इन्स्योरेन्स कम्पनीमा ३३ वटा दाबी परेका छन् । सो कम्पनीमा ८ करोड ७१ लाख १० हजार रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा ८ वटा, मोटर बीमामा १७ वटा र इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा ८ वटा दाबी परेका हुन् ।

राष्ट्रिय बीमा कम्पनीमा कुनै दाबी परेको छैन ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीमा ६ वटा दाबी परेका छन् । सो कम्पनीमा २ करोड २० लाख रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा दाबी परेको हो ।

नेको इन्स्योरेन्स कम्पनीमा ३५ वटा दाबी परेका छन् । सो कम्पनीमा ८ करोड २ लाख २ हजार रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा २४ वटा, मोटर बीमामा २ वटा, इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा ३ वटा, इन्जिनियरिङ बीमा (निर्माण सम्पन्न भइसकेका आयोजना) मा ३ वटा, र पशुपंक्षी बीमामा ३ वटा दाबी परेका हुन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीमा ५८ वटा दाबी परेका छन् । सो कम्पनीमा ७ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा १९ वटा, मोटर बीमामा १३ वटा इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा एउटा, इन्जिनियरिङ बीमा (निर्माण सम्पन्न भइसकेका आयोजना) मा २३ वटा तथा बाली र पशुपंक्षी बीमामा एक एकवटा दाबी परेका हुन् ।

यस्तै प्रभु इन्स्योरेन्स कम्पनीमा पनि कुनै दाबी परेको छैन ।

एनबी इन्स्योरेन्स कम्पनीमा १६ वटा दाबी परेका छन् । सो कम्पनीमा २ करोड ४ लाख १० हजार रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा ४ वटा, मोटर बीमामा २ वटा, इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा ७ वटा र इन्जिनियरिङ बीमा (निर्माण सम्पन्न भइसकेका आयोजना) मा ३ वटा दाबी परेको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा २३ वटा दाबी परेका छन् । सो कम्पनीमा १४ करोड ३७ लाख रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा ७ वटा, मोटर बीमामा ७ वटा, इन्जिनियरिङ बीमा (निर्माण सम्पन्न भइसकेका आयोजना) मा २ वटा, बाली बीमामा ३ वटा र पशपंक्षी बीमामा ४ वटा दाबी परेका हुन् ।

शिखर इन्स्योरेन्स कम्पनीमा ७० वटा दाबी परेका छन् । सो कम्पनीमा १७ करोड १५ लाख ५४ हजार रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा ३९ वटा, मोटर बीमामा २३ वटा, इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा ३ वटा, इन्जिनियरिङ बीमा (निर्माण सम्पन्न भइसकेका आयोजना) मा ३ वटा तथा बाली र पशुपंक्षी बीमामा एक एक वटा दाबी परेका हुन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा ४६ वटा दाबी परेका छन् । सो कम्पनीमा ९ करोड ९५ लाख ३५ हजार रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा ९ वटा, मोटर बीमामा ६ वटा, इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा २७ वटा, इन्जिनियरिङ बीमा (निर्माण सम्पन्न भइसकेका आयोजना) मा एउटा र पशुपंक्षी बीमामा ३ वटा दाबी परेका हुन् ।

एनएलजी इन्स्योरेन्स कम्पनीमा ४२ वटा दाबी परेका छन् । सो कम्पनीमा १५ करोड ३० लाख १६ हजार रुपैयाँ बराबरको दाबी परेको छ । सो कम्पनीमा अग्नी बीमामा ६ वटा, मोटर बीमामा १२ वटा, इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा २० वटा, इन्जिनियरिङ बीमा (निर्माण सम्पन्न भइसकेका आयोजना) मा एउटा, बाली बीमामा एउटा र पशुपंक्षी बीमामा २ वटा दाबी परेका हुन् ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा ७१ वटा दाबी परेका छन् । सो कम्पनीमा २८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको दाबी परेको हो । सो कम्पनीमा अग्नी बीमामा ४९ वटा, मोटर बीमामा ४ वटा, इन्जिनियरिङ बीमा (निर्माणाधिन आयोजना) मा ९ वटा र पशुपंक्षी बीमामा ९ वटा दाबी परेका हुन् ।


क्लिकमान्डु