पिन्टुको मतदानपछि कता जाला मधेशको राजनीति ? लाहानबाट स्थलगत रिपोर्ट
सर्लाहीको बर्दिबासमा एउटा पार्टीको झण्डा प्रिन्ट भएको टिसर्ट लगाएका १९ बर्षीय पिन्टु चौधरी निकै सक्रिय रुपमा भोट माग्न ब्यस्त भेटिए । निर्वाचनपछि विकासको राजनीतिले गति लिनेछ भन्ने उनको विश्वास थियो ।
स्थानीय सबैं समस्या समाधान स्थानीय प्रतिनिधिबाट हुने आशले आफू सक्रिय रहेको पिन्टुको भनाई छ ।
२०५५ सालमा जन्मेका पिन्टु बालिग भएर यो स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन् । उनले यसबीचमा कुनै स्थानीय निर्वाचन देखेनन् । र, यो चोटी भोट खसाल्ने मौका पाएका हुन् ।
उनले यसअघिका जनप्रतिनिधिले कस्तो काम गरेका छन् भन्ने बुझेर भोट खसाल्न पाएको भए कुरा बेग्लै हुने थियो । उनले कसैको काम बिष्लेषण गर्ने मौका पाएका छैनन् ।
उनी प्रतिनिधी पात्र मात्रै हुन् । पिन्टु जस्ता करिब ८ लाख युवाले प्रदेश नम्बर २ मा पहिलो पटक स्थानीय निर्वाचनमा मतदान गर्दैछन् । यसले मधेसमा भइरहेको राजनीतिक उथलपुथलाई नयाँ दिशाबोध गर्न सक्ला ।
पिन्टु जस्ता करिब ८ लाख युवाले प्रदेश नम्बर २ मा पहिलो पटक स्थानीय निर्वाचनमा मतदान गर्दैछन् । यसले मधेसमा भइरहेको राजनीतिक उथलपुथलाई नयाँ दिशाबोध गर्न सक्ला ।
२० बर्षपछि हुन लागेको स्थानीय निर्वाचनको रङ्मा रंगिएको छ मधेस । हरेक चोकमा बिभिन्न राजनीतिक दलका झण्डाले भरिएको बाँसको घना ठडाइएको छ । मानौ टोल वा गाँउमा ठुलो उत्सब आयोजना हुँदैछ ।
नहोस् पनि किन ? पिन्टु जस्ता ८ लाख नयाँ मतदाताको लागि स्थानीय जनप्रतिनिधि छनोट गर्ने पहिलो मौका आएको छ । आगामी असोज २ गते प्रदेश नम्बर २ का २६ लाख ६४ हजार ९ सय ५० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् ।
अन्तिम चरणको स्थानीय निर्वाचनको मनोनयन दर्ता गर्ने दिन मधेशमा देखिएको माहोल काठमाडौंले अनुमान अनुमान गरेभन्दा बेग्लै छ । नत मधेसी युवा राजनीतिबाट बिरक्तिएका छन्, नत संतुष्ट नै । उनीहरुको आँखामा विकासको आकांक्षा प्रष्ट देख्न सकिन्छ ।
हरेक मधेसी युवाको सपना जनप्रतिनिधिले आफ्नो टोल, शहर र स्थानीय तहको विकासमा काम गरुन् भन्ने भेटिन्छ ।
मधेसका बुद्धिजिबीहरुको मत विकास र राजनीतिक स्थायीत्वको बिषयमा बिभाजित भएको पाईन्छ । एकाथरी बुद्धिजीबीहरु राजनीतिक स्थायित्वबिना विकासमा प्रबेश गर्न सकिदैन भन्छन् । विकासले नै स्थायित्व ल्याउने अर्काथरीको तर्क छ ।
तातो हावा र चर्को गर्मीबिच हुन लागेको स्थानीय निर्वाचनले मधेसको बिकास मुद्दालाई सम्बोधन गर्न सक्छ ? अहिले हरेक मधेसी नागरिक यो प्रश्नको उत्तर खोज्दै गरेका भेटिन्छन् ।
सिरहा नगरपालिकामा भेटिएका रिटायर बैंकर शत्रुघन यादब भन्छन् ‘मधेशमा अहिलेसम्म भिजिनरी नेता जन्मिएनन्, सबै नेताले सत्ताको भर्याङ मधेसी जनतालाई बनाए ।’
आक्रोशित बन्दै यादब अगाडि भन्छन् ‘अहिले निर्वाचनको बेला सबैले यो वा त्यो गर्छु भन्छन् तर, निर्वाचनपछि कसैलाई मतलब हुँदैन ।’
मधेस आन्दोलनको केन्द्रबिन्दु लहानमा भेटिए शिक्षक कामेश्वर राय । मधेसी जनताले गरेको बलिदान बेकार हुँदै गएको र शहिदको अपमान गर्न सबै दल तल्लिन रहेको उनको बुझाइ छ ।
‘हिजो आन्दोलनमा लाग्दा मरे ५० लाख रुपैयाँ दिने र शहीद घोषणा गर्ने नेताहरु आज दुलोमा पसेका छन्, आफ्नो स्वार्थ अनुकुल मधेसी नागरिकको उपयोग गर्ने छुट यिनीहरुलाई अब दिनु हुँदैन,’ राय भन्छन् ।
सधै राजनीतिक परिर्वतनको ठूलो हिस्सा बन्दै आएको मधेस अब अर्थिक विकासको बाटो कुरेर बसेको छ ।
मधेसी जनसमुदायमा राजनीतिक वितृष्णा पनि उत्तिकै भेटिन्छ । उनीहरु सम्भावना र सहजताका बाबजुद मधेसमा विकास नभएकोमा निकै चिन्तित छन् ।
लाहानमा भेटिएका पत्रकार मनोज यदुवंसी भन्छन् ‘मधेस पछाडि पर्नुमा दलसँगै यहाँका नागरिक पनि उत्तिकै दोषी छन्, उनीहरुमाथि निगरानी गर्नुपर्नेमा जनता नै उनीहरुको प्रयोगमा भागेदारी हुँदा मधेस पिछडीएको छ ।’
सबैजसो ठाउँमा एकै किसिमको समस्या सुन्न पाईन्छ । सडक, पूर्वाधार, नाला, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलमैदान, सरकारी कार्यालयहरुको ब्यवस्थापन, सिंचाई, कृषि आधुनीकिकरण, प्रबिधिको प्रयोग र विकास, व्यवस्थित शहर, गुणस्तरीय खाना आदि इत्यादि । सर्बसाधारणको यो प्रकारको माग र बुझाइलाई आधारमान्दा मधेसमा राजनीति गर्ने सबै राजनीतिक दललाई दबाब दिएको बुझन गाह्रो हुदैन ।
सधै राजनीतिक परिर्वतनको ठूलो हिस्सा बन्दै आएको मधेस अब अर्थिक विकासको बाटो कुरेर बसेको छ । स्थानीय निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिले मतदाताको अपेक्षा सम्बोधन नगर्ने हो भने मधेसी जनसमुदायमा दलिय राजनीतिप्रति नै नकारात्मक भाबना जाग्न सक्छ । त्यसको लागि जनप्रतिनिधिले मतदाताको भावना अनुसारको विकासमा लाग्न जरुरी छ ।
शितलहरको कहर होस् या खहरेमा आउने भेल, सबैले मधेसलाई आक्रान्त पार्ने गरेको छ । तातो हावा र चर्को गर्मीबिच हुन लागेको स्थानीय निर्वाचनले मधेसको बिकास मुद्दालाई सम्बोधन गर्न सक्छ ? अहिले हरेक मधेसी नागरिक यो प्रश्नको उत्तर खोज्दै गरेका भेटिन्छन् ।