को बन्ला आर्थिक नगरी बीरगन्जको मेयर ?



वीरगन्ज । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एकमात्र महानगरपालिका बीरगन्ज अहिले तातिएको हो । बीरगन्ज स्वभाविक रुपमा अहिले तापक्रम बढी हुन्छ । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनले वीरगन्जको माहोल त्यसै तानिएको छ ।

आर्थिक नगरी वीरगन्जको मेयरको लागि प्रमुख राजनीतिक दल सहित स्वतन्त्र गरेर १८ जनाको उम्मेद्वारी परेको छ । निर्वाचनमा उम्मेद्वारको लागि भोट माग्न स्थानीय भाषामा गीत गाउँदै र भोजसम्मका दृष्यहरु सामान्यनै देखिन्छन् ।

वीरगन्जको महानगरपालिकामा कांग्रेसबाट अजय द्विवेदी, एमालेबाट नेशनल मेडिकल कलेजका संचालक बसरुद्धिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी,संघिय समाजवादी फोरमबाट विजय सरावगी, राजपाबाट राजेशमान सिंह र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तवको उम्मेद्वारी परेको छ । वीरगन्जको मेयरको लागि ६ जनाबीच प्रतिस्पर्धा हुने छ ।

देशको आयात र निर्यातको लागि प्रमुख नाका बीरगन्जको मेयरमा कसले जित्छ त्यसको चासो भने देशभर नै छ । बीरगन्ज ठप्प हुँदा देश नै ठप्प पार्न सक्ने शक्ति बीरगन्जसँग छ ।

आर्थिक रुपमा वीरगन्जको मेयर बन्न प्रतिस्पर्धामा उत्रेका सबै सम्पन्न मानिन्छन् । राजपाबाट मेयर टिकट पाउने भनिएका विमल श्रीवास्तवले अन्तिममा टिकट नपाएपछि फोरम लोकतान्त्रिक प्रवेश गरेर मेयरको चुनाव लड्दै छन् । पन्चायतकालदेखि राजनीतिमा सक्रिय श्रीवास्तवले राजपा छाडेपछि वीरगन्जको राजनीति रोमान्चक मोडमा छ ।

तराई मधेश आन्दोलनमा सँगै भएका संघिय समाजवादी र राजपाबाट फरकम उम्मेद्वार भएपनि आन्दोलनको विरासत जोगाउने दाउमा छन् ।

निर्वाचनमा बलियो मानिएको कांग्रेस वीरगन्जको मेयर जसरी पनि पोल्टामा पार्नेमा छ । कांग्रेसबाट उम्मेद्वार बनेका द्विवेदी पर्सा कांग्रेसका सभापति हुन् । उनले पहिलो संविधानसभा निर्वाचन जितेपनि दोस्रो संविधानसभा निर्वाचन हारेका थिए ।

वीरगन्जको राजनीतिमा कमजोर भनिएको एमालेले मुस्लिम मतदाता आकर्षित गर्नको लागि बसरुद्धिन अन्सारीलाई टिकट दिएको थियो ।

एमालेका ठूला नेताहरु वीरगन्जको मेयर जितेर एमाले तराई मधेशको कोर क्षेत्रमा पहिलो शक्ति बन्ने दाउमा छ । माओवादीले युवा उम्मेद्वार रहवर अन्सारीलाई उम्मेद्वार बनाएर युवा मतदाताको मत आकर्षित गर्ने दाउमा छ ।

वीरगन्ज महानगरपालिका अघिल्लो पटक संविधानसभा निर्वाचन हुँदाको निर्वाचन १ र २ नम्बर क्षेत्रमा पर्छ । जसमा २० हजार मुस्लिम मतदाता रहेका छन् ।

देशमा अहिले ६ वटा महानगर छन् । जमा दुईवटा एमाले,दुईवटामा कांग्रेस र एउटामा माओवादीले जितेको छ ।

२ नम्बर प्रदेशको सबैभन्दा ठूलो सहर र २ नम्बरको एकमात्र महानगर आफ्नो पोल्टामा पार्न सबै दलका नेताहरु वीरगन्जमा केन्द्रीत छन् ।
नेपाली कांग्रेस विमल श्रीवास्तवले राजपा छाडेपछि जित्नेमा ढुक्क देखिन्छ । सबै दलको बुझाई प्रतिस्पर्धा कांग्रेका द्विवेदीसँग हुने भन्ने छ ।

पन्चायतकालदेखि सक्रिय राजनीतिमा रहेका द्विवेदी निर्वाचन जित्नेमा ढुक्क छन् ।

व्यवसायिक क्षेत्रमा सफल मानिएका विजय सरावगीलाई करिब ६ महिना अगाडि पार्टीमा भित्रएका संघिय समाजवादी फोरमका अध्यक्ष यादव वीरगन्जमा छन् ।

राजनीति सुधार गर्नको लागि व्यवसाय गरेको व्यक्ति वीरगन्जको मेयरमा उम्मेद्वारी दिएको सरावगी बताउँछन् ।

अघिल्लो संविधानसभा निर्वाचनमा माओवादीबाट उम्मेद्वार बनेका बसरुद्धिन अन्सारी एमालेको मधेश विरोधी नभएको र एमालेले मधेशको लागि धेरै गरेको हुँदा निर्वाचत जित्ने बताएका हुन्छन् ।

राजपाका राजेशमान सिंह तराई मधेश आन्दोलनमा वीरगन्जले पुर्याएको योगदान र आफुपनि आन्दोलनमा सक्रिय भएको कारण वीरगन्जको मेयर जित्ने बताउँछन् ।

माओवादीबाट उम्मेद्वार बनेका युवानेता अन्सारी युवाको राजनीति परिवर्तनको लागि आफुले जित्ने बताउँछन् । उनी हंगेरीबाट सार्वजनिक नीति र शाससन प्रणालीमा स्नातत्तोर तह उतिर्ण हुन् ।

राजनीतिका पुराना खेलाडी श्रीवास्त टिकट नदिएर राजपा छाडेर फोरम लोकतान्त्रिकबाट उम्मेद्वार बनेपनि निर्वाचन जित्नेमा ढुक्क छन् ।
वीरगन्जको मेयरमा उम्मेद्वार बनेका सबै आर्थिक रुपले सम्पन्न छन् । त्यस आधारमा एकजना उम्मेद्वारले न्यूनतममा पनि ५ करोड खर्च सक्ने देखिन्छ ।

कांग्रेसका द्विवेदी पूर्णंकालिन राजनीति गर्ने हुन् । तर,पारिवारिक रुपमा उनी सम्पन्न परिवारका मानिन्छन् ।

व्यवसायीको रुपमा बढी चिनिएका संघिय समाजवादी फोरमका सरावगी विरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा लगानी गरेका तथा विभिन्न व्यापारमा संलग्न उनी उद्योग वाणिज्य संघका पूर्व कार्यकारिणी सदस्य हुन् ।
नेशनलका संचालक बसरुद्धिन अन्सारी पैसा खर्च गर्ने मामलामा पछाडी पर्ने कुरै भएन ।

यस्तै माओवादीले उठाएका युवा नेता अन्सारीपनि वीरगन्जको गण्डक अस्पतालका निर्देशक हुन् । राजेशमान र श्रीवास्तवको आर्थिक हैसियत पनि राम्रो छ ।


पुष्प दुलाल