न्युयोर्क स्टक एक्सचेन्जमा सुचिकृत एक ‘भकुण्डे’ कम्पनी




म्यान्चेस्टर युनाइटेटको नाम नसुन्ने कमै युवा होलान्, अहिलेको नेपालमा । बिश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबल र त्यो खेलकै मेरुडण्डका रुपमा रहेका म्यान्चेस्टर युनाइटेडजस्ता ठूला क्लबको बारे सामान्य जानकारी हुनु अस्वाभाबिक पनि होइन ।

ऐतिहासिक रुपमै जर्ज बेस्ट, बबी चाल्र्टन, एरिक क्यान्टना, डेभिड बेक्ह्याम, क्रिस्टियानो रोनाल्डोजस्ता स्टार खेलाडीलाई टोलीमा समावेश गराउँदैं आएको युनाइटेड बिश्वभरि नै चर्चित छ ।

आम नेपालीको चेतनाले फुटबललाई अन्य काम नभएका बेला उछलकुद गरेर खेलिने ‘भकुण्डो’ भन्दा माथि सोच्न सकेन । ब्यवसायीकताको त कुरै छाडौं, सामान्य ढंगले बार्षिक रुपमा फुटबल लिग सञ्चालन हुन पनि सकेन ।

बिशेषगरी सिङ्गापुर, हङकङ, कोरिया, जापान, इन्डोनेसियाजस्ता एसियाली राष्ट्रहरु त झन् म्यान्चेस्टर युनाइटेडका सर्मथक देशहरु भनेरै चिनिन्छन् । नेपालमा पनि धेरै युवाहरु म्यान्चेस्टर युनाइटेडका फ्यान भैसकेका छन् । सामाजिक सञ्जाल तिर चियाउँदा यो तथ्य पुष्टि हुन्छ ।

महान् प्रशिक्षक एलेक्स फर्गुसनले सन्यास लिएपछि लगातार तीन बर्ष खराब प्रदर्शन गरेको युनाइटेड अर्का चर्चित प्रशिक्षक जोसे मोरिन्होको संरक्षण पाएपछि फेरि लयमा देखिन थालेको छ । गत सिजन युरोपा लिग आफ्नो पोल्टामा पारेको युनाइटेडले यो बर्ष पनि गतिलो शुरुवात गरेको छ । युनाइटेडले शुरुवाती ३ खेलमा तीनवटै जितेको छ भने १० गोल गरिसकेको छ ।

तर, यहाँ चर्चित एवं महान् क्लब म्यान्चेस्टर युनाइटेडको खेलका बारे चर्चा गरिने छैन । यहाँ हामी म्यान्चेस्टर युनाइटेडको एउटा कम्पनीको रुपमा चर्चा गर्दैछौं, जसका बिश्वभरी लाखौं सेयरधनीहरु छन् ।

युनाइटेड सन् २०१२ मा ‘न्युर्योक स्टक एक्सचेन्ज’मा सुचीकृत कम्पनी हो । कम्पनीले प्रतिकित्ता १४ डलरको दरले झण्डै १ करोड ६० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

हाल युनाइटेडको सेयर प्रतिकित्ता १६ डलर ५५ पैसामा कारोबार भइरहेको छ । क्लबको कुल बजार पुँजीकरण २ अर्ब ७१ करोड डलर रहेको छ ।

बिगत १ बर्षमा क्लबको सेयर मुल्य न्युनतम १४ डलर १० पैंसा र अधिकतम १८ डलर ३० पैसामा कारोबार भएको छ । क्लबको प्रतिसेयर आम्दानी ०.११ डलर छ भने मुल्य आम्दानी अनुपात झण्डै १५० गुणा छ । यसको मतलब म्यान्चेस्टर युनाइटेडको सेयर मुल्य आम्दानीका हिसाबले केही बढी देखिन्छ ।

युनाइटेड सन् २०१२ मा ‘न्युर्योक स्टक एक्सचेन्ज’मा सुचीकृत कम्पनी हो । कम्पनीले प्रतिकित्ता १४ डलरको दरले झण्डै १ करोड ६० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

युनाइटेड बिगत १ दशकमा लगातार बिश्वको सबैभन्दा बढि आम्दानी गर्ने क्लबको रुपमा फोब्र्समा सुचीकृत हुँदै आएको क्लब हो । तर, एलेक्स फर्गुसनको बर्हिगमन पछि जब युनाइटेडमा उपाधीको खडेरी लाग्यो, तब म्यान चेन्टर युनाइटेडलाई रियल म्याड्रिड र बार्सिलोना जस्ता ठूला स्पेनी क्लबहरुले उछिने ।

तर, गत बर्ष युरोपा लिग जितेको युनाइटेड बिगत ५ बर्षमा पहिलोपटक बिश्वकै सबैभन्दा धनी क्लबको रुपमा फेरि स्थापित भएको छ ।

गत बर्ष युनाइटेको कुल मुल्याङ्कन ३ अर्ब ६९ डलर रहेको थियो भने बार्षिक आम्दानी ७६ करोड ५० लाख डलर थियो । यो भनेको रियल म्याड्रिड र बार्सिलोनाको कमाइभन्दा ७ करोड ७० लाख डलर बढि हो ।

युनाइटेडले गत बर्ष बिज्ञापन र ‘स्पोन्सरसीप’बाट मात्र ४० करोड डलर भन्दा बढि आम्दानी गरेको थियो । क्लबको सञ्चालन नाफा पनि सबैभन्दा बढि झण्डै २९ करोड डलर थियो । युरोपा लिग जितेर च्याम्पियन्स लिगमा आफ्नो स्थान शुरक्षित गरेको युनाइटेडलाई कमाइमा जित्न यो बर्ष पनि अन्य क्लबलाई सजिलो छैन ।

क्लबको १० प्रतिशत भन्दा बढि सेयर क्लबको सबैभन्दा ठूलो सेयरधनी ‘ग्लेजर फ्यामीली’सँग मात्र छ ।

गत बर्ष युनाइटेको कुल मुल्याङ्कन ३ अर्ब ६९ डलर रहेको थियो भने बार्षिक आम्दानी ७६ करोड ५० लाख डलर थियो । यो भनेको रियल म्याड्रिड र बार्सिलोनाको कमाइभन्दा ७ करोड ७० लाख डलर बढि हो ।

१३९ बर्ष अघि स्थापना भएको म्यानचेस्टरले हालसम्म २० पटक प्रिमियर लिग र ३ पटक च्याम्पियन्स लिग जितिसकेको छ ।

नेपालमा पनि क्लब फुटबलको इतिहास लामै छ । ३० को दशकमै काठमाडौंमा फुटबलको आकर्षण अत्याधिक थियो । संकटा, ब्वाइज युनियन, थ्रि स्टार, एनआरटी जस्ता क्लबले फुटबलको रोमाञ्चकता बढाएका थिए ।

तर, आम नेपालीको चेतनाले फुटबललाई अन्य काम नभएका बेला उछलकुद गरेर खेलिने ‘भकुण्डो’ भन्दा माथि सोच्न सकेन । ब्यवसायीकताको त कुरै छाडौं, सामान्य ढंगले बार्षिक रुपमा फुटबल लिग सञ्चालन हुन पनि सकेन ।

दशकौंसम्म नेपाली फुटबलको डाडु पन्यु आफ्नो हातमा खेलाएका एक जना सज्जन ५८ करोड रुपैंयाँ भष्ट्राचारको आरोप लागेपछि फुटबल छाडेर त्यो भन्दा पनि ‘आकर्षक’ अर्को ‘पेशा’ राजनीतिमा लागेर सभासद भएका छन्, त्यो पनि आफ्नै पारिवारिक पार्टीमा ।

राजनीति बाहेक अरु कुनै क्षेत्रको अस्तित्व समेत स्वीकार नगर्ने राजनीतिक नेतृत्व ठूला ठूला राजनीतिक क्रान्तिमा लागिनै रह्यो । र, संकटा, ब्वाइज युनियन, थ्रि स्टार र एनआरटी जस्ता क्लबहरु खुइलिएको साइनबोर्ड मै सिमित भैरहे । अनी ती क्लबका लागि खेल्ने युवा खेलाडीहरु वाइवाइ चाउचाउ र रियल जुसको भरमा मैदानमा डौडिरहे । डौडिरहेछन् । एजेन्सीको सहयोगमा


क्लिकमान्डु