हाम्रा घर रङ्गाउने एसियन पेन्टका लगानीकर्ताले कमाए १७ बर्षमा ७० गुणा



सन् १९४२ मा मुम्बईको एउटा ग्यारेजमा चारजना साथीहरु चम्पकलाल चोकसे,चिमनलाल चोकसी,सुर्यकान्त दाणी र अरविंद वकिलले एशियन पेन्ट्सको स्थापना गरे ।

एशियन आयल पेन्ट कम्पनीको नाममा स्थापना भएको कम्पनी अहिले विश्वभर एशियन पेन्टको नामले चिनिन्छ ।

दोस्रो विश्व युद्ध र महात्मा गान्धीले सुरु गरेको ‘भारत छोडो आन्दोलन’को समयमा रङ आयातमा अस्थाई प्रतिबन्ध लागेको थियो ।

चारजना साथीको आइडियाले सुरु भएको कम्पनी आजको दिनमा १ लाख करोड रुपैयाँको भएको छ । भारतको सबैभन्दा ठूलो पेन्ट कम्पनी आजको दिनमा लगानीकर्तालाई सबैभन्दा बढी रिर्टन दिने कम्पनीमा रहेको छ ।

जसको कारण विदेशी कम्पनी र शालिमार पेन्ट्स बजारमा थियो ।

एशियन पेन्टस्ले बजारमा कब्जा लियो । भारतपनि स्वतन्त्र भयो र सन् १९५२ मा २३ करोड भारतीय रुपैयाँको कारोबार गर्यो ।

यी चारजनाको परिवारले कम्पनीको अधिकाशं सेयर राखेका थिए । सन् १९९० कम्पनीको यात्रा भारतबाट बाहिर बढ्न थाल्यो । कम्पनीमा विवादमा पनि भयो । चम्पकलाल चोकसेको परिवारले आफ्नो १३.७ प्रतिशत सेयर बिक्री गरे । सन् १९९७ मा कम्पनीका प्रमुख संस्थापक रहेका चम्पकलाल चोकसेको निधन भयो । कारोबार उनका छोरा अतुलले समाल्न थाले ।

कम्पनीको कारोबार अहिले संसारभर फैलिएको छ ।

सन् २००० को तुलनामा यसको सेयर मुल्य ६ हजार १ सय ९४ प्रतिशत बढी सकेको छ । ३ जनवरी सन् २००० मा यसको सेयर मुल्य १६ रुपैयाँ २५ पैसा थियो । अजको यसको मुल्य १ हजार १३९ भारतीय रुपैयाँ छ ।

यसको मतलब जुन व्यक्तिले सन् २००० मा १० हजार रुपैयाँ एशियन पेट्सको सेयर खरिद गरेका थिए उनीहरुसँग आज ७ लाख रुपैयाँ छ ।

भारतीय सेयर बजारमा जसले यसको सेयर किनेन् उनीहरु पछुताएको खबर छ । भारतीय संचारमाध्यमका अनुसार यसको सेयर मुल्य अझै बढ्ने छ ।

ब्रोक्ररहरु यसको सेयर खरिद गर्न सुझाव दिएका छन् । यसको टार्गेट मुल्य १२४९ भारु तोकिएको छ ।

पछिल्लो १० वर्षमा कम्पनीले पुँजी लागतमा ३५ प्रतिशत प्रतिफल दिएको छ । एशियन पेन्ट्सको बिक्री वार्षिक २० प्रतिशतले बढेको छ । ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु