आपूर्तिमन्त्रीले भने,- गलत काम गर्नेलाई कारबाही हुन्छ



बिराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालय अन्तर्गतका संस्थानका डिपो तथा कार्यालयहरुलाई जनतालाई दुःख नहुने गरी काम गर्न निर्देशन दिएका छन् ।

विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ्ग कर्पोरेसनको अञ्चल कार्यालय अनुगमनमन गरी सहज आपूर्ति र गुणस्तर कायम गर्न निर्देशन निर्देशन दिए ।

‘उपभोग्य वस्तुहरुकोसहज आपूर्ति र गुणस्तरीयताका लागि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुहोला, जनतालाई सेवा दिन स्थापना भएका कार्यालयबाट नै जनताले सेवा नपाएको गुनासो नआओस्,’ अनुगमनको क्रममा उनले भने, ‘गलत काम गर्नेलाई कुनै पनि हालतमा कार्वाही हुन्छ, राम्रो काम गर्नेलाई केही समस्या भयो भने त्यसको नैतिक जिम्मेवारी म लिन्छु ।’

आयल निगमको विराटनगर डिपो स्तरोन्नति

मन्त्री मण्डललेबिराटनगर स्थित नेपाल आयल निगमको कञ्चनबारी डिपोलाई आफ्नो क्षेत्रभित्र ईन्धनको सहज आपूर्तिमा कुनै समस्या उत्पन्नहुन नदिन निर्देशन दिए । व्यवस्थापनका लागि सचेत रहन र कुनै समस्या आएसचेत भई तुरुन्त माथिल्लो निकायसंग समन्वय गर्न पनि उनले निर्देशन दिए ।

अनुगमनको क्रममा मन्त्री मण्डललेनिगमको डिपो निरीक्षण स्टोरेज ट्याँकी स्तरोन्नतीका लागि प्रकृया शुरु गर्ने बताए । क्राईसिस नगराउने र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नराम्रो गर्नेलाई दण्डित गर्ने उनको भनाई छ ।

अहिले पूर्वाञ्चलबाट दैनिक पेट्रोल १ सय के एल प्रतिदिन विक्र हुने तर जम्मा २ दिनको स्टक रहेकोले पेट्रोलियम ट्याँकी आवस्यक रहेको र डिजलको माग पनि उत्तिकै बढेपनि एउटा ट्याँकी २०४५ को भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेकोले मर्मत गर्नुपर्ने निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी गराएका थिए ।

त्यसपछि मन्त्री मण्डलले कञ्चनबारीमा मट्टीतेलको ३ वटा ट्याँकी रहेपनि जम्मा ११ केएल मट्टीलेत मात्र माग भएकोले संभव भएसम्म ७ सय १० केएलका दुई ट्याँकीलाई पेट्रोल राख्ने ट्याँकीमा रुपान्तरण गर्ने, क्षतिग्रस्त डिजलको ट्याँकी २०४५ परीक्षण गरी संभावना हेरेर ईन्धन राख्न सक्ने बनाउने र ८ देखि १० हजार केएलको नयाँ ट्याँकीका लागि पनि आवस्यक प्रकृया शुरु गर्ने बताए ।

अहिले कञ्चनबारीमा पेट्रोलको ५ सय ६० केएल, डिजलको ८ हजार केएल भन्दा बढी र मट्टीतेल २१ सय केएल भन्दा बढीको स्टोरेज ट्याँकी छन् । आगामी २० वर्षका लागि बिराटनगरमै डिपो आवस्यक रहेकोले मौजुदा डिपोलाई स्तरोन्नती गर्ने र झापामा नयाँ डिपो स्थापाना हुने उहाँले बताउनुभयो ।

ईन्धनमा हड्ताल नगर्न आग्रह

मन्त्री मण्डलले निगम वा डिलर र ढुवानी व्यवसायी कसैले पनि उपभोक्तालाई मर्का पार्ने काम नगर्न आग्रह गर्नुभयो । निगम, डिलर र ढुवानी व्यवसायी जनतालाई सहज ईन्धन आपूर्ति गर्न सचेत हुनुपर्ने भन्दै उहाँले तत्काल बन्द हड्तालका काम नगर्न पेट्रोलियम डिलर्स एसोसिएसनलाई आग्रह गरे ।

‘जनतालाई सहज ईन्धन आपूर्ति गराउनेतर्फ सचेत हुनुर्छ,निगम, डिलर, ढुवानी व्यवसायी र उपभोक्ता कोही पनि मर्कामा पर्नु हुँदैन’ उनले भने, ‘कुनै अप्ठ्यारा आईलागेमा सहमतिवाट समाधान गरौँ जनतालाई दुःख दिने काम नगरौँ, जनतालाई मर्का पर्ने गरी तत्काल बन्द हड्ताल नगर्न म आग्रह गर्दछु ।’

खाद्यान्नमा समस्या नहोस्

नेपाल खाद्य संस्थानको कार्यालय अनुगमनको क्रममा मन्त्री मण्डललेजनतालाई कुनै पनि प्रकारको खाद्य समस्या हुन नदिन निर्देशन दिए। पटक पटक डुवान, बाढी लगायतका समस्या पर्ने उक्त क्षेत्रमा आएका खाद्य सामग्री समयमै जनतालाई उपलब्ध गराई जनमुखि सेवा दिन उनको निर्देशन छ ।

निमित्त कार्यालयप्रमुख हरी प्रसाद भण्डारीले अंचल प्रमुख नभएको र पाँचौ तहको कर्मचारीहरुले काम चलाईरहेकोले कार्यालयमा समस्या रहेको उहाँले जानकारी गराएका थिए । मन्त्री मण्डलले आफूले काठमाडौं फर्केपछि तत्काल कार्यालय प्रमुख पठाउन निर्देशन दिने पनि बताए ।

साल्ट ट्रेडिङलाई जनतामुखि हुन निर्देशन

मन्त्री मण्डलले विराटनगरस्थित साल्ट ट्रेडिङ्ग कर्पोरेसनको अञ्चल कार्यालयलाई जनतामुखि र सेवामुखि हुन निर्देशन दिए । पूर्वका १६ जिल्लामा नुन, चिनी र रासायनिक मल विक्री गर्दै आएको कर्पोरेसनलाई जनतलाई सहज ढंगले बस्तु उपलब्ध गराउन र सेवा प्रभाव प्रभावकारी जनतामुखि छ कि छैन अनुगमन पनि गरीरहन निर्देशन दिए ।

‘पुरानो शैलीमा काम गरेर भएन, नयाँ नयाँ तरीकाले काम गर्नुप¥यो’ मन्त्री मण्डलले भने ‘नयाँ काम के गर्न के गर्न सकिन्छ फिडब्याक पनि दिनुस जसले जनतालाई प्रत्यक्ष लाभ हुन सकोस् ।’

सो क्रममा कार्यालय प्रमुख नविनचन्द्र झाले केन्द्रबाट उपलब्ध हुने नुन, चिनी र रासायनिक बल बाहेक आफूहरुले अल्मुनियम सल्फेक्टको पनि कारोबार गरीरहेका जानकारी गराएका थिए । कार्यालय भवन पुरानो भएकोले नयाँका लागि पहल गर्न कार्यालयको माग छ ।


पुष्प दुलाल