एग्रेसिभ बिजनेश गरिरहेको एनआइसी एशिया बैंकको सेयरमा लगानी गर्दा कस्तो रिटर्न पाइन्छ ?



काठमाडौं । एनआइसी एशिया बैंक पछिल्ला वर्षहरुमा तीब्र गतिमा व्यवसाय विस्तार गरिरहेको छ । लामो समय कन्जरभेटिभ शैलीमा काम गरिरहेको बैंकले पछिल्ला वर्षमा एग्रेसिभ बैंकिङ गरिरहेको छ ।

सेवाग्राही र सेयरधनी बैंकका लागि सबैभन्दा महत्वपूर्ण पक्षहरु हुन् । आक्रमक बजार विस्तारमा लागेको बैंकले सेयरधनीहरुलाई कस्तो प्रतिफल दिइरहेको छ त ?

त्यसैले यहाँ बैंकको सेयरमा लगानी गर्नेहरुले अधिकतम कतिसम्म कमाएका छन् भन्ने तथ्य खोतल्ने प्रयास गरिएको छ ।

मान्नुस् कुनै सेयर लगानीकर्ताले ठ्याक्कै ४ बर्षअघि १० लाख रुपैंयाँ लगानी गरेर एनआइसी एसिया बैंकको सेयर खरिद गरेको थियो ।

ठ्याक्कै ४ बर्षअघि अर्थात् सन् २०१३ को जुलाइ महिनाको अन्त्यतिर एनआइसी एसिया बैंकको सेयर मुल्य प्रतिकित्ता ७ सय रुपैंयाँ हाराहारी थियो । यसको मतलब १० लाखको लगानीले १४ सय कित्ताभन्दा बढी सेयर किन्न सकिने भयो । र, अघिल्लो आर्थिक बर्षको नाफाबाट बाँढिने लाभांसको पनि हकदार बनिने भयो ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकसँग जम्मा ६९ वटा शाखा थियो एक वर्षमा बैंकले शाखा संख्या १ सय १९ पुर्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल आगामी ३ वर्षभित्र शाखा संख्या ३ सय पुर्याउने योजना रहेको सुनाउँछन् । कर्पोरेट र परम्परागत तरिकाले चलेको बैंकलाई परिवर्तन गर्ने काम भने लक्ष्मण रिसाल र उनको टिमको योगदान नै हो ।

एनआइसी एशिया बैंकले बिगत ४ बर्षदेखि क्रमशः ०, १५, ३९ र २६ प्रतिशत बोनस सेयर बाँढ्दै आएको छ । यसको मतलब ४ बर्षअघि किनिएको १४ सय कित्ता सेयर प्रत्येक बर्षको बोनस सेयर जोडिँदै जाँदा अहिले १६१०, २२३८ हुँदै २८२० कित्ता भइसकेको छ । यो भनेको सेयर संख्याको हिसाबले २ गुणा भन्दा बढीको बढोत्तरी हो ।

यसैबीच बैंकले २ पटक हकप्रद पनि बिक्री गरिसकेको छ, पहिलोपटक ४ः१ र दोस्रोपटक १००ः१५ को अनुपातमा ।

हकप्रद सन् २०१६ को मध्यतिर बिक्री गरिएको थियो । यसको मतलब ४ः१ अनुपातको हकप्रद ०७२/७३ को बोनस सेयर भन्दा पहिले नै बाँढिएको थियो । अर्थात्, ४ बर्षअघि सेयर किनेर राखेको सेयरधनीसँग हकप्रद किन्ने बेलामा २,२३८ कित्ता सेयर थियो । यदि उनले २५ प्रतिशत हकप्रद किनेका भए अहिले उनीसँग २७९७ हुँदै त्यसपछिको २६ प्रतिशत बोनस सेयर पछि ३५२५ कित्ता सेयर भैसकेको छ । अझ पछिल्लो हकप्रद पनि जोड्ने हो भने उनीसँग अहिले कुल सेयर संख्या ४०५४ कित्ता भइसकेको छ ।

आर्थिक वर्ष ०६१/६२ देखि भने बैंकले हरेक वर्ष लाभांश दिएको छ । कुनैवर्ष नगद, कुनैवर्ष बोनस सेयर तथा कुनै वर्ष नगद र बोनस सेयर दुबै दिएको देखिन्छ ।

समग्रमा भन्दा यदि सेयरधनीले बिगत ४ बर्षदेखि बोनस सेयरमात्र लिएको र हकप्रद नकिनेको भए उनीसँग हाल २८२० कित्ता सेयर हुने थियो । यसमा उनको कुल लगानी १० लाख रुपैंयाँमात्र भएको हुनेछ (ब्याजलाई छाड्दा) ।

तर, यदि उनले बोनस सेयरसँगै दुई पटक हकप्रद पनि किनेका भए उनीसँग अहिले ४०५४ कित्ता सेयर हुनेथियो । यसमा भने उनको लगानी १० लाखबाट बढेर ११ लाख १० हजार हाराहारी पुगेको हुनेछ । दुईपटक गरेर उनले १ हजार ९० कित्ता सेयर किनेका हुनेछन् ।

४ बर्षअघि एनआइसी एसिया बैंकमा १० लाख रुपैंयाँ लगानी गरेको लगानीकर्ताले अहिलेसम्म कुनै पनि सेयर नबेची दीर्घकालिन लगानीको रुपमा राखेको छ (तर, हकप्रद किनेको छैन) भने उसको लगानीको बजार मुल्य १३ लाख ५ हजार रुपैंयाँ भएको हुनेछ (२८२० कित्ता सेयरलाई एनआइसी एसियाको अन्तिम कारोबार मुल्य ४६३ रुपैंयाँ प्रतिकित्ताले गुणा गर्दा) ।

तर, यदि सेयरधनीले दुवैपटक हकप्रद पनि किनेको छ भने उसको लगानीको कुल बजार मुल्य हिजोसम्म १८ लाख ७७ हजार भइसकेको हुनेछ । तर, यो स्थितिमा लगानीकर्ताको लगानी १० लाख रुपैंयाँ नभएर ११ लाख १० हजार रुपैंयाँ भएको हुनेछ ।

यसका अलावा बैंकले आफ्ना लगानीकर्तालाई नगद लाभांस पनि बाँढेको छ । बैंकले गत ४ बर्षदेखि क्रमशः २०, १५, २.०५ र १.३७ प्रतिशतका दरले नगद लाभांस बाँढेको छ । ४ बर्षअघि एनआइसी एसिया बैंकको सेयर किनेका सेयरधनीले अहिलेसम्म तिन पटक गरेर १ लाख रुपैंयाँभन्दा बढी नगद लाभांश पनि बुझिसकेका छन् । पछिल्लो दुई बर्षको नगद लाभांश कर प्रयोजनका लागि मात्र भएको हुँदा उल्लेख गरिएको छैन ।

यो त भयो दिर्घकालिन लगानीको कुरा । तर, यदि लगानीकर्ताले आफुले किनेको सेयर ५ बर्ष ‘होल्ड’ नगरेर बजार बढेको बेला कुनै राम्रो समय हेरेर बेचेका भए पनि राम्रो कमाउन सक्ने अवस्था थियो ।

###                                                                                  ###
२० वर्षअघि क्षेत्रियस्तरको विकास बैंकको रुपमा स्थापना भएको एनआईसी बैंक अहिले एनआईसी एशिया बैंक बनेको छ ।

एनआइसी एशिया बैंक नेपालका दुईवटा वाणिज्य बैंक पहिलो पटक मर्जर भएको इतिहास छ । २०७० असार १६ गते एनआईसी र बैंक अफ एशिया बैंक मर्ज भएर एनआईसी एशिया बैंक बन्यो ।

नेपालको बैकिङ क्षेत्रको इतिहासमा पहिलो पटक वाणिज्य बैंकको मर्जर थियो यो ।

बैंक मर्जर भएर आकार ठूलो भएपनि दायरा भने फराकिलो भएको थिएन । चार वर्षअघिसम्म एनआईसी एशिया बैंक नेपालको कर्पोरेट लेभलमा मात्र सिमित थियो । बैंकको निक्षेप र कर्जा दुवै कर्पोरेटमा मात्र केन्द्रीत थियो । बैंकले दुरदराजसम्म शाखा विस्तार गर्न सकेको थिएन ।

तर, एक वर्षको अवधिमा एनआईसी एशिया बैंक शाखा सञ्जाल यसरी फैलिएको छ, बैंक अहिले शाखामात्र खोल्ने ध्यानमा रहेको देख्न सकिन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकसँग जम्मा ६९ वटा शाखा थियो एक वर्षमा बैंकले शाखा संख्या १ सय १९ पुर्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल आगामी ३ वर्षभित्र शाखा संख्या ३ सय पुर्याउने योजना रहेको सुनाउँछन् ।

कर्पोरेट र परम्परागत तरिकाले चलेको बैंकलाई परिवर्तन गर्ने काम भने लक्ष्मण रिसाल र उनको टिमको योगदान नै हो ।

‘बैंकको रिर्टन राम्र्रो भए पनि पुरानो तरिकाले अब चलाउन सम्भव छैन भन्ने हाम्रो निष्कर्ष थियो,’ रिसालले बैंकको टर्निङ प्वोइन्टको अनुभव सुनाउँदै भने, ‘अहिले हामीले गरेको ब्रान्डिङ र शाखा विस्तार यही रणनीति अन्तर्गत हो ।’

‘आगामी दिनमा लगानीकर्तालाई बढीभन्दा बढी प्रतिफल दिने उदेश्यले नै आज हामीले आक्रमकरुपमा व्यवसाय विस्तार गरिरहेका छौं,’ सीइओ रिसाल भन्छन् ।

बैंकले अहिले अहिले ‘स्माल इज बिग’ को रणनीति अनुसार निक्षेप र कर्जामा रणनीति परिवर्तन गरेको सिइओ रिसाल बताउँछन् ।

‘बैंकको बारेमा सबैको बुझाई निक्षेप र कर्जामा कर्पोरेट केन्द्रीत भन्ने थियो,’ रिसाल थप्छन्, ‘हामीले ३ वर्षलाई लगानी वर्षको रुपमा लिएका छौं, यस अन्तर्गत शाखा विस्तार तथा ब्रान्डिङको लागि गर्ने लगानी पर्छ ।’

बैंकले निक्षेपको आकारमा बचतको हिस्सा ५० प्रतिशत पुर्याउने नीति अन्तर्गत बचत खातामा ब्याजदर बढी दिएको जनाएको छ । शाखा विस्तार गर्दै जाँदा बचतमा निक्षेप बढ्ने र यसले बैंकलाई दीर्घकालिनरुपमा फाइदा पुर्याउने रिसालको दाबी छ ।

२०७० सालमा एनआईसी र बैंक अफ एशिया मर्ज भएर एनआईसी एशिया बैंक बन्दा निक्षेप ४२ अर्ब थियो भने कर्जा ३० अर्ब रुपैयाँ थियो । २०७३/७४ को असार मसान्तमा आइपुग्दा बैंकसँग ८६ अर्ब ६९ करोड निक्षेप भने कर्जा विस्तार ७१ अर्ब ५८ करोड रुपैयाँ भएको छ । बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट पनि दिन सक्ने लाभांशको आधारमा चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्ने भनेको छ । सो अनुसार बैंकले २० प्रतिशत बोनस दिएर सजिलै चुक्ता पुँजी ८ अर्ब पुर्याउन सक्छ ।

२० वर्षको अवधिमा १०० रुपैयाँको लगानीलाई बैंकले ३४ सय ९० रुपैयाँ फाइदा दिएको छ । नेपालको पुँजी बजारमा वार्षिक २० प्रतिशतभन्दा बढी प्रतिफल दिने संस्थालाई राम्रो कम्पनीको रुपमा लिन सकिन्छ ।

बैंकले सबैभन्दा पहिला आर्थिक वर्ष २०५७/५८ मा १० प्रतिशत नगद लाभांश दिएको छ । त्यसको ३ वर्ष बैंकले कुनैपनि लाभांश दिएन ।

आर्थिक वर्ष ०६१/६२ देखि भने बैंकले हरेक वर्ष लाभांश दिएको छ । कुनैवर्ष नगद, कुनैवर्ष बोनस सेयर तथा कुनै वर्ष नगद र बोनस सेयर दुबै दिएको देखिन्छ ।

मर्जरपछि पनि बैंकले राम्रै बोनस सेयर र नगद लाभांश दिएको छ ।

‘आगामी दिनमा लगानीकर्तालाई बढीभन्दा बढी प्रतिफल दिने उदेश्यले नै आज हामीले आक्रमकरुपमा व्यवसाय विस्तार गरिरहेका छौं,’ सीइओ रिसाल भन्छन् ।


पुष्प दुलाल