दरबारले भित्र्याएको क्यासिनो कल्चरमा राजेन्द्र बजगाईंको साम्राज्य



काठमाडौं । नेपालमा क्यासिनो भित्र्याउने श्रेय तत्कालीन राजपरिवालाई जान्छ । तत्कालिन अधिराजकुमार हिमालयबिक्रम शाहले सोल्टी होटलमा क्यासिनो नेपाल सञ्चालनको अनुमति लिएका थिए ।

शाहले नै सन् १९६९ मा सिक्किममा क्यासिनो सञ्चालन गरेर बसेका भुटानी राजाका नातेदार लेण्डुप दोर्जीलाई क्यासिनो नेपालको व्यवस्थापन सम्हाल्ने गरि ल्याएका थिए ।

सन् १९७२मा लेण्डुपले छोडेपछि अमेरिकी नागरिक रिचर्ड डोयल (आरडी) टटलाई ल्याइएको क्यासिनो क्षेत्रमा ३ दशक काम गरेका साङ्ग्रीला क्यासिनोका पूर्वनिर्देशक बोधबिक्रम पाण्डे बताउँछन् ।

पाण्डेका अनुसार भियतनाममा युद्ध लडेको एक सिपाइ टटलले ओवराय होटलको म्यानेजमेन्ट रहेको सोल्टीमा क्यासिनोको व्यवस्थापन सम्हालेका थिए । उनले भारतीय नागरिक राकेश वादवालाई फाइनान्स कन्ट्रेलरको रुपमा क्यासिनो नेपालमा नियुक्त गरका थिए । टटलको श्रीलंकामा पनि क्यासिनो थियो ।

नेपालबाट काम गर्न पाठउने क्रममा बादवाले पनि १२ वर्ष श्रीलंकामा गएर क्यासिनोमा काम गरेका थिए ।

टटलले एभरेष्ट होटलमा क्यासिनो एभरेष्ट संचालन गर्नको लागि सन् १९९३ मा वादवालाई व्यापारिक साझेदार बनाएर ल्याएका थिए ।त्यसपछि तारामा अरुण जैनले संचालन गरिरहेको क्यासिनो पनि टटलले नै लिए ।

सन् १९९६ रोयल क्यासिनो सञ्चालन पनि उनैले गरे । एकपछि अर्को क्यासिनो हुँदै टटल र वादवाले क्यासिनो कब्जा गर्दै गएको वादवासँग क्यासिनो रोयलमा म्यानेजर भएर काम गरेका पाण्डे बताउँछन् ।

टटलले नेपालमा त्यतिबेला सीओएनओएसए (कनोसा) कम्पनी दर्ता गरेका थिए । हङकङको यो कम्पनी नेपालमा पनि दर्ता भएको थियो । टटललाई धोका दिँदै वादवाले सीओएनओएसएसए (कनोसा) कम्पनी दर्ता गराए । वादवाले चलाखी गरेर टटलको कम्पनीको नाममा सबै आफ्नै फाइल राखेर टटलको नाममा भएको क्यासिनो आफ्नो बनाए ।

पछि अदालतमा मुद्दा प¥यो । टटलले क्यासिनोको नियम गर्न बनाएको नेपाल रिक्रिएस सेन्टर (एनआरसी)का उपाध्यक्ष रहेका वादवाले मुद्दा जिते भने टटलले हारे । त्यसपछि क्यािसनोमा एकलौटी कब्जा समाउन वादवा सफल भएका थिए ।

वादवाले सञ्चालन गरेका क्यासिनेले पछिल्लो समय सरकारी रोयल्टी नरितेकै कारण विवाद सतहमा आएको हो । उनले सरकारी बक्यौता नतिरेकै कारण क्यासिनो छोडेर भागेका हुन् ।

एनआरसी बाहेको क्यासिनो व्यवस्थापन गिल्ट इन्भेष्टभेन्टले क्यासिनो रोयल संचालन गरेको थियो । क्यासिनो ¥याडमा वादवासँगै एनआरसीको सेयरमा प्रवेश गरेका किशोर सिल्लवालले पनि ४ वटासम्म क्यासिनो संचलन गरे ।

क्यासिनो र्याड, भेनस, तार र ग्राण्ड संचालन गरेका शिलवालले पनि सरकारी रोयल्टीकै विवादका कारण क्यासिनो बन्द गरेका थिए । तर पछिल्लो समय सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर क्यासिनो संचलन गरिरहेका छन् ।

राजेन्द्र बजगाँईको उदयले क्यासिनोमा क्रान्ति

नीति नियमबिना दशकौंदेखि मनोमानी ढंगले क्यासिनो चलिरहेका थिए । २०६२/६३ पछि मजदूरको समस्याले झनै क्यासिनो संचाकहरु समस्यामा परेका थिए । दिनहुँ जसो क्यासिनोमा कुटपिट चलिरहेको थियो । त्यस्तो अवस्थामा ठुलो लगानी आउने कुनै छाँट थिएन । सरकार र क्यासिनो संचालकबीच बक्यौता विवादले दाहोरी परिहेको थियो ।

पर्यटन क्षेत्रमा ठुलो लगानीको लक्ष्यको साथ अगाडि बढेको राजेन्द्र बजगाँईले जव सिल्भर हेरिटेज ग्रुपसंग नजिक हुन पुगे । सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि हङकङको बहुराष्ट्रिय कम्पनी हो । बजागाँईकै प्रयासमा नेपालमा पाँच तारे होटलसहित क्यासिनोमा लगानी गर्न सन् २०११ मा तयार भयो ।

तर नेपालमा क्यासिनो संचालनको समस्या राम्रो संग बुझेका बजागाँईले नीति नियमनै नभई विदेशी लगानी भित्र्याउने नसकिने निष्कर्षमा पुगे । उनले सरकारी उच्च अधिकारी देखि राजनैतिकदलका नेतासम्मलाई भेटेर क्यासिनो संचालनको माडालिटी तयार पार्न सुझाव दिए । जसोको फलस्वरुप सरकारले क्यासिनो नियमावली २०७० जारी गरेको थियो ।

‘मैले नै सहयोग गरेको त भन्न मिल्दैन तर सुझाव चाहि दिएको थिए,’ सिल्भर हेरिटेजका अध्यक्षसमेत रहेका बजगाईंले भने ।

नेपालमा नियमले नचलेपछि क्यासिनोमा समस्या आइरहेको थियो, नियमले चलाउन सुझाव दिदाँ क्यासिनो नियमावली २०७० जारी भएको बजागाँई बताउँछन् । उक्त नियमावलीले क्यासिनोमा क्रान्तिनै सुरु भयो । जसको फलस्वरुप हाल तीन वटा ठूला क्यासिनो संचालनमा रहेका छन् ।

क्यासिनोबाट सरकारले बार्षिक करौडौ रुपैयाँ राजस्व पाएको छ । विगतमा दशकौ सम्म क्यासिनो चलाएकाहरु सरकारले राजस्व त तिरेनन् नै मजदूरको समेत विचल्ली पारेका भागेका छन् । अहिलेको नियमावली अनुसार चलाउनेहरु भाग्नै नसक्ने बजागाँई बताउँछन् ।

सोही नियमावलीकै सहयोगले पहिलो पटक बजगाँईले काठमाडौंको सांग्रीला होटलमा मिलिनियर्स क्लब नामको क्यासिनो संचालन गरिरहेको छन् । यो क्यासिनो एसएचएल सर्भिसेजको नामबाट संचालन भइरहेको छ ।

रुपन्देहीको कोटिहवामा हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिको लगानीमा सुविधा सम्पन्न ५ तारे रिसोर्ट ‘टाइगर प्यालेस’ निर्माण अन्तिम चरणमा पुगेको छ । बजगाईंको त्यहाँ पनि क्यासिनो खोल्ने योजना छ ।

तीन अर्ब रुपैयाँ विदेशी लगानीमा निर्माण हुने उक्त लक्जरी रिसोर्ट अगामी ६ महिनाभित्र संचालनमा ल्याउने लक्ष्य राख्दै निर्माण कार्यलाई दु्रत गतिमा अघि बढाएको छ ।

क्यासिनो नियमावली २०७० मा सरकारले तोकेको २५ करोड रुपैयाँको चुक्ति पुँजी तोकेको छ । क्यासिनो नियमावली अनुसार हरेक क्यासिनोले २५ करोडको चुक्ता पूँजीसहित वार्षिक ३५ करोड रुपैयाँ खर्च गर्ने क्षमता बनाउनुपर्छ ।

नियमावलीले राजस्व ४ करोड, बैंक धरौटी ४ करोड, इजाजत शुल्क २ करोड र निवेदन दस्तुर ५ लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

नियमावली अनुसार क्यासिनोमा जित्नेहरुको भिडियो रेकर्ड, जितेको रकमको २५ प्रतिशत रकम सरकारलाई बुझाउने सहितको सर्तमा मात्र क्यासिनो संचालनको अनुमति सरकारले दिने गरेको छ । सोही नियमलाई मान्दै हाल सोल्टी र ह्यातमा समेत क्यासिनो संचालनमा रहेका छन् ।

भारतीयकै भरमा नेपालका क्यासिनो

क्यासिनो पर्यटन नेपालमा पनि विदेशी पर्यटक आकर्षण गर्ने माध्यम हो । नेपालका १० वटा पाँचतारे होटलमा संचालन भएका क्यासिनोले बक्यौतन तिर्न अटेगरेपछि सरकारले बन्द गरिदिएको थियो । जसका कारण भारतीय पर्यटन आउनेक्रममा नै कमी आएको थियो । पछिल्लो सयम नयाँ नियमावली अनुसार क्यासिनो संचालन हुन थालेपछि पुनः बढ्न थालेको छ ।

नेपालमा आउने पर्यटक मध्येसबै भन्दा वढी भारतीय हुने गरेका छन् । क्यासिनो खेल्न आउने पर्यटकमा पनि भारतीय नै अग्र स्थानमा पर्छन । नेपालमा एकडेढलाख देखि करोडौं रुपैयाँसम्म जुवा खेल्न आउने पर्यटकको श्रेणीमा भारतीय अग्र स्थानमा पर्ने गरेका छन् । क्यासिनोमा खेल्न आउनेमा भातरीयपछि बंगालदेखी र चिनियाँ पर्यटक हुन् ।


पुष्प दुलाल