संकटमा लालु यादवको परिवार, सबै सदस्यमाथि भ्रष्टाचारको आरोप



बिहारका पूर्वमन्त्री लालुप्रसाद यादवको चर्चा नेपाली राजनीतिमा पनि हुन्छ । नेपालको सीमाना भारतको बिहार राज्यसँग जोडिएको र उनी मुख्यमन्त्री हुँदा फस्टाएको गुण्डाराजको प्रभाव नेपालका तराईका जिल्लामा पनि परेको थियो ।

बिहारको अतिगरिब परिवारमा सन् १९४८ मा जन्मेका लालु यादव जसरी राजनीतिमा उदाए, त्यसैगरी उनको विवादित छवी रहेको छ । सन् १९७५ मा इन्धिरा गान्धीले लगाएको संकटकालपछि जयप्रकाश नारायणको आन्दोलनबाट बिहारको राजनीतिमा लालुको प्रवेश भएको थियो ।

संकटकाल हटेपछि सन् १९७७ मा भएको निर्वाचनमा २९ वर्षका लालु भारतको केन्द्रीय संसदमा जनता पार्टीबाट निर्वाचित भए । त्यसपछि लालुले राजनीतिक यात्रामा भने पछाडी फर्केर हेर्नु परेको छैन ।

सन् १९९० मा पहिलोपटक बिहारमा मुख्यमन्त्री रहेका लालुले सन् १९९७ सम्म मुख्यमन्त्री थिए । त्यसपछि आफ्नी पत्नी रावणीदेवीलाई मुख्यमन्त्री बनाएका लालुमाथि बशंराजनीति बढाए ।

सन् १९९६ मा लालु मुख्यमन्त्री भएको समयमा पहिलो पटक भष्ट्रचारको आरोप लागेको थियो । ‘फोडर स्काम’ भनेर चिनिने यो घोटलामा लालुमाथी ४ अर्ब ५० करोड भारतीय रुपैयाँ भष्ट्रचार गरेको आरोप छ । चारा घोटालमा उनलाई अदालतले भष्ट्रचारी भनेर प्रमाणित गरेको छ । अहिले मुद्दा माथिल्लो अदालतमा विचाराधिन छ । अदालतले भष्ट्रचारी भनेको हुँदा लालु यादव निर्वाचन लड्न पाउँदैनन् ।

अहिले भारतको बिहारमा नितिश कुमारको महागठबन्धनको सरकारको छ । जसको ठूलो साझेदार लालुप्रसाद यादव पार्टी भारतीय जनता दल (आरजेडी) हो । लालुका दुई छोरा तेजप्रताव र तेजस्वी यादव नितिश सरकारमा मन्त्री छन् ।

२० वर्षदेखि भष्ट्रचारको आरोप भोगिरहेका लालुमाथि अहिले भने गम्भिर संकट थपिएका छ । उनकी श्रीमती, छोरी ज्वाई र दुईछोरामाथी आम्दानीभन्दा बढी सम्पत्ती भएको र सम्पत्ती शुद्धिकरण निवारण गरेको आरोप छ ।

सन् १९९६ मा लालु मुख्यमन्त्री भएको समयमा पहिलो पटक भष्ट्रचारको आरोप लागेको थियो । ‘फोडर स्काम’ भनेर चिनिने यो घोटलामा लालुमाथी ४ अर्ब ५० करोड भारतीय रुपैयाँ भष्ट्रचार गरेको आरोप छ ।

लालुप्रसादको यादवको १२ वटा घरमा केन्द्रिय जाँच ब्यूरो (सिबिआई) छापाम मारेको छ । भारतीय संचारमाध्यमका अनुसार अनुसार पटना (बिहार), राची (झारखण्ड), पुरी (ओडिसा), गुरुग्राम (हरियाणा), र दिल्लीको घरमा शनिबार बिहान ७ः४५ बजे छापा मारिएको थियो ।

सिबिआईका अतिरिक्त निर्देशक राकेश अस्थानका अनुसार यादव विरुद्धको यस कारवाही ह २००६ सँग सम्बन्धीत एक घटनाका आधारमा गरिएका हो ।

‘त्यस समय यादव रेल मन्त्री थिए, उनले रेलवे होटलको ठेक्का निजी कम्पनीलाई दिने क्रममा अनियमिता गरेका थिए,’ अस्थानले भने ।

सीबीआईका अनुसार यस घटनामा इन्डियन रेलवे क्यान्टिन एवम् टुरिजम कर्पोरेसन (आईआरसीटीसी)का तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्व मन्त्री प्रेमचन्द गुप्ताकी पत्नी सुजाता पनि आरोपी हुन् ।

यस अघि १६ मेमा १ हजार करोड भारु काण्डको विषयमा आयकर विभागले लालुको घरमा छापा मापरेको थियो । आयकर विभागको कारवाहीमा लालुकी छोरी मिसा भारती र ज्वाई शैलेषकुमारको घरमा पनि छापामारिएको छ । उनीहरु दुवैसँग बयान पनि लिइएको थियो ।

साथै, लालूका छोरा तेजस्वी र तेज प्रताव पनि भ्रष्टाचारको आरोप सामना गरिरहेका छन् । पटनामा अहिले बन्न लागेको सबैभन्दा ठूलो मल पनि लालु यादवको परिवारको रहेको खुलेको छ ।
सिबिआईले छापा मारेपनि लालु यादवले भने आफु निर्दोश रहेको र प्रधानमन्त्री नरेन्द्र मोदीले फसाउने काम गरेको बताउने गरेका छन् । ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु