बीमा कम्पनीले अब पुँजी बृद्धि अनुसारको प्रतिफल दिन सक्दैनन्



बैंकबाट बीमामा आउँदा यो धेरै सानो क्षेत्र लागेको थियो । मार्केटिङ शैली उस्तै भएपनि बीमामा प्राविधिक पक्ष धेरै नै फरक छ । बैंकबाट बीमा आउनेले सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा यसको प्राविधिक हो ।

नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीमा अहिले १७ वटा निर्जीवन बीमा कम्पनी छन् । जीवनको संख्या ९ वटा छ । नियामकले नयाँ कम्पनीलाई लाइसेन्स दिएको हुँदा नयाँ कम्पनी थपिन लागेका छन् ।

अहिले संचालनमा रहेका निर्जीवन बीमा कम्पनीले १ अर्ब पुँजी पुर्याउनुपर्छ । यस आधारमा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १७ अर्ब पुर्याउन परेपनि अहिले १७ अर्बको प्रिमियमपनि छैन ।

पुँजी बृद्धिअनुसारको निर्जीवन बीमा कम्पनीको बजारको दायरा विस्तार भएन भने धेरै कम्पनी मर्जमा जानुपर्ने बाध्यता आउनसक्छ । प्रतिफल दिन सकिंदैन ।

बीमाको बजार बढाउन सक्ने धेरै क्षेत्र छ । विदेशमा पाइलैपिच्छे बीमा गर्नुपर्ने हुन्छ । नेपालमा बाध्यता भएमात्र बीमा हुन्छ होइन भने बीमा गर्ने बानी धेरैको छैन ।

नेपालको बीमा क्षेत्रको प्रमुख समस्या भनेकै सरकारले प्राथमिकता नदिनु हो । अहिलेपनि सरकारको प्राथमिकता बीमा क्षेत्र परेको छैन । जनचेतना जगाउने काम सरकार र त्यसको साथमा निजी कम्पनीले गर्ने हो । कम्पनीले जनचेतना व्यवसाय बढाउनको लागि पनि गर्नुपर्ने बाध्यता रहेको छ ।

सरकारले बीमालाई बाध्यात्मक पनि बनाउनुपर्छ । जस्तो नक्सा पास नभएसम्म बैंकले घर बनाउनको लागि ऋण दिँदैन । यसमा नक्सा पास गर्नको लागि बीमा अनिवार्य गर्दा हुन्छ । यसबाट बीमा गर्ने बाध्यकारी व्यवस्था बजार बढ्छ । यो गरेपछि बीमाको प्रिमियम घटाउनुपर्छ । सरकारले यसरी बीमा बजार बढाउने तर्फ सोच्नुपर्छ ।

अहिले जीवन बीमा गर्ने व्यक्तिले २० हजारसम्म आयकरमा छुट पाउने व्यवस्था छ । निर्जीवन बीमा गर्नेलाई कर छुट दिन मिल्दैन । उदाहरणको लागि घरको बीमा गर्नेलाई १० हजारसम्म बीमा छुट दिन मिल्दैन ? यस्तै स्वास्थ्य बीमा गर्नेलाईपनि आयकर छुट दिनुमिल्छ । सरकारले यो क्षेत्रमा चासो दिएको छैन । सरकारलाई चासो बढाउने काम हामी सबैले गर्नुपर्छ । यसमा मिडियाको पनि भूमिका हुन्छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी एक अर्ब पुर्याउनुपर्ने भनेको छ । सो अनुसारको पुँजी पुर्याउनको लागि बीमा कम्पनीले बोनस तथा हकप्रद तथा थप सार्वजनिक निष्कासन(एफपिओ) जारी गर्दैछन् । एक अर्ब चुक्ता पुँजी पुर्याएर १० प्रतिशत प्रतिफल दिनको लागि २५ करोडको खुद नाफा कम्पनीले गर्नुपर्छ ।

२५ करोड खुद नाफा गर्दा यसको ५० प्रतिशत रकम रिजर्बमा जान्छ । बाँकी रह्यो साढे १२ करोड रुपैयाँ १० प्रतिशत रकम अर्को रकम बीमा कोषमा जान्छ । बाँकी रकमबाट मात्र लगानीकर्तालाई लाभांश बाढ्न सकिन्छ ।

२५ करोड खुद नाफा गर्नको लागि २ अर्ब ५० करोडको प्रिमियम संकलन गर्नुपर्छ । के यो सम्भव छ ? २ अर्ब ५० करोडको व्यवसाय गर्न सम्भव छ ? यो मुख्य चुनौती हो । न्यूनतमपनि २ अर्ब प्रिमियम संकलन गर्नुपर्छ ।

बैंकबाट जब म बीमामा छिरे । नयाँ तरिकाबाट सोच्नुपर्छ भनेर हामी आएका हौं । हामीले पहिलो प्राथमिकता क्लेम सेटलमेन्टमा दियौं ।मार्केटिङ गरेर एक वर्षको बिजनेश लिन सकिन्छ । तर, अर्को वर्षदेखि त्यो बिजनेश आउने ग्यारेन्टी हुँदैन । खासमा बीमामा बिजनेश लिने भनेकै क्लेम तिरेर हो ।

१ अर्ब चुक्ता पुँजी पुगेपछि कुनै बीमा कम्पनीले १० प्रतिशत प्रतिफल दिन्छ भने त्यो धेरै राम्रो र उत्कृष्ट कम्पनी हो । अहिले किन दोस्रो बजारमा बीमा कम्पनीमा यसरी किन पैसा हालेका छन् यो कुरा बुझ्न सकिदैन ।

पुँजीबृद्धि अनुसारको रिर्टन बीमा कम्पनीले दिन सक्दैनन् । यो यथार्थ हो ।
बीमा क्षेत्रलाई अहिलेकै अवस्थामा राख्ने हो, बीमा क्षेत्रलाई सरकारले प्राथमिकता नदिने हो भने १० प्रतिशत रिर्टन लिनको लागि दुई वर्ष कुर्नुपर्छ ।

भूकम्पले नेपालमा बीमाको बजार धेरै रहेको देखाएको हो । भूकम्प गएपछि १५ देखि २० प्रतिशतको बीमाको बजार २७ प्रतिशतले बढ्यो । यो वर्ष २० देखि २१ प्रतिशतले बढेको छ । भूकम्प गएपछि मानिसहरुमा केही चेतना आयो प्रिमियम बढेर गयो । अहिले मानिसहरुमा अब ८४ वर्षपछि भूकम्प आउँछ किन बीमा गर्नु भन्ने छ ।

बीमाको विकास हुँदै नभएको भन्ने होइन । जुन हिसाबले नेपाल राष्ट्र बैंक अग्रणीरुपमा आयो । त्यो अनुसार बीमा समिति हुन सकेन । जुन हिसाबले राष्ट्र बैंकमा जनशक्ति छन्, त्यस हिसाबले बीमा क्षेत्रमा जनशक्ति रहेका छैनन् । बीमा समितिसँग जनशक्ति बढाउन बजेट दिने वा चासो दिने भने बीमा समिति पछाडी पर्ने थिएन । बीमा समितिले आफ्नो सिमित बजेटभित्र रहेर धेरै गरेको छ ।

बीमा समितिले धेरैवटा प्रोडक्ट डिजाइन गरेको छ । उदाहरणको लागि कृषि बीमालाई हेर्न सकिन्छ । कृषि बीमा धेरै काम भएको छ ।
केही कुराले बीमा क्षेत्रलाई रोक्नुको कारण बीमा दक्ष जनशक्ति छैनन् । अहिलेपनि पुरातनवादी तरिकाले सोच्ने व्यक्ति धेरै छन् । नयाँ तरिकाले बीमा कम्पनीहरु नचलेको यतार्थ नै हो ।

बैंकबाट जब म बीमामा छिरे । नयाँ तरिकाबाट सोच्नुपर्छ भनेर हामी आएका हौं । हामीले पहिलो प्राथमिकता क्लेम सेटलमेन्टमा दियौं ।मार्केटिङ गरेर एक वर्षको बिजनेश लिन सकिन्छ । तर, अर्को वर्षदेखि त्यो बिजनेश आउने ग्यारेन्टी हुँदैन । खासमा बीमामा बिजनेश लिने भनेकै क्लेम तिरेर हो ।

बीमा कम्पनीहरुले कति छिटो क्लेम तिर्छन् त्यो आधारमा बीमा कम्पनी सफल हुने हो । दुई चारवर्ष अगाडिसम्म बीमा टार्गेट नै प्रिमियम संकलन मात्र हुन्थ्यो । अहिले अवस्था फेरिएको छ । प्रिमियम संकलनसँगै हामीले शाखाहरुलाई तिम्रो क्लेम कति घटाउन सक्छौ भन्ने टार्गेट दिएका छौ ।

चाडौ बीमामा पेमेन्ट गर्नुपर्छ भनेर हामीले स्पट पेमेन्टको काम सुरु गर्यौ । यसमा हामी ९० प्रतिशत सफल भएका छौ । स्पट पेमेन्टले धेरै बीमा कम्पनीलाई जगायो । हामीलाई यसलाई लन्च गर्न धेरै गार्हो भएको छ । दीर्घकालिन रुपमा बीमाको बजार बढाउनको लागि क्लेम सेटलमेन्टलाई ध्यान दिनुपर्छ ।

बीमामा प्रविधिको प्रयोग अहिले पनि कम छ । नेपालमा मोबाइल बैकिङ सुरु भएको १० वर्षभन्दा बढी भइसकेको छ । तर, बीमामा यस्तो व्यवस्था थिएन । मोबाइलबाट बीमामा प्रिमियम तिर्ने प्रोडक्ट पहिलो पटक नेकोले ल्यायो । नेपाल इन्भेष्टमेन्टमा खाता हुने ग्राहकले एपबाट मोबाइलबाट प्रिमियम तिर्न सक्छन् । अब हामी वेवसाइटबाटै पोलिसी किन्न सक्ने व्यवस्था गर्दैछौं । ।

सरकारले प्राथमिकता दिने र प्रविधिलाई आत्मसाथ गरेर अगाडी बढाउने हो भने बीमा क्षेत्रको बजार ठूलो नै छ । कुराकानीमा आधारित


पुष्प दुलाल