श्रीमान् श्रीमतीबीचको सम्बन्ध र सेयरको प्राविधिक विश्लेषण



सेयर बजारमा लगानी गर्नुअघि सामान्यतः दुई तरिकाले बिश्लेषण गर्ने गरिन्छ । पहिलो, आधारभूत बिश्लेषण र, दोस्रो, प्राबिधिक बिश्लेषण । बिश्लेषण नै नगरी जुवाको खालमा पसे जसरी लगानी गर्ने लगानीकर्ता पनि सेयर बजारमा नहुने होइनन् । तर, त्यस्ता लगानीकर्ताका बारे यहाँ चर्चा गरिने छैन ।

आधारभुत बिश्लेषण आम लगानीकर्ता माझ प्राबिधिक बिश्लेषणको तुलनामा बढी चर्चित र प्रचलित छ । सहरमा खुलेका सेयर तालिम केन्द्रहरुले पनि आधारभूत बिश्लेषण मै आफूलाई बढी केन्द्रित गरेका छन् ।

आधारभूत बिश्लेषण तुलनात्मक रुपले सहज छ । यसले समय र उर्जाको कम खपत गर्छ । यसको मुख्य उद्देश्य भनेको कम्पनीको अन्र्तनिहित मूल्य पत्ता लगाउनु हो, जसको सेयर बजारको प्रचलित मुल्यसँग खासै सम्बन्ध नहुन पनि सक्छ ।

त्यसैले सेयर बजारको मुल्य आधारभूत बिश्लेषण गरी पत्ता लगाएको कम्पनीको अन्र्तनिहित मूल्यभन्दा कम भएमा सेयर खरिदको लागि आकर्षक हुन्छ भने बढी हुँदा जोखिम उच्च हुन्छ ।

आधारभूत बिश्लेषण गर्दा कम्पनीको बित्तीय बिवरणको आधारमा गर्ने गरिन्छ । कम्पनीको बार्षिक बित्तीय बिवरणमा उल्लेख भएका महत्वपूर्ण सूचकहरु जस्तोः प्रतिसेयर आम्दानी, मुल्य आम्दानी अनुपात, रिर्टन अन इक्वीटि, ब्यवसाय बृद्धिदर, खराब कर्जा, नगद प्रवाह, जगेडा कोष, चुक्ता पूँजी आदिको आधारमा कम्पनीको अन्र्तनिहित मूल्य पत्ता लगाउने प्रयास गरिन्छ ।

तर, तिनै बच्चाले कामबाट घर फर्केको आफ्नो बाबुसँग कुन दिन चकलेट माग्ने र कुन दिन नमाग्ने भनेर निर्णय गर्न सक्छन् । उसको अनुभवको ‘डेटा ब्याङ्क’मा आफ्नो बाबुको ‘मुड’ र त्यो मुडले आफुलाई चकलेट दिलाउँछ वा दिलाउँदैन भन्ने कुरा संग्रहित भएर बसिसकेको हुन्छ ।

साथै, कम्पनीका प्रमोटर र कार्यकारीहरुको नैतिक आचरण र क्षमता र, बलदिंदो सामाजिक-आर्थिक परिवेशमा कम्पनीको सेवा वा उत्पादनको सान्दर्भिकता पनि आधारभूत बिश्लेषणका लागि महत्वपूर्ण हुन्छन् ।

तर, जब प्रबिधिक बिश्लेषणका बारे चर्चा गरिन्छ, तब लगानीकर्ताहरु अलमलमा पर्ने गर्छन् । बिभिन्न संस्थाहरु वा ब्यक्तिले गरेका कम्पनीहरुको प्रबिधिक बिश्लेषण पनि आम लगानीकर्ताका लागि बुझ्न निकै कठिन हुने गर्छ । स्टप लस, मुभिङ एभरेज, क्याण्डल बार, बिभिन्न ग्राफ र चार्टहरु आम लगानीकर्ताका ‘समझ’बाट केही टाढा नै देखिन्छन् । त्यसैले प्रबिधिक बिश्लेषणको कुरा गर्ने बित्तिकै लगानीकर्ताहरु आफूलाई यसका बारे थाहा नभएको भन्दै पन्छिने गर्छन् ।

अझ रोचक त के छ भने कहिलेकाँही प्राबिधिक बिश्लेषणकर्ता नै प्राबिधिक बिश्लेषणको आधारभूत जानकारीबाट निकै टाढा छन् कि जस्तो लाग्छ । खाइराखेको, चपाइराखेको तर, के खाएको वा चपाएको भन्ने पत्तै नपाए जस्तो !

आइपिओमा भने यस्तो सुबिधा हुँदैन । किनभने सो सेयरको गतिबिधिको चार्ट बनिसेको हुँदैन । आइपिओलाई भर्खर भर्खर मागी बिवाह गरेका नव दम्पति जस्तै मान्न सकिन्छ, जसलाई एकअर्काको बानी ब्यवहार बारे खासै थाहा हुँदैन ।

कुनै पनि बिषयको जटिल प्राबिधिक पक्षको जानकारी हासिल गर्नुअघि त्यसको सामान्य र आधारभूत पक्षका बारे बुझ्नु आवश्यक हुन्छ । आधारभूत पक्षले जटिल प्रबिधिक करसत गरेर हासिल गरेको सुचना वा तथ्यहरुको बास्तविक जीबनमा उपादयता के हुन्छ भन्ने बारेमा बुझ्न मद्दत पुग्छ । र, जटिल प्राबिधिक काम गर्दै गर्दा केका लागि यस्तो कसरत गरेको हो भन्ने कुरा बुझ्न र, सो कसरत सही दिशामा जाँदै छ वा छैन भनेर पहिल्याउन समेत मद्दत पुग्छ ।

त्यसैले यस लेखमा कुनै पनि सेयर खरिद गर्नु अघि गरिने प्रबिधिक बिश्लेषणका बारे सामान्य र आधारभूत चर्चा गरिनेछ ।

प्राबिधिक बिश्लेषणले कुनै पनि कम्पनीको सेयर मूल्य वा बजारको सूचकको एतिहासिक बिश्लेषण गरेर भविष्यको आंकलन गर्न सघाउँछ ।

प्रबिधिक बिश्लेषण एउटा अवधारणा होइन, मनोबिज्ञान हो । यो मानिसको जीबन जिउने तरिका जस्तै हो । प्राबिधिक बिश्लेषणलाई अवधारणाको रुपमा ब्याख्या गर्ने हो भने यो इतिहासको सन्दर्भ लिएर भविष्यको आंकलन गर्ने प्रक्रिया हो ।

कुनै पनि कम्पनीको वा बजारको प्रबिधिक बिश्लेषण गर्नु भनेको इतिहासको बिश्लेषण गर्नु हो । यसको पछाडिको बुझाइ के हुन्छ भने इतिहासले आफु्लाई बारम्बार दोहो¥याउँछ । यदि इतिहास दोहोरिन्छ भन्ने मान्यतामा सहमत नहुने हो भने कुनै पनि कम्पनीको प्राबिधिक बिश्लेषण गर्नुको कुनै तुक छैन ।

त्यसैले बिभिन्न चार्ट, ग्राफ आदिका माध्यमबाट गरिने प्रबिधिक बिश्लेषणको पछाडी इतिहासले आफूलाई फेरि दोहो¥याउँछ भन्ने मान्यता बिद्यमान छ ।

प्राबिधिक बिश्लेषण आम लगानीकर्ताले सोचेको जस्तो एकदमै अप्ठ्यारो वा सर्वसाधारणले कहिल्यै नभोगेको जटिल बिषय होइन । आम मानिसले आफ्नो जीबन जिउने क्रममा फरक फरक ढंगले हरबखत प्रबिधिक बिश्लेषणको प्रयोग गरिरहेका हुन्छन् ।

उदाहरणको लागि, बर्षाको समयमा मानिसहरु घर बाहिर निस्कदा आकाश तर्फ हेरेर पानी पर्छ वा पर्दैन भनेर आँकलन गर्छन् । र, छाता वा बर्सादी बोक्ने वा नबोक्ने निर्णय गर्छन् ।

उनीहरुले आकाशतर्फ किन हेरेका हुन् ? किनकि उनीहरुले आफ्नो जीबन जिउने क्रममा कति वा कस्ता खालको बादल हुँदा पानी पर्छ भनेर आफ्नो अनुभव संकलन गरेका छन् । वा भनौं, आफ्नो जीबन अनुभवको ‘डेटा ब्याङ्क’मा बादलहरु र तीनका चरित्रका बारे सुचना र तथ्याङ्क संकलन गरेर राखेका छन् । यही नै हो प्रबिधिक बिश्लेषण ।

अब कुनै ४/५ बर्षको बच्चालाई पानी पर्छ वा पर्दैन भनेर सोध्नु भयो भने उसले आकाश तर्फ हेर्दैन । किनभने उसको ‘डेटा ब्याङ्क’मा बादल र तीनको चरित्रका बारे कुनै तथ्याङ्क हुदैन ।

तर, तिनै बच्चाले कामबाट घर फर्केको आफ्नो बाबुसँग कुन दिन चकलेट माग्ने र कुन दिन नमाग्ने भनेर निर्णय गर्न सक्छन् । उसको अनुभवको ‘डेटा ब्याङ्क’मा आफ्नो बाबुको ‘मुड’ र त्यो मुडले आफुलाई चकलेट दिलाउँछ वा दिलाउँदैन भन्ने कुरा संग्रहित भएर बसिसकेको हुन्छ ।

अब अर्को उदाहरण हेरौं । पति र पत्नीको सम्बन्ध । बिवाह भएर केही बर्षसँगै बसेपछि पति र पत्नीलाइ एक अर्काका बारे सामान्यतः सबै कुरा थाहा हुन्छ । कस्तो प्रश्नमा वा प्रस्तावमा कस्तो उत्तर वा प्रतिक्रिया आउँछ भनेर लगभग सही आंकलन गर्न सक्षम हुन्छन्, उनीहरु । सधैं पक्का हुदैंन तर, संभाब्यता उच्च हुन्छ ।

त्यस्तै कुनै कम्पनीको सेयर बजारमा सूचीकृत भएको ५/६ बर्ष भैसकेको छ भने त्यसको पनि एउटा चार्ट बन्छ । र, प्राबिधिक बिश्लेषकहरुले त्यही चार्टको अध्ययन गरेर यो सेयरको पछिल्ला बर्षहरुमा यस्तो ब्यवहार वा गतिबिधि थियो, त्यसैको आधारमा आगामी दिनमा यस्तो हुन सक्छ भनेर आंकलन गर्ने हुन् ।

आइपिओमा भने यस्तो सुबिधा हुँदैन । किनभने सो सेयरको गतिबिधिको चार्ट बनिसेको हुँदैन । आइपिओलाई भर्खर भर्खर मागी बिवाह गरेका नव दम्पति जस्तै मान्न सकिन्छ, जसलाई एकअर्काको बानी ब्यवहार बारे खासै थाहा हुँदैन ।

अब फेरि पुरानो दम्पतीको (५/६ बर्ष बैवाहिक सम्बन्धमा बसिसकेका) उदाहरण तर्फ फर्किउँ । उनीहरुलाई एक अर्काको बानी ब्यवहार बारे लगभग थाहा हुन्छ । उनीहरुले एक अर्काको बारे गरेका आंकलन मिल्ने संभाब्यता बढी हुन्छ ।

तर, कहिलेकाँही भने मिल्दैन । जस्तो पतिले आफ्नो पत्नीलाई बाहिर खाना खान जाने प्रस्ताव गर्छ र पत्नीले पैसा, स्वास्थ्यलगायत कारण देखाइ सँधै नकार्छे भने पतिको अनुभवको ‘डेटा ब्याङ्क’मा आफ्नो पत्नीले आफ्नो बाहिर खाने प्रस्ताव सँधै नकार्छे भनेर ‘सेट’ भएर बसेको हुन्छ ।

तर, कुनैदिन उसको प्रस्ताव उसकी पत्नीले स्वीकार गरी भने उसको ‘डेटा ब्याङ्क’मा नयाँ संभावब्यता ‘सेट’ भयो । नयाँ तथ्य उजागर भयो, कहिलेकाँही त स्वीकार पनि गर्न सक्ने रहिछे भनेर ।

प्रबिधिक बिश्लेषण भनेको यही नै हो, मानिसले आफनो जीबनमा हमेशा प्रयोग गरिरहने । जसमा विगत तथ्यका आधारमा भबिष्यको आंकलन गरिन्छ, इतिहास दोहोरिन्छ भन्ने मान्यताका आधारमा । तर, कहिलेकाँही नदोहोरिन पनि सक्छ । नयाँ संम्भाब्यताहरु खुल्न सक्छन् । पहिले कहिल्यै नघटेका घटनाहरु घट्न सक्छन् ।

त्यसैले सेयर खरिद गर्दा गरिने प्रबिधिक बिश्लेषणको प्रक्रिया केही जटिल भएपनि आधारभुत रुपमा यो सामान्य अबधारणा हो, जसले कुनै समय भबिष्यको सहि आंकलन गर्न पनि सक्छ र, कहिलकाँहीे गलत साबित हुन पनि सक्छ ।

प्रबिधिक बिश्लेषणमै पूर्णआधारित भएर लगानी गर्ने वा यसलाई पूर्णरुपमा नकार्ने दुवै प्रबृति गलत हुन् । यसको प्रयोग गरिनु पर्छ, तर सिमिततालाई पनि स्वीकार गरेर मात्र ।


क्लिकमान्डु