काठमाडौं उपत्यकाको १ लाख ३० हजार रोपनी जग्गाको कारोबार ३ वर्षका लागि रोक्का



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानको १ लाख ३० हजार रोपनी जग्गाको कित्ताकाट ३ वर्षका लागि रोक्का गरेको छ । स्मार्ट सिटी बनाउने प्रक्रिया सुरु भएकाले चारै दिशामा रहेका स्मार्टी सिटीमा पर्ने जग्गाको कारोबारमा रोक लगाइएको हो ।

शहरी विकास मन्त्रालयका अनुसार मूलपानीको क्रिकेट स्टुडियमबाट साँखु जाने मूलसडक तथा शालीनदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्मको १ लाख रोपनी जग्गको कित्ताकाटमा रोक लगाइएको हो ।

४ स्मार्ट सिटीमा १० वर्षभित्र सार्वजनिक क्षेत्रबाट १ खर्ब ३० अर्ब र निजी क्षेत्रबाट ५ खर्ब दुई अर्ब लगानी गरी १३ लाख जनसंख्यालाई व्यवस्थित बसोबास गराउने सरकारको लक्ष्य छ ।

दोस्रोमा भक्तपुरकै सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार हुँदै सूर्यविनायक क्षेत्रसम्म पर्ने १० हजार रोपनी जग्गाको कित्ताकाटमा रोक लगाइने छ ।

तेस्रोमा स्मार्टसिटीमा खोकना, बुंगमती, सैंबु आवास क्षेत्र, वाग्मती झोलुंगे पुल हुँदै चोभारसम्मको क्षेत्रफलले समेट्ने १० हजार रोपनी क्षेत्रफलको जग्गाको कित्ताकाट रोक लगाइएको हो ।

चौथोमा तारकेश्वर जाने मूलबाटो, सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको १० हजार रोपनी क्षेत्रफलको जग्गाको कित्ताकाट रोक लगाइएको हो ।

कित्ताकाट रोक लगानु भनेको जग्गाको कारोबार तथा किनबेचमा रोक लगाउनु हो । विषेश काराणबस जग्गा टुक्र्याउनु परेमा सरकारको पूर्वस्वीकृत लिनुपर्ने छ ।

प्राधिकरणको स्वीकृति लिएर जग्गा प्लटिङ गरेर बिक्री गर्न पाइने तर जग्गाधनीले आफूखुसी कित्ताकाट गरी बिक्री गर्न र अंशबन्डा गर्न नपाइने उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

४ स्मार्ट सिटीमा १० वर्षभित्र सार्वजनिक क्षेत्रबाट १ खर्ब ३० अर्ब र निजी क्षेत्रबाट ५ खर्ब दुई अर्ब लगानी गरी १३ लाख जनसंख्यालाई व्यवस्थित बसोबास गराउने सरकारको लक्ष्य छ ।


पुष्प दुलाल