भौतिक योजनामन्त्री लेखकको १० महिनाको उपलब्धी फास्ट ट्रायक निर्माणदेखि ओबरमा हस्ताक्षरसम्म



काठमाडौं । भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकले १० महिना मन्त्री रहँदा प्रमुख उपलब्धीको रुपमा फास्ट ट्रायक निर्माण काम अगाडि बढेको र चीनले अगाडि सारेको ओबरमा हस्ताक्षर भएको बताएका छन् ।

उनले काममा हुने ढिलासुस्ती लाई चिर्न नसक्नु र कम गुणस्तरको कामको अनुगमन गर्न नसक्नु मन्त्रालयको दुई प्रमुख कमजोरी भएको बताएका छन् ।

आफ्नो १० महिने कार्यकालको उपलब्धीको बारेमा जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले सो कुरा बताएका हुन् ।

‘ढिलासुस्ती र कम गुणस्तरको काम नै यस मन्त्रालयको प्रमुख चुनौती रहेछन् । त्यसैले अबका दिनमा यी दुई चुनौतीलाई चिर्ने सुझाब दिनका लागि अध्ययन टोली बनाएको छु,’ मन्त्री लेखकले भने ।

साथै, यसमा सुधारका लागि ठूला आयोजनाहरुका लागि ‘डिफेक्ट लाएबिलिटी पिरियड’ ५ बर्षको बनाउनु पर्नेमा लेखकले जोड दिए । यसको मतलब आयोजना निमार्णको ५ बर्षसम्म निमार्णकर्ताले निमार्णको कमी—कमजोरीका बारेमा जिम्मेवारी लिने भन्ने हो । ठेकेदारलाई जवाफदेही बनाउने र आफुले हातमा लिएको आयोजना पुरा नगरी अर्को टेण्डर प्रक्रियामा सहभागी हुन नपाउने ब्यवस्था गर्नुपर्नेमा पनि मन्त्री लेखकले जोड दिए ।

बिभिन्न चुनौतीका बाबजुद पनि आफुले केही उल्लेख्य काम गर्न सकेकोमा मन्त्री लेखकले कर्मचारी पत्रकार लगायलाई धन्यबाद समेत दिए ।

पत्रकार सम्मेलनमा लेखकले हुलाकी राजमार्गको लागि आवश्यक बजेट छुट्याएको र पूर्व पश्चिम र उत्तर दक्षिण गरि ८ सय किलोमिटर डबल लेनको रजमागृ पिच गर्ने काम समेत शुरु भएको बताए ।

यसैगरी मन्त्री लेखकले फाष्ट ट्र¥याक नेपाली सेनालाई बनाउन दिने निर्णय र ओबिओआरमा नेपालले गरेको हस्ताक्षरलाई पनि आफ्नो कार्यकालका प्रमुख उपलब्धीका रुपमा अथ्र्याए ।

‘फास्ट ट्रायक सडकको आर्थिक मात्र नभएर सांस्कृतिक र मनोबैज्ञानीक महत्व समेत रहेको छ । यसमा तराई। पहाड र हिमालका जनताको भावना जोडिनुका साथै राष्ट्रिय एकताका तन्तुहरु सकेत जोडिएका छन्,’ मन्त्री लेखकले भने । निकै लामो समय देखि यस्तो महत्वपूर्ण योजना फास्ट ट्रायक  सन्दर्भमा ब्याप्त रहेका अन्योल र अनिश्चितता चिर्दै नेपालीलाई नै निमार्णको जिम्मा दिन पाएकोमा लेखकले सन्तोष ब्यक्क्त गरे । साथै निमार्ण प्रगगि सुनिश्चित गर्न अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, भौतीक योजना मन्त्रालय लगायत संस्थाका उच्च अधिकारी सम्मिलीत अनुगमन टोली समेत बनाएको जानकारी दिए ।

ओबिओआरमा भएको हस्ताक्षर र त्यसको बहुआयामिक पक्षका बारे पनि मन्त्री लेखकले चर्चा गरे । ‘यो सामान्य बाटो वा यातायात कनेक्टिभिटी मात्र नभएर बहुआयामिक परियोजना हो । यसबाट नेपाल लाभान्वित हुनेछ,’ उनले भने ।

यसका साथै उच्च तथा हिमाली राजमार्ग, सुरुङ मार्ग, मेट्रो रेल आदी पनि प्रमुख प्रथमिकतामा राखिएको र केही काम समेत शुरु भएको लेखकले बताए ।


क्लिकमान्डु