एउटा आलुबाटै ४० दिनसम्म बिजुली !



के बल्ब बल्न वा घरलाई उज्यालो बनाउनका लागि बिजुली ग्रिडको विकल्पमा आलुको प्रयोग सम्भव छ ?

अनुसन्धानकर्ता राबिनोबिच र उनको सहयोगी केहि बर्षदेखि मानिसलाई सो गर्न प्रेरित गरिरहेका छन् ।

यो आलु, धातुको प्लेट्स, तार र एलईडी बल्ब जोडेको भरमा संसारभरका साना गाउँलाई अन्धाकारबाट मुक्त गर्न सकिने राबिनोविचको दाबी छ ।

जेरुशलमको हिब्रू यूनिवर्सिटीका राबिनोविचको दाबी छ,‘एक आलू चालीस दिनसम्म एलइडी बल्ल बाल्न सक्छ ।’

राबिनोविच यसका लागि कुनै नयाँ सिद्धान्त दिएका छैनन् । यो सिद्धान्त हाइस्कूलको कितामा पढाइ हुन्छ वा ब्याट्री यस सिद्धान्त अनुसार हुन्छ ।

यसका लागि आवश्य धातु आवश्यक हुन्छ, पहलो एनोड, जुन नेगेटिभ इलेक्ट्रोन, जस्तो जिंक र दोश्रो कैथोड जो पोजेटिव इलेक्ट्रोड हो, जस्तो कप्पर भनेको तामा ।

आलुको भित्र रहेको एसिड जिंक र तामाको बीच रासायनिक क्रिया हो । जब इलेक्ट्रोन एक पदार्थबाट दोश्रो पदार्थमा जाने प्रक्रिया अन्तरगत उर्जा उत्पादन हुन्छ ।

यसको खोज सन् १७८० मा लुइगी गेल्वनीले गरेका थिए । उनले भ्याकुताको मांसपेसीको झड्का नाप्नका लागि दुईवटा धातु भ्याकुताको खुट्टामा बाधेका थिए ।

एलेक्जेन्डर वोल्टले नुन पानीमा भिजेको कागजको प्रयोग गरेका थिए । अन्य खोजमा धातुको दुई प्लेट्स र माटोको एक टुक्रा वा पानीको बाल्टीबाट ‘अर्थ ब्याट्री’ बनाइएको थियो ।

आलुमा अनुसन्धान

सन् २०१० मा, रबिनोविचले क्यालिफोर्निया यूनिवर्सिटीका एलेक्स गोल्ष्बर्ग र बोरि रुबिंस्कीका साथ यस दिशामा एक कोशिस गर्ने विचार लिए ।

आलुलाई ८ मिनेट उमालेमा आलुको भित्र रहेको कार्बनिक ऊतक टुक्रिन थाले, प्रतिरोध कम भयो र इलेक्ट्रोन्स धेरै मूवमेन्ट हुन लाग्यो । यसले अधिक उर्जा निस्कियो ।

आलुलाइई चार–पाँच टुक्रामा काटेर त्यसलाई तामा र जिंकको प्लेट बीचमा राखियो । यसबाट उर्जा १० गुना बढ्यो र बिजुली बन्ने लागमा कमी आयो ।

राबिनोविजले भने,‘यसको भोल्टेज कम छ, तर यसरी ब्याट्री बनाउन सकिन्छ जसबाट मोबाइल वा ल्यापटप चाजए गर्न सकिन्छ ।’

एउटा आलु उमालेर पैदा हुने बिजुलीको लागत ९ अमेरिकी डलर प्रति किलोवाट हुन्छ । जुन डी–सेल ब्याटरी भन्दा ५० गुढा सस्तो छ ।

विकासशील देशमा केरोसिन (मटितेल) को प्रयोग अधिक हुन्छ । त्यो भन्दा यो ६ गुणा सस्तो छ । बिबिसी हिन्दीबाट


क्लिकमान्डु