अब सबै संस्थापक सेयर साधारणमा परिणत हुने, तर कसरी ?



 

काठमाडौं । राष्ट्रपतिबाट लालमोहर लागेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) (२०७३ मा बैंक तथा वित्तीय संस्था संचालनमा आएको १० वर्षपछि संस्थापक सेयरलाई साधारणमा परिणत गर्न सक्ने व्यवस्था छ ।

बाफियामा भएको व्यवस्था अनुसार संचालनमा रहेका सबै बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर साधारणमा परिणत गर्न सकिने भएको छ ।

बाफियाको नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयरधनी र साधारण नरहने खालको व्यवस्था गरेको हो ।

अहिले संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमा २७ वटा वाणिज्य बैंकको दोस्रो बजारमा सेयर कारोबार हुन्छ ।

‘अब सबै संस्थापक सेयर साधारणमा परिणत भइहाल्ने हुँदैन, ‘हामी अध्ययन गरेर मात्र संस्थापक सेयरलाई साधारणमा परिणत गर्छौं,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने ।

संचालनमा रहेका सबै विकास बैंक, फाइनान्स कम्पनी र माइक्रोफाइनान्सको पनि सेयर कारोबार हुन्छ । जसमा केही माइक्रोफाइनान्सले आइपिओ जारी गर्न बाँकी छ ।

अहिले अधिकाशं बैंक तथा वित्तीय संस्थाहरुमा संस्थापक र साधारणको अनुपात ५१ प्रतिशत र ४९ प्रतिशत छ ।

बाफियाको व्यवस्थाले संचालनमा आएको १० वर्षपछि संस्थापक सेयरलाई साधारणमा परिणत हुने बाटो खुल्ला गरिदिएको छ । संसद्मा बाफिया छलफल हुँदा यसमा धेरै छलफल भयो । ‘लगानीकर्तालाई बाहिरिन दिनुपर्ने’ भन्दै यो व्यवस्था राखिएको थियो ।

अर्थमन्त्री हुँदा संस्थापक सेयरलाई साधारणमा परिणत गर्न सक्ने व्यवस्था राखेका नेपाली कांग्रेसका नेता डा. रामशरण महतले लगानीकर्तालाई एक ठाउँमा खुम्चाएर राख्न नहुँने भन्दै एक्जिटको सजिलो बाटो दिनुपर्ने बताएका थिए । एउटै संस्थाको सेयर मूल्य दुई थरी भएको हुँदा संस्थापक सेयरधनीले साधारणमा परिणत गर्न पाउनुपर्ने माग राखेका थिए ।

साधारण सेयरजस्तो संस्थापक सेयर बिक्री गर्न सजिलो छैन । यो व्यवस्थाले संस्थापक सेयरधनी नरहने भएको बैंक तथा वित्तीय संस्थामा दुईथरी सेयर मूल्य हुँदैन ।

राष्ट्र बैंकले बाफियाको मस्यौदा अर्थमन्त्रालयमा पठाउँदा यो व्यवस्था थिएन । अर्थमन्त्रालयले यो व्यवस्था थपेको थियो ।

अर्थसमितिले १० वर्षपछि संस्थापक सेयर साधारणमा परिणत हुन सक्ने व्यवस्थालाई परिवर्तन गरेर ७ वर्षमा झारेको थियो । पछि संसद्को अर्थसमितिमा बाफिया पर्काएपछि यसलाई १० वर्ष पुर्याइएको थियो ।

कसरी हुन्छ संस्थापक सेयर साधारणमा परिणत ?

बाफियामा संस्थापक सेयरलाई साधारणमा परिणत गर्नको लागि शर्त तोकिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल संस्थापक सेयर साधारणमा परिणत भएपछि पुँजी बजारलाई पार्ने प्रभावको आधारमा निर्णय हुने बताए ।

‘अब सबै संस्थापक सेयर साधारणमा परिणत भइहाल्ने हुँदैन,’ उनले क्लिकमाण्डूसँग भने,- ‘हामी अध्ययन गरेर मात्र संस्थापक सेयरलाई साधारणमा परिणत गर्छौं ।’

अहिले सेयर बजारमा संस्थापक सेयर एकै पटक साधारणमा परिणत हुने हल्ला छ । राष्ट्र बैंकको प्रवक्ताको भनाई र बाफियामा उल्लेख भएको व्यवस्थाले एकै पटक सबै सेयर संस्थापकबाट साधारणमा परिणत हुँदैन । यो हल्ला भने यतार्थ होइन । कानूनमा व्यवस्था भए अनुसार क्रमिकरुपमा केन्द्रीय बैंकले संस्थापक सेयरलाई साधारणमा परिणत गरेको हो ।

संस्थापक सेयर साधारणमा परिणत हुँदा यसका सीधा असर सेयर बजारमा पर्छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको सेयर अत्याधिक छ ।

आपूर्ती बढी भएपछि स्वभाविक रुपले सेयर बजार भने घट्छ । तर, दीर्घकालीन रुपले हेर्दा बैंक तथा वित्तीय संस्थामा कुनै समुहको नियन्त्रण हुँदैन ।

मर्जरमा गएका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले पुनः अनुमती दिएको हुँदा यस्ता संस्थाको संस्थापक सेयर साधरणमा परिणत हुनको लागि केही समय लाग्छ ।

अहिले संचालनमा रहेका धेरै बैंक तथा वित्तीय संस्था कुनै कुनै रुपमा व्यवसायीक घरानाको नियन्त्रणमा छ । विदेशमा बैंक तथा वित्तीय संस्थामा संस्थापक र साधरण भन्ने व्यवस्था भने धेरै जसो देशमा छैन ।

मर्जरमा गएका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले पुनः अनुमती दिएको हुँदा यस्ता संस्थाको संस्थापक सेयर साधरणमा परिणत हुनको लागि केही समय लाग्छ । जस्तो बैंक अफ काठमाण्डू स्थापना भएको २० वर्षभन्दा बढी भइसक्यो ।

तर, लुम्बिनी बैंकसँग मर्जर भएको १ वर्ष भएको हुँदा बैंक अफ काठमाण्डू लुम्बिनीको संस्थापक सेयर साधारणमा परिणत हुनको लागि १० वर्ष लाग्छ ।

कति मात्रामा कसरी संस्थापक सेयरलाई साधारणमा परिणत गर्न सक्ने अधिकार राष्ट्र बैंकसँग छ । त्यसैले राष्ट्र बैंकले गर्ने निर्णयको आधारमा यो व्यवस्था कार्यान्वयनमा आउने छ ।

बैंक तथा वित्तीय संस्था स्थापना भएको १० वर्षपछि मात्रै संस्थापक सेयर साधारणमा परिवर्तन गर्न पाइने छ ।

कुन बैंक तथा वित्तीय संस्था कहिले स्थापना भए ? 


पुष्प दुलाल