यसरी कार्यान्वयन हुन्छ ‘मेरो स्वस्थ्य, मेरो देश स्वस्थ्य’ अभियानः गगन थापाको बिचार



स्वास्थ्य प्रणाली विस्तार गरी आफ्ना नागरिकलाई स्वास्थ्य राख्नु सरकारको दायित्व हो । यो दायित्वबाट कुनैपनि सरकार अलग हुन पाउँदैन । तर, स्वास्थ्य रहनका लागि तर व्यक्ति र परिवार संलग्न हुनुपर्छ । नागरिक संग्लन नभइ सरकारले मात्रै नागरिकलाई स्वस्थ्य राख्न सक्दैन । किनभने व्यक्तिको स्वास्थ्यसँग नै देशको स्वास्थ्य जोडिएको छ । देशलाई स्वस्थ्य बनाउने हो भने पहिला व्यक्तिलाई स्वस्थ्य बनाउन जरुरी छ भनेर नै ०७४ साललाई ‘म स्वस्थ्य, मेरो देश स्वस्थ्य’ अभियान सुरु गर्ने सोच आएको हो ।

जनता स्वस्थ्य रहे मात्रै देश पनि स्वस्थ्य रहन्छ । परिवार र सरकारले उपचारमा खर्च गर्नुपर्ने मोटो रकम बचत हुन्छ । र, त्यो रकम हामी देश विकासमा लगाउन सक्छौं । अर्को महत्वपूर्ण कुरा के हो भने जनता स्वस्थ्य हुँदा मुलुकको उत्पादकत्व पनि बढ्छ ।

त्यसैले ०७४ सालमा ५ वटा प्रतिवद्धता जनाउने अभियान सञ्चालन गरेका हौं । पहिलो बुँदामा म रक्सी चुरोट र सुर्तीजन्य पद्दार्थ खान्न भनेर प्रतिवद्धता गरौं । दोस्रो नम्बरमा म नियमित शारिरीक व्यायम गर्छु । तेस्रोमा म स्वस्थ्य र पोषिलो खानेकुरा खान्छु । चौथो म नियमितरुपमा स्वास्थ्य परीक्षण गर्छु । र, पाँचौंमा म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु ।

भने चुरोट र सुर्तीजन्य पद्दार्थ खानु हुँदैन भन्ने कुरा स्थापित भइसकेको कुरा हो । हामीले यसमा कानून नै बनाएर सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं ।

जसरी सुर्तीजन्य पदार्थ खानु हुँदैन भन्यौं । तर, मदिराको विषयमा भने फरक बुझाइ छ । रक्सी चाहीँ अलिअलि खाए हुन्छ भन्ने बुझाइ छ । स्वास्थ्य मन्त्रालयको तर्फबाट हामीले भन्न खोजेको विषय के हो भने रक्सी अलिअलि खानुहुन्छ भने त्यो कसले भन्यो ? र, त्यसको जिम्मेवारी कसले लिन्छ ? हाम्रो भनाई के हो भने जुनसुकै मात्रामा खाएपनि रक्सीले मानव स्वास्थ्यमा फाइदा गर्दैन । त्यसैले रक्सी पिउँदै नपिउनुहोस् भन्ने हो । पिउने बानी छ भने छोड्नुहोस् ।

नयाँ पुस्तालाई रक्सी नखाने पुस्ताको रुपमा लिएर अघि बढौं भन्ने हाम्रो प्रयास हो । जुन पुस्ताले रक्सी पिउँदै आएको ५यसलाई सचेत गरेर ठूलो असर गर्नेगरी नपिउने बनाऔं ।

नियमित व्यावसम गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर, आफुले गर्ने नगरिरहेको अवस्था हो । अझ कुरा के छ भने बालबालिकाहरुलाई पनि नियमित व्यायम गराउनु पर्छ । ५ वर्षदेखि १२ वर्षको बच्चाले दैनिक १ घन्टा शारिरीक व्यावयम गरेकै हुनुपर्छ । त्यसले मात्रै उसको शरिर बलियो बनाउँछ भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । १८ देखि ३० वर्षको उमेर समूहका व्यक्तिले दैनिक ३० मिनेट अनिर्वा र त्यसमा पनि १५ मिने कडा व्यायम जरुरी छ । व्यायमले धेरै रोगहरु लाग्न दिँदैन ।

निमित स्वास्थ्य परीक्षण अर्को महत्वपूर्ण विषय हो । हामी यो अभियान लिएर अस्पताल र स्वास्थ्य चौकीहरुसम्म पुग्छौं । नियमित स्वास्थ्य परीक्षण गराउनु भनेको रोगको लक्षण देखिने वित्तिकै रोग लाग्नुअघि नै उपचार गराउनका लागि हो । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भनेर सबै नेपालीहरुलाई बुझाउनु पर्ने आवश्यकता छ । नियमित स्वास्थ्य परीक्षण नगराएकै कारण राज्य र परिवारले उपचारका लागि निकै ठूलो धनराशी खर्चको भार बोक्नु परिरहेको छ । आधा भन्दा नेपालीलाई आफ्नो ब्लड प्रेसर कति छ भन्ने कुरा थाहा छैन ।

पाँचौंमा हामीले आफ्नो परिवारको र समुदायको स्वास्थ्यप्रति सँधै सजग रहने प्रतिवद्धता गराउन खोजेका हौं । ४ वटा कुरा व्यक्तिसँग जोडिएको कुरा हो, पाँचौ कुरा चाहीँ परिवार र समुदायसँग जोडिएको । आफ्नो परिवार र समुदायको स्वास्थ्यका लागि सबै नागरिकले काम गरुन भन्ने यसको मर्म हो ।

यसरी हुन्छ कार्यान्वयन

यो एक वर्षे अभियान हो । सबैभन्दा पहिला हामी सरोकारवाला निकायहरुसँग छलफल गर्छौं । यसलाई हामी स्वास्थ्य प्रणालीको अभिन्न अंगको रुपमा अघि बढाउँछौं । मन्त्रालयका सबै महाशाखाका प्रमुखहरुसँग हामीले छलफल गरिसकेका छौं ।

यो आर्थिक वर्षको बाँकी रहेको कार्यक्रममा पनि उहाँहरुले यो अभियानलाई समाबेस गराउनुहुन्छ । र, नयाँ आर्थिक वर्षमा यसले विषेश प्राथमिकता पाउँछ । यो कुनै नयाँ कार्यक्रम होइन । यसले मन्त्रालयलाई कुनै अतिरिक्त आर्थिक भार पार्दैन । हामीले आफ्ना कार्यक्रमहरु भित्र यसलाई पनि समेटेर अघि बढ्छौं ।

साझेदार को को ?

हामीले देशभर रहेका विद्यालय, कलेज तथा विश्वविद्यालयहरुसँगको सहकार्यमा यो अभियानलाई व्यापक बनाउँछौं । शैक्षिक क्षेत्रबाट अभियान सुरु गरेपछि त्यो पुस्तालाई अभियानका मुख्य ५ प्रतिवद्धता पालन गराउन प्रयत्न गराउँछौं । र, हाम्रो अर्को मुख्य साझेदार भनेको मिडिया हो । मिडिया र सञ्चारकर्मीहरुसँग छलफल गरेर अघि बढ्छौं । नागरिक समाज, कृषि संगठनसँग पनि हामी सहकार्य गर्छौं । र, हामीले सहकार्य गर्न खोजेको अर्को निकाय भनेको अव निर्वाचित भएर आउने स्थानीय निकाय हो । सहकार्यको सबैभन्दा बलियो साझेदार स्थानीय निकाय नै हो । अहिले विकासलाई बाटो-घाटो-ढल-पानी लगायतका भौतिक वस्तुलाई लिने गरिन्छ ।

तर, कुनैपनि निकायमा निर्वाचिन भएर आएको कार्यकारी अधिकारप्राप्त व्यक्तिका लागि आफ्नो क्षेत्रका जनताको स्वास्थ्य सबैभन्दा संवेदनशील विषय हो । जनतालाई स्वास्थ्य बनाउन सक्यौं भने अन्य पूर्वाधार केही ढिलो बनाए पनि फरक पर्दैन । हामी निजी क्षेत्रसँग पनि सहकार्य गर्छौं । र, आम नागरिकसँगको सहकार्य त यो अभियानको उद्देयश्य नै हो ।

अधिकार मात्रै होइन, जिम्मेवारी पनि नभुलौं

स्वस्थ्य रहन पाउनु हरेक नागरिकको अधिकार हो । आफ्ना नागरिकलाई स्वस्थ्य राख्नु सरकारको दायित्व हो । सरकार आफ्नो दायित्व पूरा गर्न दृढ छ । सरकारको यो दृढतामा तपाईं जनताको पनि साथ चाहिन्छ ।

अस्पताल राम्रो बनाउ, औषधि उपलत्त गराउ भन्नु नागरिकको अधिकार हो । तर, जहाँ अधिकारको कुरा आउँछ त्यहाँ जिम्मेवारीको कुरा पनि आउँछ । नागरिकले आफ्नो जिम्मेवारी पुरा नगर्ने हो भने सरकारले मात्रै नागरिकलाई स्वस्थ्य राख्न सक्दैन । नागरिक गैरजिम्मेवार बन्ने हो भने १० वटा गंगलालजस्ता राम्रा अस्पताल खोलेर पनि केही हुँदैन । त्यसैले हामीले नयाँ वर्षको सुरुवात सँगै स्वस्थ्य मार्गमा हिँड्नका लागि हामीले सबै नागरिकलाई यी ५ प्रतिवद्धता पुरा गर्न अपिल गरेका हौं ।

चार खण्डमा अभियान

बैशाख-जेठ-असार पहिलो खण्ड । साउन-भदौ-असोज दोस्रो खण्ड । कात्तिक-मंसिर-पुस तेस्रो र माघ-फागुन-चैत तेस्रो खण्डमा यो अभियान सञ्चालन गरिने छ ।

पहिलो खण्डमा आमसञ्चार माध्यम र सामाजिक सञ्चालमार्फत व्यापक प्रचार प्रसार गर्छौं । दोस्रो खण्डमा साझेदारमा केन्द्रित रहन्छौं । तेस्रो र चौथो खण्डमा देशभर स्क्रिनिङमा जाने योजना छ ।

हामीले सामाजिक संस्थाहरुलाई भनेका छौं कि यो एक वर्ष गोष्टी गरेर समय खेर नफालिदिनुहोस् । स्वास्थ्यसम्बन्धी चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुहोस् भनेर आग्रह गरेका छौं ।

जनता स्वस्थ्य भए फाइदै फाइदा

जनता स्वस्थ्य रहे मात्रै देश पनि स्वस्थ्य रहन्छ । परिवार र सरकारले उपचारमा खर्च गर्नुपर्ने मोटो रकम बचत हुन्छ । र, त्यो रकम हामी देश विकासमा लगाउन सक्छौं । अर्को महत्वपूर्ण कुरा के हो भने जनता स्वस्थ्य हुँदा मुलुकको उत्पादकत्व पनि बढ्छ ।


पुष्प दुलाल