आइपिएल अर्थतन्त्रः भिभोले नै तिर्छ बार्षिक १ अर्ब भारु




‘क्रिकेट भनेको ११ जना मुर्खहरुले खेल्ने र ११ हजार मुर्खहरुले हेर्ने खेल हो,’ आइरिस कवि एवं नाटककार जर्ज बर्नाड शाले भनेका थिए । उनले किन यसो भने थाहा छैन । तर अहिलेको परिस्थिति भने धेरै परिवर्तन भइसकेको छ । दर्शक बाहेक सबैले धेरै पैसा कमाउन थालेका छन् । साथै यस खेलले धेरै नाफा कमाउनुका साथै समग्र मुलुककै अर्थतन्त्रमा प्रभाव पार्न थालिसकेका छन् ।

यस लेखमा भारतमा आइपिएल क्रिकेटले कसरी ‘आइपिएल अर्थतन्त्र’ को निर्माण गरेको छ भन्ने बारे चर्चा गरिनेछ ।

सामान्य दर्शकका रुपमा हाम्रा लागि आइपिएल भनेको ४ घण्टाको खेल, खेल शुरु हुनु भन्दा १ घण्टा अघि र पछिको बिज्ञहरुको छलफल, चियर लिडर्सहरुको नाच, सेबिब्रेटिहरुको गफगाफ, भावनात्मक उतारचढाव आदि । लगानीकर्ताको ठाउँबाट भने प्रत्येक खेलका लागि भएको प्रतिसेकेण्ड १ सय १५ भारु लगानीको ‘रिर्टन’ बढाउने ‘सिरियस बिजनेस’ (प्रत्येक खेल आयोजना गर्न २५ लाख भारु खर्चहुने अनु्मान छ) ।

आइपिएलको ‘रेभेन्यु’ का स्रोतहरु
१. प्रायोजन
२. प्रसारण अधिकार
३. टिकट बिक्री
४. फ्रान्साइज लिलामीहरु

कसरी आउँछ ‘रेभेन्यु’?
– प्रत्येक खेल आयोजना गर्न करिब २५ लाख भारु खर्च हुन्छ ।
– आइपिएलको करिब ७० प्रतिशत ‘रेभेन्यु’ प्रसारण अधिकार र प्रायोजनबाट प्राप्त हुन्छ ।
– सन् २०१६ र १७ को लागि भिभो मोबाइल प्रमुख प्रायोजक रहेको छ । यसका लागि भिभोले प्रतिबर्ष १ अर्ब भारु तिर्ने गर्छ ।
– सोनी मिडियालाई सन् २०१७ सम्मका लागि प्रसारण अधिकार दिइएको छ । यसका लागि सोनीले ८ हजार २ सय करोड भारु तिरेको छ ।
– टिकट बिक्रीबाट आएको २० प्रतिशत रकम आएपिएलको खातामा जान्छ भने ८० प्रतिशत चाँही आइपिएल टिमका मालिकहरु र रंङगशालाका मालिकहरुको खातामा जान्छ ।

आइपिएल अर्थतन्त्र
– आइपिएलको बिजेता टोलीले २० करोड भारु पुरस्कार स्वरुप पाउँनेछ । यस्तै, उप—बिजेता टोलीको खातामा ११ करोड भारु जान्छ ।
– आइपिएलका टोलीहरुको कुल मुल्याङ्कन २ हजार ८ सय ८२ करोड भारु छ ।

आइपिएल टोलीको ‘ब्राण्ड भ्याल्यु’ निम्न बमोजिम छन् ।
१. कोलकाता नाइट राइर्डस्: ५ अर्ब ७३ करोड भारु
२. मुम्बइ इन्डिएन्स:४ अर्ब ८० करोड भारु
३. बैंगलोर रोयल च्यालेन्र्जस: ३ अर्ब ४० करोड भारु
४. किङ्गस इलेभेन पन्जाब: २ अर्ब ३६ करोड भारु
५. हैदराबाद सन राइजर्स: २ अर्ब ३३ करोड भारु
आइपिएलकै कुल ‘ब्राण्ड भ्याल्यु’ भने २३ हजार ६ सय २२ करोड भारु रहेको छ ।

कसरी आइपिएलले भारतीय अर्थतन्त्रमा असर पारेको छ ?
आइपिएलले सन् २०१५ मा भारतीय अर्थतन्त्रमा ११ अर्ब ५० करोड भारुको योगदान दिएको छ । आइपिएलले यो योगदान केवल ६० दिनमा दिएको हो । आइपिएलको सिजनमा पर्यटन ब्यवसाय पनि २५ प्रतिशतले बढ्ने गरेको छ ।
यसले भारतको आर्थिक बृद्धि र आम मानिसको ब्यक्तिगत बिकासमा कस्तो मद्दत पु¥याउँछ, भन्न अझै चाँडो हुन्छ । यो ‘गेम प्लान’ भारतको सेलिब्रेटि र कर्पोरेट अर्थतन्त्रलाई सहयोग पु¥याउने उद्देश्यले डिजाइन गरिएको हो । अब भारतीय नागरिकहरुले नै निक्र्योल गर्लान भारतलाई यस्तो खालको मनोरञ्जनको खाँचो छ कि छैन ।

तर, जे भए पनि आइपिएलले भारतमा नयाँ आर्थिक प्रणलीको भने शुरुवात गरेकै छ ।

आइपिएलको टाइटल स्पोन्सर भिभो मोवाइलले प्रतिबर्ष १ अर्ब भारु तिर्ने गर्छ । यस्तै एसोसिएट स्पोन्सरमा भोडाफोन, एस बैंक, फ्रिचार्ज, मारुति सुजुकी, सिएट टायर, टाटा स्काइ, कोकाकोला, बिमल पान मसला, अमेजन डट कम, ओप्पो, पार्क एभिन्यू र मूरलगायत रहेका छन् ।

यी कम्पनीले प्रति १० सेकेन्ड विज्ञापन देखाए वापत साढे ५ देखि ६ लाख भारु तिर्ने गरेका छन् ।


क्लिकमान्डु