तमोर जलाशययुक्त आयोजनाले नै १ नम्बर प्रदेशलाई यसरी बनाउन सक्छ धनी
विषय प्रवेश
प्रकृतिले सबैलाई सबैचिज दिएको छैन । अरबको मरुस्थलीय क्षेत्रमा खनिज तेल छ । साइबेरियाको हिमाच्छादित एकान्तमा प्राकृतिक ग्यास र कोईला छ । माल्दिभ्समा समुद्र छ । त्यस्तै नेपालको बरदान हो– पानी र हिमाल ।
नेपालले आफ्नो सम्पन्नता यसैभित्र खोज्नु पर्दछ । पानीको उपयोग खानेपानी, सरसफाई, सिंचाई, विद्युत उत्पादन जल यतायात र पर्यावरण सन्तुलन, अदिमा गर्र्न सिकन्छ ।
‘जलमे जीवन’ अर्थात् पानीकै कारण पृथ्वीमा जीवन संभव भएको हो । पानी बिना जीवन संभव छैन । त्यसैले पानी पृथ्वीमा सर्वोत्तम बरदान हो । अतः जुन भुखण्डमा यस सर्वोत्तम् बरदानको पर्याप्तता छ, त्यो भुखण्ड हो, नेपाल । त्यसैले नेपालको संमृद्धि पानीको उचित ढंगले बहुआयामिक उपयोगबाट मात्र संभव छ ।
सप्तकोसी नदि गोसाईकुण्ड र कञ्चन्जंगा जलाधारक्षेत्र भएर बहने ईन्द्रावती, सुनकोसी, तामाकोसी, लिखु, दुधकोसी, अरुण र तमोरलाई समेट्ने नेपालकै सबैभन्दा ठूलो र लामो नदि मात्र नभएर सिन्धु र ब्रम्हपुत्र पछिको हिमालयबाट निश्कने ठूलो नदि हो । यसको कुल जलाधार क्षेत्र ९२ हजार ५ सय ३८ वर्ग कि.मी. मध्ये ४१ हजार ३ सय ३३ वर्ग कि.मी. नेपालमा पर्दछ । नेपालको कुल जलविद्युत उत्पादन क्षमता ८३,२९० मे.वा. मध्ये २२,३५० मे. वा. सप्तकोशी जलाधार क्षेत्रले योगदान गर्न सक्दछ । तामोर जलाशययुक्त आयोजना सप्तकोशी नदिमा जापानी सहयोग नियोग जाइकाद्धारा सन् १९८५ मा गरिएको ‘मास्टर प्लान स्टडी अन कोशी रिभर वाटर रिसोर्स डेभलपमेन्ट’मा उल्लेखित १३ वटा ठुला जलविद्युत् आयोजना मध्येको एक महत्वपुर्ण आयोजना हो ।
प्रश्तावित ११ वटा जालसययुक्त आयोजनाको ८ औं प्राथमिकता सुचिमा यो आयोजना छ । जसमा यो आयोजनाको क्षमता ६९२ मे.वा. रहने र वि.स. २०८२ सालभीत्र सम्पन्न गर्ने लक्ष राखिएको छ । यसरी हेर्दा यो आयोजना राष्टिय प्राथमिकता प्राप्त आयोजना हो ।
वर्तमान सरकारकारले ‘नेपालको पानी, जनताको लगानी’ भन्ने अवधारण अगाडि बढाई रहेकोमा देश विदेशमा रहेका नेपालीहरुको तर्फबाट उत्साहजनक सहभागिता भैरहेको छ । यसै परिवेशमा तमोर जलाशययुक्त आयोजना ७६३ मे.वा. निर्माणको लागि एक नम्बर प्रदेशका स्थानीयबासीको उल्लेख्य लगानी हुने छ ।
आयोजनाको अवस्थिति
तमोर जलासययुक्त आयोजना नेपालको प्रदेश नं १ को पाँचथर र तेह्रथुम जिल्लाको सीमा नदिको रुपमा बहने तमोर नदिमा छ । यसको बाँधस्थल (ड्याम साइट) तेह्रथुम जिल्लाको साकिकको ओख्रे गा.वि.स. र पाँचथर जिल्लाको स्याबरुम्बा गा.वि.स.मा पर्दछ । यो आयोजनाको बाँधस्थल कोशी राजमार्गको धनकुटा धरान सडक खण्डको मुलघाटदेखि ३० कि.मि. दुरीमा पर्दछ । यो बाँधस्थल म्याङ्लुङ्–लुम्बुघाट २० कि.मि, यासोक–लुम्बुघाट १५ कि.मि, लुम्बु दोभानको निर्माणधिन पुलबाट १.५ कि.मि. तलतिर पर्दछ । यस आयोजनाको बाँधस्थलसम्मको मुख्य पहुँचमार्ग मुलघाट–लुम्बुघाट सडकखण्डको ३० कि.मि. मध्ये २७.५ कि.मि. सडकको ट्रयाक खोलिसकिएको छ भने बाँकी २.५ कि.मि. ट्याक खोल्ने कार्य भैरहेको छ । ट्रयाक खुल्नासाथ यो आयोजनाको बाँध स्थलसम्मको मुख्य पहुँच मार्ग तयार हुन्छ ।
आयोजनाको संक्षिप्त परिचय
तमोर जलासययुक्त आयोजना तेह्रथुम जिल्लाको ओख्रे गा.वि.स. र पाँचथर जिल्लाको स्याबरुम्बा गा.वि.स.को सीमा भएर बहने तमोर नदिमा २०५ मि. अग्लो बाँध बाधेर ७६३ मे.वा. विद्युत् निकाल्न सकिने गरी नेपाल विद्युत् प्राधिकरणले संभाब्यता अध्यायन प्रतिवेदन तयार गरेर आयोजना अध्ययन अगाडि बढाई रहेको आयोजना हो । ने.वि.प्रा.को संभावयता अध्यायन प्रतिवेदन अनुसार यस आयोजनाको बाँध २५० मि. अग्लो बनाउने हो भने यसको क्षमता १२५० मे.वा. हुन आउँछ । तर पनि ने.वि.प्रा.ले यस आयोजना ७६३ मे.वा. क्षमतामा अगाडि बढाउने गरी बिस्तृत अध्ययन गरिरहेको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र–२०७२ मा प्रश्तावित ११ वटा जालसययुक्त आयोजनाको ८ औं प्राथमिकता सुचिमा यो आयोजना छ । जसमा यो आयोजनाको क्षमता ६९२ मे.वा. रहने र वि.स. २०८२ सालभीत्र सम्पन्न गर्ने लक्ष राखिएको छ । यसरी हेर्दा यो आयोजना राष्टिय प्राथमिकता प्राप्त आयोजना हो ।
प्राधिकरणले तयार गरेको संभावयता अध्यायन प्रतिवेदन अनुसार ७६३ मे.वा. को आयोजना बनाउँदा यस आयोजनाबाट बार्षिक ११०५.३२ गिगावाट आवर विद्युत् उत्पादन हुन्छ । यस अनुसार यो आयोजनाबाट हिउँदयाम (पौष, माघ, फाल्गुण चैत्र) मा ६ घण्टा, बाँकी (बैसाख, जेष्ठ, आषाढ, श्रावण, कार्तिक, मंसिर) बर्षायाममा दैनिक २४ घण्टा विद्युत उत्पादन गर्न सकिन्छ । यो आयोजनाको बाँध ३०० मि. अग्लो बाँध्ने हो भने यसको जडित क्षमता २५६५ मे.वा. हुन आउँछ । र, यसबाट बार्षिक ४९६८.५६ गिगावाट विद्युत् निकाल्न सकिन्छ । यस अनुसार यो आयोजनाबाट हिउँदयाम (पौष, माघ, फाल्गुण चैत्र) मा १२ घण्टा र बर्षा याम (बैसाख, जेष्ठ, आषाढ, श्रावण, कार्तिक, मंसिर) मा दैनिक २ घण्टा विद्युत उत्पादन गर्न सकिन्छ । त्यसैले यो आयोजनाको जडिता क्षमता ७६३ मे.वा. बढाएर २५६५ मे.वा. बनाएर हिउँदयामको बढ्दो लोडसेडिङ कम गर्ने तर्फ सबै पक्षले ध्यानदिनु आवस्यक छ ।
आयोजनाको वर्तमान अवस्था
सन् १९८५ मा जेआइसिएद्धारा ६९६ मे.वा. पहिचान गरिएको २५ बर्षपछि ने.वि.प्रा.ले यो आयोजनाको ५३० मे.वा. क्षमताको सर्भेक्षण अनुमतिपत्र लाइसेन्स उपलब्ध गराई दिनको लागि नेपाल सरकार, उर्जा मन्त्रालय, विद्युत् विकास विभागमा मितिः २०६८।११।०४ मा आवेदन गरेको थियो । विद्यमान जलविद्युत् नियमावली अनुसार कुनैपनि आयोजनाको सर्भेक्षण लाइसेनस लिएरमात्र गनुपर्ने हुन्छ । यस्तो लाइसेन्स जारी गर्ने अधिकार जलविद्युत् नियमावली अनुसार उर्जा सचिबसँग रहेको छ । त्यसैले सरकारको पुर्ण स्वामित्व रहेको ने.वि.प्रा. समेत यो आयोजनाको लाइसेनसको लागि उर्जा मन्त्रालय आवेदन गर्नु परेको हो ।
ने.वि.प्रा.को आवेदन उपर उर्जा मन्त्रालयबाट कारवाही हुँदा मितिः २०७०।०४।३० मा ६५० पूर्ण क्षमतामा लेवल हुँदा लाइसेन्स जारी भैसकेकाका कावेली ए ३७.६ मे.वा. र तल्लो हेवा २१.६ मे.वा.को समन्वयनको कमी हुने हुँदा ४५० पूर्ण क्षमता लेवल कायम गरेर सम्भाव्यता अध्ययन गर्न ३ वर्षको लागि लाइसेन्स दिईयो ।
यसपछि ने.वि.प्रा.ले यो आयोजना विभिन्न क्षमतामा अध्ययन गर्दा यो आयोजना ७६३ मे.वा. भन्दा ठुलो बनाऊँदा मात्र आकर्षक हुने देखियो । र, ने.वि.प्रा.ले यसको क्षमता ७६३ मे.वा. कायम गर्न मिति २०७३।११।१९ मा उर्जा मन्त्रालय, विद्युत् विकास विभागमा आवेदन गरेकोमा हालसम्म स्विकृति पाउन सकेको छैन । विद्यमान जलविद्युत् नियमावली र कार्यविधि अनुसार उर्जा मन्त्रालयबाट जारी भएका लाइसेन्सको समन्वयनको कमि हुने गरि अर्को लाइसेन्स जारी गर्ने अधिकार उर्जा सचिबलाई दिईएको छैन । त्यसैले सरकारले श्रोतको अधिकतम् उपयोगको यो आयेजनाको लाइसेन्स नेपाल सरकार मन्त्री परिषद्बाट तत्काल निर्णय गर्न जरुरी छ । यो आयोजना निर्माण पछि डुब्ने कावेली ए ३७.६ मे.वा. र तल्लो हेवा २१.६ मे.वा. आयोजनाकालाई उर्जा क्षतिपूर्ति दिनेगरी यो आयोजना तत्काल अगाडि बढाउन जरुरीे छ ।
आयोजनाको प्रभाव
अहिले ने.वि.प्रा.ले तयार पारेको ७६३ मे.वा.क्षमताको साम्भव्यता अध्ययन प्रतिवेदन अनुसार लुम्बुघाट भन्दा १.५ कि.मि. तल २५० मि. अग्लो बाँध बनाऊँदा नदिको पानी बाँध स्थलबाट तमोर नदिमा ३८ कि.मि. पछाडिसम्म फर्किर ३८.६५ वर्ग कि.मि. क्षेत्रफलको तलाउ बन्दछ । यसरी नदिको पानी तलाऊ बन्दा तेह्रथुम जिल्लाका १२ गा.वि.स.हरु क्रमशः ओख्रे, सुङ्नाम, सोल्मा, म्याङ्लुङ्, तम्फुला, जलजले, सिम्ले, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, ईवा र ह्वाकु तथा पाँचथर जिल्लाका १२ गा.वि.सहरु क्रमशः स्याबरुम्बा, रानीगाऊँ, लुम्फुवाङ्, नवमीडाँढा, चोकम्जु, फिदिम, नागिन, बार्पा, सुभाङ्, पञ्चमी, अमरपुर र नागि ताप्लेजुङ् जिल्लाका निगुरादिन, फुलबारी, हाङ्पाङ्, फुङ्लिग, दोखु, नाङ्खोल्याङ्, थेचम्बु, र चाक्सीबोटेसम्म फैलन्छ ।
तमोर नदिमा ३८.६५ वर्ग कि.मि. क्षेत्रफलको बन्ने तलाउको आकर्षणका कारण जल पर्यटन बढ्न गई तलाऊको छेऊछाऊ पर्यटकलाई आवश्यक होटल, लज, रेष्टुरेण्ट आदिको विकास हुन्छ भने तलाऊको करिब ३८ कि.मि खण्डमा जलयातायात संचालन गर्न सकिन्छ । यो तलाउमा हुने जलयातायातले तेह्रथुम सदरमुकाम म्याङ्लुङ्, पाँचथर सदरमुकाम फिदिम र ताप्लेजुङ सदर मुकाम फुङ्लिङ जोड्द छ । यसरी जलमार्गबाट १ नम्बर प्रदेशमा रहेको १४ जिल्ला मध्ये ३ जिल्लाको सदर मुकाम जोड्नु आफैमा यो आयोजनाको आकर्षण हो ।
आयोजना निर्माणका क्रममा बन्ने मुलघाट–लुम्बुघाट ३० कि.मि. सडक निर्माणपछि मुलघाट–लुम्बुघाट–म्याङ्लुङ्–बसन्तपुर–हिले–धनकुटा–मुलघाट चक्रपथ चक्रपथ बन्दछ । यो चक्रपथमा सडक पुर्व–पश्चिम मध्यपहाडी राजमार्गको म्याङ्लुङ्–बसन्तपुर–हिले तथा उत्तर–दक्षिण रानी–किमाथांका राजमार्गको मुलघाट–बसन्तपुर खण्ड पर्दछ ।
जलविद्युत प्रवद्र्धक दुलाल नेकपा एमाले जलस्रोत तथा उर्जा विभागका सदस्य हुन् ।