योगी आदित्यनाथको एक निर्णय जसबाट भारतमा ३० लाख रोजगारी संकटमा



नयाँ दिल्ली ।   उत्तर प्रदेशका बधशालाहरुका बिरुद्ध भइरहेको कारवाहीले मासु ब्यवसायमा निर्भर मुसलमानहरुको मात्र नभइ लाखौं दलितहरुको पनि रोजी रोटीमा प्रश्न चिन्ह लागेको छ ।

बधशाला र छाला उद्योगहरुमा मुसलमानका अलावा दलितहरुको पनि ठूलो जनसंख्या आश्रित छ ।

उत्तरप्रदेशमा योगी आदित्यनाथ मुख्य मन्त्रीमा नियुक्त भए सँगै गाजियाबाद लगायत धेरै स्थानका बधशालाहरु बन्द गरिएको छ । बिभिन्न रिर्पोटहरुका अनुसार मुख्य मन्त्री भएपछि उनले धेरै ‘गैरकानरनी’ बधशालाहरु बन्द गराउन पुलिसलाई निर्देशन दिएका छन् ।

मेरठ बिश्वबिद्यालयका प्राध्यापक सतीश प्रकाशले भने,‘बधशाला बन्द हुनुको सबैभन्दा ठूलो असर दलितहरुलाई पर्नेछ । छालाको काम दिलितहरुको पुस्तौनी पेशा हो, जुन उनीहरुले सदियौं देखि गर्दै आएका छन् । बधशाला बन्द हुनुले ठूलो संख्यामा दलितहरुको रोजी रोटीमा असर पर्नेछ ।’

भारतीय कृषि बिभागको तथ्याङ्कका अनुसार भारतमा भएका ७५ बधशाला मध्ये ३८ उत्तरप्रदेशमा छन् ।

यी ती बधशाला हुन, जसले केन्द्र सरकारको ‘एग्रीकल्चरल एण्ड प्रोसेस्ड फूड एक्पोर्ट्स अथोरिटी’ बाट लाइसेन्स प्राप्त गरेका छन् ।

बधशालाहरुमा संकट

अल हिन्द एक्सपोर्ट्सका निर्देशक लियाकत अलीले भने,‘यी बधशालामा मुसलमान त जनावर काट्ने काम मात्र गर्छन, बाँकी सारा काम हिन्दुले नै गर्छन् ।’

उनी अगाडी भन्छन्,‘यस क्षेत्रमा हिन्दु र मुसलमान मिलाएर करिब २ लाख मान्छे काम गर्छन्, तर ७५ प्रतिशत भने हिन्दु नै छन् । ’

अझ थप कुरा के पनि हो भने, जनावर पाल्ने र त्यही जनावर का भरमा आफ्नो जिविका चलाउने पनि सबै समुदायका छन् । यो मामलामा पनि हिन्दुहरुकै संख्या बढि छ ।

सतीश प्रकाश भन्छन्,‘छाला उद्योगले कैयौं दलितहरुको पेट पाल्ने गरको छ । यस हिसाबले यो पेसामा उनीहरुकै एकाधिकार छ । यही पेशाका कारण उत्तर प्रदेशका धेरै दलितहरुको आर्थिक अवस्थामा सुधार आएको छ ।’
उनी अगाडी भन्छन्,‘दलितहरुको छाला ल्याउने समयमा पुलिसहरुले दुख दिन थालेका छन् । मारपिट पनि भएको छ । यसले दलितहरु माथी ठूलो समस्या आउने देखिन्छ । ’

गाई भैंसी पाल्ने र दुधको ब्यवसाय गर्ने लाखौं मानिस छन् । उनीहरुलाई पनि ठूलो समस्या पर्छ ।

लियाकत अली भन्छन्,‘ दुई÷तीन पटक बच्चा जन्माए पछि गाई भैंसीको उपयोगीता खासै बाँकी रहँदैंन । तीनलाई पाल्न महिनाको कमसेकम ४०० भारु खर्च हुन्छ । यस्ता जनावरलाइृ बेचेर किसानहरुले आफ्नो गुजारा चलाउने गर्दछन् । यदि यस्ता जनावर बिकेनन् भने उनीहरुले ठूलो घाटा बेहोर्नुपर्ने हुन्छ । यस्तो भए उनीहरुले जनावर पाल्न छाड्नेछन् । ’

राज्यमा गैरकानुनी बधशालाहरु पनि छन् । यिनीहरुले नेशनल ग्रीन ट्राइब्युनलको अनुमति नलिएका कारण यिनीहरु सँग लाइसेन्स छैन ।

जतिले लाइसेन्स लिएका छन्, तीनका लाइसेन्स सन् २०१७ मा सकिंदै छ । अरुका लाइसेन्सको २०१८, २०१९ र २०२० सम्ममा म्याद सकिनेछ ।

लियाकत अलीको आरोप छ, म्याद सकिएपछि यी लाइसेन्स नवीकरण गर्न दिइने छैन । त्यसपछि यीनलाई गैरकानुनी संज्ञा दिंदै कारबाही अघि बढाइनेछ ।

इण्डिएन फुड्स एक्सपोर्ट्स प्राइभेट लिमिटेडका निर्देशक अशोक यादव गैरकानुनी बधशाला बन्द गरिनुलाई गलत मान्दैनन् । उनी भन्छन्,‘जोसुकैको भए पनि गैरकानुनी त गलत ने हो नी । गैरकानुनी कारोबार बन्द गर्नुलाई हामी गलत मान्न सक्दैनौं ।’

बिफ (गाइको मासु) ब्यवसायीहरुको वेबसाइट ‘बिफटुलिव डट कम’ का अनुसार भारत बिफ निर्यात गर्ने मुलुकहरुको सूचीमा पाँचौं नम्बरमा पर्छ । तर, निर्यातमा अघिल्लो बर्षसम्म भारत दोस्रो नम्बरमा थियो ।
भारतले बिफ निर्यातबाट बर्षेनी करिब २७ हजार करोड भारु आम्दानी गर्छ । उत्तर प्रदेशको भागमा करिब १५ हजार करोड भारु पर्छ ।

यसको अलावा करिब ३ हजार करोड भारु बराबरको बिफ भारतमै खपत हुन्छ । तर, उत्तर प्रदेशमा भने खपत निकै कम छ ।

बिफ उत्पादनमा भारत बिश्वमा पाँचौं स्थानमा छ । पहिलो नम्बरमा अमेरिका छ भने दोस्रोमा चीन छ । यी देशहरुमा बिफको खपत पनि निकै बढि छ ।

छाला उद्योग पनि बिफ उद्योगमै निर्भर छ । छाला उद्योगमा उत्तर प्रदेश बाँकी राज्यहरु भन्दा अब्बल छ ।

उत्तर प्रदेशमा साना ठूला गरेर करिब ११ हजार छाला उद्योगहरु छन् । यो भन्दा धेरै उद्योगहरु कानपुर र आग्रामा पनि छन् ।

छाला उद्योगले करिब २० लाख रोजगारी सृजना गरेको उद्योग मन्त्रालयको अनुमान छ । उत्तर प्रदेशमा प्रत्यक्ष र परोक्ष रुपमा करिब १० लाख मानिस यस उद्योग सँग जोडिएका छन् ।

सतीश प्रकाश भन्छन्,‘ खाल निकाल्ने देखि लिएर सफाइ गर्ने, रसायनहरु हाल्ने, छाला पकाउने लगायत काममा दलितहरु जुट्ने गर्छन् । छालाका सामान बनाउनमा उनीहरुले महारत हासिल गरेका छन् । उनीहरु बेरोजगार हुनेछन् ।’

छाला उद्योगमा संकट

छाला उद्योगमा पूरै भारतमा करिब ५ हजार २२ करोड भारु लगानी भएको छ । सरकारी तथ्याङ्कका अनुसार सन् २०१४/१५ मा ९४ करोड २० लाख डलरको छालाका सामान निर्यात भएको थियो ।
मुख्य निर्यात जर्मनी, अमेरिका, बेलायत, इटाली, फ्रान्स, हङकङ, स्पेन, संयुक्त अरब एमिरेट्स मा हुने गर्छ ।

अशोक यादव भन्छन्,‘मुद्दा मासु र बधशालाको मात्र होइन । यो पेशा सँग जोडिएका अरु धेरै पेशाहरु छन्, जो पूर्ण रुपमा बधशालासँग निर्भर छन्, र लाखौं पेट पाल्ने गर्छन् । ती बिचरा कहाँ जाउन ?’
उत्तर प्रदेशमा नयाँ सरकार आएपछि जसरी धेरै ठाउँहरुमा छापा मारिएको छ, र धेरै गैरकानुनी बधशालाहरु बन्द भएका छन्, यसले यो उद्योगका सबै मानिसहरुलाई त्रसित बनाएको छ ।

लियाकत भन्छन्,‘हामी माथी आक्रमण भइरहेको छ । यो धन्दामा सबै समुदायका मानिसहरु मिलेर काम गरिरहेका छन् । तर, यहाँ निश्चित समुदायका मानिस मात्र काम गर्छन् भन्ने छवी बनाइएको छ ।’
तर, केहि मानिसहरु सरकारलाई पुरै समय दिन चाहन्छन्, र उसको नियत माथी प्रश्न गरिरहेका छैनन् ।

अशोक यादवले भने,‘अहिलेसम्म कानुनी तवरले चलिरहेका बधशालाहरुका बिरुद्ध कुनै कारवाही गरिएको छैन । त्यसैले हामी सरकारको नियतका बारे के भनौं ?’

तर, मानिसहरुले मोटो रुपमा यो आर्थिक र ब्यवसायीक मामला हो, र यसमा लाखौं मानिसहरु आश्रित छन् भन्ने तथ्य स्वीकारेका छन् । सबै सरकारले यसमा ध्यान दिनु जरुरी छ । बिबिसी हिन्दीबाट


क्लिकमान्डु