बैंकिङ क्षेत्रले लोककल्याणमा ध्यान दिनुपर्छः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले बैंकिङ क्षेत्रले वास्तविक क्षेत्रमा लगानी गरी लोक कल्याणमा ध्यान दिनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित ‘ग्लोबल एलायन्स फर बैकिङ् अन भ्यालुज’को नवौं बार्षिक सम्मेलनमा बोल्दै गर्भनर नेपालले बित्तीय प्रणलीको अन्तिम उद्येश्य भनेको आम जनताको आवश्यकता पूरा गर्ने नै भएको बताए ।

समय र भुगोल अनुसार केही फरक भएपनि लोककल्याणकारिता सबै समाज र संस्कृतिको अभिन्न अंग भएको गर्भनर उनको भनाई छ ।

‘वित्तीय संस्थाले जनताको भावनाअनुसार काम गर्नुपर्छ’ गर्भनर डा. नेपालले भने ।

मुल्य र मान्यतामा आधारित बैंकिङ प्रणालीमा उनले बिशेष जोड दिए । सन् २००८ को बिश्वब्यापी आर्थिक मन्दीको उदाहरण दिँदै उनले जोखिम समायोजित नाफा र वास्तविक क्षेत्रको लगानीमा जोड दिए ।

अमेरिकी बैंकहरुले जोखिमको पर्वाह नगरी अत्याधिक मात्रामा घरजग्गामा लगानी गरेका काराण सन् २००८ मा बिश्वब्यापी आर्थिक मन्दी छाएको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक मध्यावधी समिक्षा देखि नै बैंकहरुको अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्दै आएको छ । गाडी कर्जा प्रवाह गर्दा घटिमा ५० प्रतिशत डाउनपेमेन्ट लिनुपर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।

समारोहमा गर्भनरले राष्ट्र बैंकले बित्तीय पहुँच बढाउने, भूकम्पबाट प्रभावित जनतालाई १ प्रतिशत दरमा सहुलियत कर्जा, उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन पुर्नकर्जाको ब्यवस्था नीतिगत व्यवस्थाहरु गरिएको जानकारी दिए ।

त्यसैगरी, बिपन्न क्षेत्रमा ५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने र १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिगत ब्यवस्थाहरु पनि गरेको उनले बताए ।


पुष्प दुलाल