वित्तीय प्रणालीमा सुधार देखियो : राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा सन्तुलनका संकेत देखिन थालेको बताएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना अवधीको आर्थिक स्थितीको समिक्षाले पछिल्ला दिनमा कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालन बढ्दै गएको भन्दै वित्तीय बजार सन्तुलन भएको उल्लेख गरेको छ ।

राष्ट्र बैैंकले मंसिर महिनासम्मको आर्थिक स्थितीको अवस्था सार्वजनिक गर्दा बैंक तथा वित्तीय संस्थाबाट ओभरड्राफ्ट,हाउर पर्चेज घरजग्गा र सेयर कर्जामा अत्याधिक कर्जा गएको भन्दै समस्या आउन सक्ने खतरा देखएको थियो । एक महिनाको अवधीमा राष्ट्र बैंकले वित्तीय प्रणालीमा सुधार हुँदै गएको विचार अभिव्यक्त गरेको छ ।

‘ पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन र कर्जा प्रवाहको विस्तारमा देखिएको असन्तुलनका कारण केही वित्तीय घर्षण देखिएकोमा खुल्ला बजार कारोवार मार्फत् प्रवाहित तरलता र नेपाल राष्ट्र बैंकद्वारा हालसालै जारी बजार मार्गनिदर्शनका कारण यस्तो घर्षणमा सुधार आएको हो,’ राष्ट्र बैंकले आज जारी गरेको ६ महिनाको आर्थिक अवस्थाको प्रतिवेदनमा भनेको छ ।

राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले करिब दुई साता अगाडि बैंकर्स संघ,डेभलपमेन्ट बैकर्स संघ र वित्त कम्पनी संघका अध्यक्षलाई बोलाएर सच्चिनको लागि दवाव दिएका थिए । गभर्नरसँगको भेटपछि बैकर्स संघले निक्षेप र कर्जामा ब्याजदर नबढाउने सहमती गरेको थियो ।

राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७।२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पुस मसान्तसम्ममा निक्षेप ६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०।८ प्रतिशतले बढेको छ । २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८।२ प्रतिशत, ४२.१ प्रतिशत र ३२.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८।६ प्रतिशत, ४३.८ प्रतिशत र २९.२ प्रतिशत रहेको थियो ।

पुस मसान्तसम्मा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रही रहेको कर्जा १२.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.८ प्रतिशतले बढेकोे थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १४.८ प्रतिशत र विकास बैंकहरुको ६।२ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ५.२ प्रतिशतले घटेकोे छ । वार्षिक बिन्दुगत आधारमा २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रही रहेको कर्जा ३२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १३.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.५ प्रतिशत, निर्माण क्षेत्रतर्पको कर्जा ११.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १०.५ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा ११.९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु