ब्याजदर बृद्धिमा दोष दिने समय होइन, समस्या समाधानमा लागौं



अहिले बैंकिङ क्षेत्रमा केही समस्या देखिएको छ । बजारमा आएजस्तो यो तरलता अभावको समस्या होइन । बैंकलाई अहिले कर्जा दिनको लागि समस्या भएका हो । यस विषयमा राष्ट्र बैंके क्लियर भनेको छ,- नयाँ निक्षेप संकलन नगर्दासम्म कर्जा प्रवाह नगर । हामी अहिले नयाँ निक्षेप संकलन नगर्दासम्म कर्जा दिन सक्ने अवस्थामा छैनौं । बैंकिङ प्रणालीमा अहिले समस्या आइसकेको छ । जलविद्युत् क्षेत्रमा हामीले ऋण दिने प्रतिबद्धता गरेका छौं । अहिले ऋण दिन नसक्ने अवस्थाको कारण जलविद्युत् आयोजनाको निर्माण ढिलाई भएमा यसको दोष बैंकलाई जान्छ । यो वर्ष अत्याधिक आयात भएको छ । आयात गर्नको लागि ७० देखि ८० प्रतिशत बैंकले नै ऋण दिने हो । अघिल्लो आर्थिक वर्षसम्म रेमिटेन्सको बृद्धिदर अत्याधिक थियो । यो वर्ष रेमिटेन्स बृद्धिदर घटेको छ । अत्याधिक आयातको तुलनामा रेमिटेन्सको बृद्धिदर भएन यसको प्रभाव बैंकको निक्षेपमा परेको छ ।

अब विकास खर्च पनि बढ्ने हुँदा अहिलेको अवस्थामा सुधार आउने अपेक्षा गरिएको हो । अहिले निक्षेप र कर्जा दुवैको ब्याजदर बढेको छ । उद्योगी र व्यापारीले बैंकलाई मनपरी ब्याजदर बढाएको आरोप लगाएका छन् ।

आजभन्दा ५ महिना अघि बैंकमा निक्षेपको समस्या थिएन । यो अवस्थामा बैंकमा नेचुरल ग्रोथ थियो । हाम्रो अनुमान अवस्थामा सुधार हुन्छ भन्ने आधारमा ऋणमा प्राथमिकता दिएको हो । त्यो आधारमा निक्षेप बढेन जसले गर्दा बैकिङ क्षेत्रमा समस्या देखिएको हो । विकास खर्च बढ्छ भन्ने अनुमानको आधारमा हामीले ऋणमा प्राथमिकता दिएका थियौं । तर, विकास खर्चमा कुनै सुधार भएन । अहिले बैंकले किन समममै निक्षेपको अवस्थाको आकलन गर्न सकेनन् भन्ने प्रश्न आएको छ । यो एक हिसाबले ठिकपनि होला । हाम्रो अनुमान विकास खर्च बढ्नेमा थियो । त्यो बढ्न सकेन ।

समस्या बैंकिङ क्षेत्रको निक्षेमा परेको छ । २०६६/६७ सालमा कर्जा निक्षेप अनुपातको व्यवस्था गरिएको थिएन । त्यो समयमा बैंकहरुले भोग्नु परेको समस्या र अहिलेको समस्यामा फरक छ । संस्थागत शुसासनको पनि कुरा रहेको हुँदा त्यो बेला सुधार आउनको लागि डेढ वर्ष लागेको थियो । अहिले यस्तो अवस्था होइन । कुनै पनि बैंकलाई जनताको निक्षेप फिर्ता गर्नको लागि समस्या छैन । सरकारले चुनाव गर्ने घोषणा गरेको छ । अब विकास खर्च पनि बढ्ने हुँदा अहिलेको अवस्थामा सुधार आउने अपेक्षा गरिएको हो । अहिले निक्षेप र कर्जा दुवैको ब्याजदर बढेको छ । उद्योगी र व्यापारीले बैंकलाई मनपरी ब्याजदर बढाएको आरोप लगाएका छन् । निक्षेपको ब्याजदर बढेपछि स्वभाविक रुपमा कर्जाको पनि ब्याजदर बढ्ने गर्छ । हिजो निक्षेप सस्तोमा पाउँदा हामीले सस्तो ब्याजदरमा ऋण दिएको हो । अहिले निक्षेपको ब्याजदर बढेपछि कर्जाको ब्याजदरपनि बढेको छ । यसमा एकले अर्कोले दोष दिएर हुँदैन । अहिलेको समस्या समाधानको लागि सबैले सिकेर अगाडि बढ्ने हो ।

केन्द्रीय बैंकले पुँजी बृद्धिको निर्णय गर्नुको पछि बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनको लागि थियो । तर,त्यो अनुपातमा संख्या भने घटेन । धेरैजसो वित्तीय संस्थाका लगानीकर्ताले आफै लगानी गरेर पुँजी थप्ने निर्णय लिनु भएको छ । पुँजी बढाउनको लागि हकप्रद सेयर जारी गरेर लगानी बढाए अनुसारको प्रतिफल भने पुँजी बृद्धिपछि नहुँन सक्छ । अहिले पुँजी बृद्धिको अनुपातमा निक्षेप भने बढाउन सकिएको छैन । अहिले बैंकहरुले मुद्दति निक्षेपमा १२ प्रतिशत ब्याजदर अफर गरेका छन् । ब्याजदर बढेको अवस्थामा सर्वसाधरणलाई लगानीका अन्य बिकल्पहरु उपयुक्त नहुन हुन्छन् । अहिले सेयर बजार र घरजग्गा कारोवार घट्दो क्रममा छ । बैंकमा मुद्दति निक्षेपमा आउने ब्याजदर फिक्स रेट रहेका छन् । जसको रिर्टन पनि फिक्स हुन्छ । यसले सर्वसाधरणलाई अहिले सबैभन्दा राम्रो विकल्प छ । खालिङसँग गरिएको कुराकानीमा आधारित


पुष्प दुलाल