लगानीकर्ताको लोभले ब्याजदर बढ्योः कृष्णराज लामिछाने




अहिले जहाँ पनि तरलताको चर्चा छ । बैकिङ क्षेत्रको तरलताको अपब्याख्या भए जस्तो लागेको छ । अहिले निक्षेप र कर्जा दुवैमा ब्याजदर बढेको छ । समस्या सममाधानको लागि केन्द्रीय बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षामा केही निर्णय पनि गर्ला ।

तर, अहिलेको मुख्य प्रश्न बैकिङ क्षेत्रमा यो समस्या के कारण देखियो भन्ने हो । राष्ट्र बैंकले २०७२ सालको मौद्रिक नीतिमा चुक्ता पुँजी चार गुणा बढाउने निर्णय ग¥यो । केन्द्रीय बैंकको चुक्ता पुँजी बढाउने नीति पनि ठिक थियो । पुँजी चार गुणाले बढाएपछि हामीलाई मुनाफा पनि चार गुणा चाहिएको छ ।

तीन चार महिना अगाडि मैले एकजना चिनजानको व्यक्तिलाई ८ प्रतिशत ब्याजदरमा ऋण लिनको लागि भनेको थियो । उहाँलाई ऋण चाहिएको थियो । उहाँले बैंकले मलाई ७ प्रतिशत ब्याजदरमा ऋण दियो भनेर जानुभयो । तीन महिनापछि ७ प्रतिशत ब्याजदर १३ प्रतिशतमा पुगेको छ ।

नेपालमा तीन प्रकारका बैंक छन् । एउटा सरकारी बैंक छन् । अर्को बिदेशी लगानीमा स्थापना भएका बैंक छन् । र, हाम्रो स्वदेशी लगानीकर्ताले लगानी गरेका बैंकहरु छन् । अहिले पनि सरकारी लगानीका बैंकहरुले धेरै ब्याजदर बढाएका छैनन् । यस्तै बिदेशी लगानीमा स्थापना भएका बैंकहरुले पनि ब्याजदर बढाएका छैनन् । ब्याजदर अत्याधिक बढाएको स्वदेशी लगानीमा स्थापना भएका बैंकहरुले हो ।

ठूला घरानाका व्यवसायीले चलाएको बैंकले बढी ब्याजदर बढाएको छ । व्यवसायीले अहिले मुनाफा र आफ्नो लाभांश बढाउनको लागि सिइओलाई दवाव दिएका छन् । अहिलेको अवस्थामा वार्षिक २० प्रतिशत रिर्टन दिनको लागि सिइओहरु दवावमा छन् ।

सार्वजनिक यातायात, ठूला ट्रक खरिददेखि किसानले प्रयोग हुनेगरी ट्याक्टरका लागि ऋण दिएको छ । यो कसरी अनुत्पादक हुन्छ ? यस्तै निजी सवारी साधनको लागि कर्जा गएको छ । सवारी अहिले अत्यावश्यक हो ।

असोजमा भएको नाडा अटो शोमा हामीले ५ प्रतिशत ब्याजदरमा ऋण दिएकै हो । व्यवसाय बढाउनको लागि कर्जा बढाइएको हो । अहिले बैकिङ क्षेत्रमा देखिएको लगानीयोग्य पुँजीको अभाव भनेको भाडाँको पानी सकिएको अवस्था हो । बैकिङ क्षेत्रमा तरलता भाडाँमा पानी थपिने र त्यहाँबाट निकाले जस्तै निक्षेप थपिने र कर्जा प्रवाहबाट चलिरहेको हुन्छ । अहिले त्यो भाडाँमा पानी थपिएको छैन । मात्र पानी निकालिएको छ । पानी थपिनेभन्दा निकाल्ने बढी भएपछि बैकिङ क्षेत्रमा तरलताको समस्या देखिएको हो ।

उद्योगी र व्यापारी समुदायबाट जहिलेपनि ब्याजदर बढी भयो भन्ने गुनासो आएको हुन्छ । यो समस्या राष्ट्र बैंक र बैंकरलाई भनेर समाधान हुँदैन । उहाँहरुले ठूला व्यवसायिक घरानालाई बैंकबाट यो पटक कम प्रतिफल लिनुहोस भनेमा समस्या समाधान हुन्छ । अहिले राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदर अन्तर गर्नुपर्छ भनेको छ । यसलाई ३ प्रतिशतमा झारेमा ब्याजदर ओरालो लाग्छ ।

केही साता अगाडि एक ठूलो व्यवसायिक घरानाका उद्योगीले हाम्रो बैंकको सिइओले १२ प्रतिशत मुद्दतीमा निक्षेप ल्याउन भनेको ल्याएन भन्नुभयो । उहाँले ब्याजदर अब १५ प्रतिशत पुग्ने भन्दै घोषणा गर्दै हुनुहुन्थ्यो । यस्तै बैंकका ठूला लगानीकर्ताले गर्ने हल्लाले समेत बैकिङ क्षेत्रमा समस्या थपिएको छ । ऋण लिने व्यवसायीले ठूला बैंकका ठूला लगानीकर्तालाई अहिलेको अवस्थामा कम प्रतिफल लिन भनेमा सबैलाई फाइदा हुन्छ । अहिले बैंकले ७ प्रतिशत कर्जाको ब्याजदरलाई १४ प्रतिशत पु¥याएर नाफा कमाएको हो ।

तीन चार महिना अगाडि मैले एकजना चिनजानको व्यक्तिलाई ८ प्रतिशत ब्याजदरमा ऋण लिनको लागि भनेको थियो । उहाँलाई ऋण चाहिएको थियो । उहाँले बैंकले मलाई ७ प्रतिशत ब्याजदरमा ऋण दियो भनेर जानुभयो । तीन महिनापछि ७ प्रतिशत ब्याजदर १३ प्रतिशतमा पुगेको छ । हाम्रो ८ प्रतिशत ब्याजदरमा दिएको ऋणको ब्याजदर ११ प्रतिशतभन्दा माथी गएको छैन । यो भनेर मैले कुनै बैंकलाई आपेक्ष लगाएको होइन । यो वास्तविकता हो ।

बैंकले अत्याधिक कर्जा दिएको र ब्याजदर बढाएको भनेर सबैले दोष दियौं । हामीले कर्जा बढाएको सत्य हो । तर, सरकारले यो वर्षको बजेट आर्थिक वर्ष शुरु हुनुभन्दा ४५ दिन अगाडि ल्याएको थियो । साढे ६ प्रतिशतको आर्थिक बृद्धिदर गर्नका लागि १० खर्ब आकारको बजेट खर्च हुने भनिएकोले यो वर्ष फरक हुन्छ भन्ने हाम्रो अनुमान थियो । तर, मुसाको छोरो मुसा भनेजस्तै यो वर्षपनि आर्थिक वर्ष सकिएको ७ महिनामा पनि हाम्रो विकास खर्चको स्थितीमा कुनैपनि सुधार हुन सकेन । अर्थात सरकारले राजस्व मात्र संकलन गरेर राख्यो, खर्च केहीपनि गरेन ।

सरकारका जिम्मेवार अधिकारीले बैंकले घरजग्गा, ओभरड्राफ्ट र सेयर कर्जा जस्ता अनुत्पादक क्षेत्रमा कर्जा दिएको कारण समस्या आयो भन्नुहुन्छ । ओभरड्राफ्टमा गएको ऋण अनुत्पादक कसरी हो ? व्यवसायिक प्रतिष्ठानले व्यवसायको लागि यो कर्जा लिने गर्छन् । अर्को, घर निर्माणका लागि कर्जा बढी गएको आरोप लाग्छ । आवास व्यक्तिको आधारभुत अधिकार हो । घर निर्माणका लागि इट्टा प्रयोग हुन्छ । यस्तै सिमेन्ट तथा छडको प्रयोग हुन्छ । सिमेन्ट र छड उद्योग उत्पादनमुलक होइन ?

अर्को कुर पनि छ । घर निर्माणका लागि कति जनाले काम पाएका छन् ? त्यो रोजगारी सिर्जना भएको होइन । घर निर्माणले रोजगारी सिर्जना हुन्छ । बिदेशमा यसरी घर निर्माण गर्नेलाई करमा पनि छुट दिएको हुन्छ ।

यस्तै गाडी खरिदका लागि ऋण बढी गएको भन्ने आरोप लाग्छ । सार्वजनिक यातायात, ठूला ट्रक खरिददेखि किसानले प्रयोग हुनेगरी ट्याक्टरका लागि ऋण दिएको छ । यो कसरी अनुत्पादक हुन्छ ? यस्तै निजी सवारी साधनको लागि कर्जा गएको छ । सवारी अहिले अत्यावश्यक हो ।
(डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले चेम्बर अफ कमर्शको कार्यक्रममा व्यक्त गरेको बिचार)