खुट्टा घुमाएर मार्केटिङ, हावा र तरंगबाट पैसा, जीडिपीमा ३ अर्ब ४० करोड पाउण्डको योगदान
कुनै पनि उद्योग वा ब्यवसाय भन्नासाथ तपाईंको दिमागमा कस्तो कुरा खेल्छ ? बिभिन्न मेसिनहरुको घ्यार्रघुर्र आवाज, कामदारहरु लयबद्ध भएर आफ्ना हात र खुट्टाले ती मेसिन चलाउँदै गरेको दृश्य, अनि उद्योगले कमाउने पैसाको अनुमान आदि ।
वा, कुनै सेवा क्षेत्रको कम्पनीको बारे सोच्नुभयो भने किर्बोड र माउसको टुक टुक आवाज, कम्प्युटरमा एकोहोरो घोरिएका र फोनमा झुण्डिएका कामदारको दृश्य, अनि कम्पनीको ‘रेभेन्यू’ आदिका बारे अनुमान त हुने नै भयो ।
तर, एक्काइसौं शदाब्दीको बैश्य (ब्यापारिक) युगमा उद्योग ब्यवसायको परिधि निकै फराकिलो भैसकेको छ ।
पैसाको आबिष्कार भन्दा पहिले ‘बार्टर’ (सामान वा सेवा साटासाट गरेर आर्थिक गतिबिधि चलाउने प्रणाली) गरेर आर्थिक गतिबिधि चलायमान बनाइन्थ्यो । त्यो समयमा उद्योग ब्यवसायको प्रारुप नै तयार भएको थिएन ।
त्यसपछि सिक्काको चलन आयो । सिक्काहरुको आधारमा सेवा वा बस्तुको सही मुल्य पहिल्याई कारोबार गर्न सकिंदैन थियो । कुनै पनि बस्तु र सेवाको मुल्य बढ्दैनथ्यो । मुल्य स्थीर हुन्थ्यो । श्रम र पूँजी जति बढाए पनि बस्तु र सेवाको मुल्य बढ्दै नजाने भएपछि त्यसले उद्योगको रुप ग्रहण गर्ने कुरा पनि भएन ।
सन् २०१४/१५ को सिजनमा मात्र इपिएलले २ अर्ब ४० करोड पाउण्ड कर तिरेको छ । यसले इङ्गल्याण्ड र वेल्सका ९३ हजार प्रहरी अधिकारीको (इङ्गल्याण्ड र वेल्सको ९० प्रतिशत प्रहरीको संख्या) तलब र भत्ता दिन पुग्छ । २ अर्ब ४० करोड पाउण्डमध्ये करीब ८९ करोड पाउण्ड त खेलाडीहरुले सिधै तिरेको कर मात्रै हो ।
पैसाको आविष्कार पछि भने बस्तु र सेवाको लागतका आधारमा नाफासमेत जोडेर मुल्य तोक्न सकिने सुबिधा प्राप्त हुन थाल्यो । मुल्य पनि बढ्दै जाने र कमाएको पैसाले फेरि अरु कुनै बस्तु वा सेवा पनि तुरुन्तै किन्न सकिने भयो । अर्थात, पैसा आर्थिक गतिबिधि चलाउन, चाहेको समयमा तुरुन्तै अरु कुनै बस्तुमा बदल्न सक्ने एकदम तरल माध्यमको रुपमा उदायो । र, यसैले आधुनिक बैश्ययुगको जग हाल्यो ।
अब आजको दिनमा त पैसा अत्यन्तै तरल मात्र नभएर बायु, करेन्ट वा तरङ्ग जस्तो भैसक्यो । एक क्लिक वा इन्टरका भरमा बिश्वको कुनै पनि कुनामा पैसा तिर्न वा लिन सकिने भयो ।
त्यसकारण अहिले त्यस्ता क्षेत्रले पनि उद्योगको रुप ग्रहण गर्न थाले, जुन केही दशक अघि सोच्न मात्रै पनि सकिँदैनथ्यो ।
तपाईं अहिले हरेक सप्ताहन्त इङ्गलिस प्रिमियर लिग (इपिएल) को मज्जा लिनुहुन्छ । बिश्वकै सबैभन्दा चर्चित र लोकप्रिय लिगका रुपमा यसलाई चिनिन्छ ।
पुराना उद्योगहरुका मार्केटिङ म्यानेजरले आफ्ना उत्पादनको प्रचारप्रसार गर्न जुत्ताको तलुवा प्वाल पार्दै डौडधुप गर्थे । तर इपिएलमा एडेन हाजार्ड जस्ता प्रतिभावान खेलाडीले बलका वरपर खुट्टा घुमाउँदै बल बिपक्षीको गोल पोष्ट तर्फ दाैडाएर नै मार्केटिङ गरिदिन्छन् ।
जर्मन र फ्रेन्च लिगमा कसले जित्छ भन्ने लिग शुरु हुनुभन्दा पहिला नै थाहा हुन्छ । स्पेनिस लिग जित्न सक्ने टोलीमा तीन वटाको मात्र नाम लिन सकिन्छ ।
तर, इङ्गल्याण्डमा भने लिग जित्ने टोलीको मात्र नभएर च्याम्पिएन्स लिग (इपिएलको २० टोली मध्ये पहिलो चार टोली च्याम्पिएन्स लिगमा छानिन सक्छन्) मा छानिने चार टोलीकोसमेत अनुमान लगाउन गाह्रो छ । यस्तो घाँटी रेट्ने प्रतिस्पर्धा भएको लिग रोमान्चक त हुने नै भयो ।
यस्तो रोमान्चक लिग हुनुको अलावा इपिएल एउटा ठूलो उद्योग पनि हो भन्ने तपाइ हामी धेरैले ख्याल नगरेको हुन सक्छ । तर, यो उद्योग तपाइले लेखको शुरुमा कल्पना गरेको परम्परागत उद्योग भने होइन । पैसा तरल अवस्थाबाट बायु र तरङ्गमा रुपान्तरण भए पश्चात उदाएको उद्योग हो यो ।
पुराना उद्योगहरुका मार्केटिङ म्यानेजरले आफ्ना उत्पादनको प्रचारप्रसार गर्न जुत्ताको तलुवा प्वाल पार्दै डौडधुप गर्थे । तर इपिएलमा एडेन हाजार्ड जस्ता प्रतिभावान खेलाडीले बलका वरपर खुट्टा घुमाउँदै बल बिपक्षीको गोल पोष्ट तर्फ डौडाएर नै मार्केटिङ गरिदिन्छन् ।
यो उद्योगमा परम्परागत उद्योगका बिजनेश डेभलपमेन्ट अफिसरहरुले झैं अर्थतन्त्र, राजनीति र बजारको बिश्लेषण गरेर होइन, आँखा चनाखो र कान ठाडो पारेर मिसुट ओजिल, सेस फाब्रिगास र पल पोग्बा जस्ता मिडफिल्डरले उपयुक्त पोजिसनमा भएका आफ्ना स्ट्राइकरहरुलाई बल फुत्त फालेर अवसरहरुको सिर्जना गर्छन् ।
अनि अन्तमा कम्पनीका कार्यकारीहरुले जस्तो नाफा, नोक्सान, चुनौती र अवसरहरुको लेखाजोखा गरेर ‘डिल’मा सही धस्काएर होइन, सर्जियो अगुइरो, जाल्टन इब्रा र डिएगो कोस्टा जस्ता स्ट्राइकरले पोजिसन, कोण र गतिको तालमेल मिलाएर चुट्ट (सटिक) गोल छिराएर अवसरहरुलाई परिणाम (रिजल्ट) मा बदल्छन् ।
कम्पनीमा आइपर्न सक्ने जोखिमको अग्रीम मुल्याङ्कन वा जोखिम आइसकेपछि त्यसको न्यूनिकरण गर्ने जोखिम बिश्लेषक झैं इपिएलका खेलमा पनि जोन टेरी, भिन्सेन्ट कोम्पनी र डेभिड लुइस जस्ता रक्षक पनि हाजिर छन् ।
यी सबै रक्षक, मिडफिल्डर्स र स्ट्राइकरहरुको यस्तै चुस्त काम, अनि यिनीहरुबीचको प्रतिस्पर्धा हेर्न बिश्वभरीबाट पैसा ओइरिन्छ ।
उद्योग ब्यवसायको उत्पादन खरिद बिक्री भए झैं इपिएलको टेलिभिजन राइट्स करोडौं डलरमा बिक्री हुन्छन् । अनि अतिरिक्त आम्दानीका लागि केहि ‘साइड प्रडक्ट’ बनाएर बेचे झैं खेलाडीका जर्सी लगायतका सामान पनि करोडौं डलरमा बिक्री हुन्छन् । रङगशालामा टिकट बेचेर कमाउने पैसा त झन भै नै हाल्यो । बिभिन्न खाले ‘सब्सकृप्सन’ पनि छँदैछन् ।
सन् २०१४/१५ को सिजनमा मात्र इपिएलले २ अर्ब ४० करोड पाउण्ड कर तिरेको छ । यसले इङ्गल्याण्ड र वेल्सका ९३ हजार प्रहरी अधिकारीको (इङ्गल्याण्ड र वेल्सको ९० प्रतिशत प्रहरीको संख्या) तलब र भत्ता दिन पुग्छ । २ अर्ब ४० करोड पाउण्डमध्ये करीब ८९ करोड पाउण्ड त खेलाडीहरुले सिधै तिरेको कर मात्रै हो ।
सोही सिजनमा इपिएलले १ लाख ३ हजार ३ सय ५४ जनाको लागि रोजगारी सिर्जना गरेको थियो ।
सन् २०१४/१५ को सिजनमा इपिएलले युकेको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा ३ अर्ब ४० करोड पाउण्ड बराबरको योगदान गरेको छ ।
वास्तवमा पछिल्ला दिनहरुमा उद्योगको परिचय नै फेरिन थालेको छ । जुन कुराले रोजगारी सिर्जना गर्छ, अनि देशको जिडिपीमा योगदान पु¥याउँछ, त्यहि हो उद्योग ।
पैसा अत्यन्तै तरल, अनि अहिले त झन तरलबाट वायु र तरङ्ग भैसकेको अवस्थामा पैसा जता बग्छ वा बहन्छ त्यही हो उद्योग । तरल पदार्थ अनि बायु त नथुने र नछेकेसम्म जता पनि बग्छ वा बहन्छ ।
हामी अहिलेको यस्तो बदलिएको परिस्थितिमा पनि आधारभूत कुरै नबुझेर सकेसम्म थुनछेक गर्ने, अनि फलानो क्षेत्र उद्योग हो कि होइन भन्ने निरर्थक दन्त बजानमा अड्किरहेका त छैनौं ?