नेपालमा मध्यम बर्गको उदय र पूँजी पलायनको सुरुवात यसरी भयोः अर्थशास्त्री डा. बिश्व पौडेलको बिचार
त्यो बेलामा काठमाडौं बाहेकका सबै राज्य गरिब थिए । हामी अर्थशास्त्रीले हेर्दा भारत र चीन त्यो बेला धनी देश थिए । त्यसको मुख्य कारण उनीहरुसँग बढी जनसंख्या थियो । पृथ्वीनारायण शाहले आक्रमण गर्दा त्यो बेलामा कास्कीको जनसंख्या ८ हजार थियो भने गोरखामा १२ हजार थियो । ठूलो भनेको पाल्ला थियो । मुकुन्द सेन त्यो बेलामा धनी राजामा गनिन्थे । त्यसैले पनि उनको पाल्प राज्य काठमाडौं पछिको धनीमा पर्दथ्यो ।
त्यो बेला तिब्बतसँगको व्यापार हेर्नुभयो भने खाद्यान्यसँग नुन साट्ने खालको थियो । बिट्रिस लेखकले लेखेको इतिहास हेर्ने हो भने काठमाडौंबाट तिब्बतमा धेरै बस्तु बिक्री हुन्थ्यो । तामाको खानी केही मात्रामा कास्की र गुल्मीमा थियो । त्यो तामालाई पनि काठमाडौंमा लगेर बिक्री गर्ने चलन थियो । काठमाडौं बाहेक अन्यन्त्र हस्तकलाको कुनैपनि ‘स्किल’ थिएन ।
बीरशमशेरको पालादेखि पुँजी पलायन शुरु भयो । आफ्नो ठूलोबाबुलाई मारेर शासनमा आएकोले बीरशमशेरलाई त्यही घटना आफुमा घट्ने डर थियो । यसैकारण उनले पुँजी पलायन शुरु गरेका थिए ।
तत्कालिन समयमा खेती उत्पादन गर्ने ठाउँ जंगल थियो । मानिसहरु पहाडमा बसेर खेती गर्ने गर्थे । वर्षमा एउटा मात्रै बाली उत्पादन हुने प्रकारको खेती गर्ने चलन थियो । पानी नआउने ठाउँमा बसेर खेती गर्ने चलन थियो ।
तर, त्यो बेलामा काहीबाट कतै जानपनि गोरखा बीचमा पर्दैनथ्यो । त्यो बेला नेवारहरुले राँगा र खसीहरु खरिद गर्ने थिए । अरु राज्यले कर उठाएपनि गोरखाले कर उठाउन सक्ने सम्भावना थिएन ।
सन् १८०९ ताका मोरङ र सप्तरीले राष्ट्रिय ढुकुटीमा कूल १ लाख २२ हजार कर उठाएका थियो । त्यो बेलामा भिमसेन थापा प्रधानमन्त्री थिए । जंगबहादुर राणा शक्तिमा आएपछि ६ लाख रुपैयाँ कर उठेको थियो । त्यो बेला मुल्यबृद्धि भने थिएन । त्यो बेलामा हाम्रो धन बढ्दै गएको थियो ।
मालपोत बढायो भने किसानहरु आफु विरुद्ध लाग्छन् भनेर यसलाई स्थीर राखिएको थियो । राणा शासन सुरु भएको समयमा १ बिगाह जग्गा भएमा ९ मन अन्न दिनुपर्ने मातपोत शुल्क थियो । अन्त्य हुने बेलामा ३ मन दिए हुने थियो ।
सन् १८७० तिर भारतमा ठूलो भोकमरी भएको थियो । त्यो समयमा भारतीयहरुले नेपाल आएर बच्चा बिक्री गरेका थिए । त्यो बेला नेपालमा धर्म भकारीको व्यवस्था गरिएको थियो । जंगबहादुरले ठूलो कोष बनाएका थिए । तर, बीरशमशेरले शासन हातमा लिएपछि जंगबहादुरका सन्ततीले केही पनि पाएनन् । अहिलेपनि जंगबहादुरका खलकको व्यक्तिहरु अन्य राणाको तुलनामा गरिब छन् । जंगबहादुरको पालामा बीरशमरेलाई कलकत्तामा वकिल भनेर राखेको थियो ।
बीरशमशेरको पालादेखि पुँजी पलायन शुरु भयो । आफ्नो ठूलोबाबुलाई मारेर शासनमा आएकोले बीरशमशेरलाई त्यही घटना आफुमा घट्ने डर थियो । यसैकारण उनले पुँजी पलायन शुरु गरेका थिए ।
त्यो समय अनुत्पादक मानिएका भवनहरुको निर्माण भयो । चन्द्र शमशेरले ५० लाख खर्च गरेर बनाएको सिंहदरवार बिक्री गर्दा २ करोड लिएका थिए । तत्कालिन अवस्थामा त्यो निकै ठूलो रकम थियो । देशभर जति राजस्व उठेको थियो, त्यो रकम तत्कालिन शासकले आफ्नो खल्तीमा हाल्ने चलन थियो । भवनहरु बनाउदा पनि निशुल्क कामदार लगाएर निर्माण गरिएको थियो ।
त्यो बेलासम्म धनी मानिसको हातमा मात्र सम्पत्ती थियो । राणा शासनको उदयपछि नेपालमा मध्यम वर्गको विकास भएको हो । मालपोत बढायो भने किसानहरु आफु विरुद्ध लाग्छन् भनेर यसलाई स्थीर राखिएको थियो । राणा शासन सुरु भएको समयमा १ बिगाह जग्गा भएमा ९ मन अन्न दिनुपर्ने मातपोत शुल्क थियो । अन्त्य हुने बेलामा ३ मन दिए हुने थियो ।
यद्यपि अहिले पनि नेपालमा मालपोत शुल्क कम नै छ । ७०/८० वर्षसम्म राज्यले मतलब नगरेपछि नागरिकसँग सम्पत्ति बढ्दै गयो । राणाले चाहे पनि वा नचाहेपनि धेरै परिवार जग्गाको कारण धनी भए ।
चन्द्रशमशेरको पालादेखि नेपालमा जग्गा रजिष्ट्रेशन गर्ने काम शुरु भयो । त्यो भन्दा अगाडि खेती नगरेपछि जग्गा आफ्नो हुँदैनथ्यो ।
(पोखरामा जारी नेपाल लिटरेचल फेस्टिवलमा इतिहासमा अर्थ विषयमा अर्थशास्त्री डा बिश्व पौडेलले व्यक्त गरेको विचार )