अर्थसचिब डा. सुबेदी भन्छन्ः काठमाडौंमा पाइला पाइलामा पैसा छ, तर किन टिप्न सक्नुहुन्न ?




काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले नेपालमा मूल्य अभिबृद्धि कर (भ्याट) असफलताको संघारमा पुगेका बताएका छन् ।

भ्याटमा दर्ता हुने फर्म र कम्पनीहरुले सही विवरण नबुझाउने र सरकारी संयन्त्रले प्रभावकारी अनुगमन नगर्ने प्रबृत्तिका कारण भ्याट असफल हुन लागेको उनको भनाइ छ ।

अर्थमन्त्रालयमा आयोजित गत कात्तिक मसान्तसम्मको राजस्व समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘सामान्य पान पसलेले पनि बार्षिक २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्छ, तर भ्याटमा दर्ता भएकामध्ये ३४ प्रतिशतले बिबरण नै बुझाउदैनन्, ५६ प्रतिशतले उल्टै सरकारसँग दाबी गर्छन्, जम्मा १२ प्रतिशतको भ्याट बुझाएको आधारमा यसलाई कसरी सफल मान्ने ?’ सुबेदीले प्रश्न गरे ।

उनले भ्याट पूर्ण रुपमा अझै लागु हुन नसकेको र सतहीरुपमा मात्रै कार्यान्वयनमा आएको बताए ।

‘काठमाडौंमा पाइला पाइलामा पैसा छ, तर किन टिप्न सक्नुहुन्न ?’ कर प्रशासनको प्रभावकारिता माथि प्रश्न गर्दै उनले भने ।

हाल नेपालमा कुल मुल्य अभिबृद्धि करको दुई तिहाई आयातबाट उठ्ने गरेको छ । आन्तरिक रुपमा यो कर अझ प्रभावकारी रुपमा लागु हुन सकेको छैन ।

भ्याटमा दर्ता भएकामध्ये ३४ प्रतिशतले बिबरण नै बुझाउदैनन्, ५६ प्रतिशतले उल्टै सरकारसँग दाबी गर्छन्, जम्मा १२ प्रतिशतको भ्याट बुझाएको आधारमा यसलाई कसरी सफल मान्ने ?’ सुबेदीले प्रश्न गरे ।

अहिले नेपालमा करिब १ लाख ७० हजार ब्यवसाय भ्याटमा दर्ता छ । जसको, ३४ प्रतिशतले कुनै बिवरण बुझाउँदैनन् । बाँकीमा पनि १२ प्रतिशतले मात्र डेबिट (तिर्नु पर्ने रकम) बिवरण बुझाउछन् भने अरुले क्रेडिट बिवरण बुझाउँने गरेको छलफलमा जानकारी दिइयो ।

सचिब सुवेदीले अनुगमन र मौज्दात प्रमाणिकरणको माध्यमबाट भ्याट संकलनलाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिए । साथै, भ्याट संकलनमा ध्यान दिए आयकर र अन्तशुल्क पनि आफैं बढ्ने कुरामा जोड दिए । भ्याटको मर्म अनुसार कार्यान्वयन हुन नसकेको सचिब सुबेदीको भनाइ छ ।

‘बारग्राफ र पाइचार्ट अर्काे तथ्यांकसँग तुलना गर्न बनाइन्छ, तपाइहरुले बनाएकोमा त्यस्तो छैन, बारग्राफ र पाइचार्ट कसरी बनाइन्छ भनेर देखाउन ल्याउनु भएको हो ?’ राजस्व सचिब खनालले भने ।

राजस्व सचिब राजन खनालले पनि कर प्रशासनको प्रभाबकारिता कम भएको भन्दै असन्तुष्टि जनाए । उनले राजस्व असुलीको विवरण देखाउन कर कार्यालयहरुका कर्मचारीले तयार पारेको विवरणमाथि पनि तिब्र प्रहार गरे ।

‘यो बारग्राफ र पाइचार्ट अर्काे तथ्यांकसँग तुलना गर्न बनाइन्छ, तपाइहरुले बनाएकोमा त्यस्तो छैन, बारग्राफ र पाइचार्ट कसरी बनाइन्छ भनेर देखाउन ल्याउनु भएको हो ?’ राजस्व सचिब खनालले भने ।

राजस्व असुली लक्ष्य अनुसार भएको भन्ने राजस्व प्रशासनको तर्कप्रति पनि सचिब खनालले असहमति जनाए । ‘अघिल्लो बर्षको भन्दा यति र उति प्रतिशत बढी राजस्व उठ्यो भनेर भ्रम नफैलाउनुस्, अघिल्लो बर्ष भूकम्पको कारण धेरै प्रकारका कर छुट सुविधाहरु दिइएको थियो, राजस्व असुलीको लक्ष्य पुगेपनि उठ्नुपर्ने जति राजस्व उठेको छैन, तपाइहरुको प्रभावकारीता कम देखिन्छ,’ राजस्व सचिब खनालले भने ।

उनले बजार अनुगमन कम भएको र बजारमा कर प्रशासन नै नदेखिएको भन्दै सम्बन्धित निकायका प्रमुखहरुलाई प्रभावकारिता बढाउन कडा निर्देशन दिए ।


क्लिकमान्डु