बैंकासुरेन्स किन बन्द गरियो ? खोज्नुपर्ने बेला आएको छः प्राइम लाइफका सीइओ मनोजकुमार भट्टराई
नेपाल लाईफ इन्स्योरेन्स, ग्रान्ड बैंकहुँदै २०७१ सालदेखि प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका मनोज कुमार भट्टराईले बीमा क्षेत्रमा करिब २० वर्ष बिताइसकेका छन् । बैंक तथा बीमा क्षेत्र दुबैलाई नजिकबाट बुझेका भट्टराईसँग बीमा बजारको पछिल्लो अवस्था, यस क्षेत्रकोसम्भावना, चुनौती, समस्या र समाधानका साथै प्राईम लाईफसँग सम्बन्धित रहेर क्लिकमाण्डूका लागि दिलु कार्कीले गरेको कुराकनीको सम्पादित अंशः
बीमा क्षेत्र अहिले कस्तो अवस्थामा छ ?
समग्रमा बीमा क्षेत्रको अवस्था भने बाहिर मानिसहरुले हल्ला गरेको जस्तो छैन । २ वर्ष अघिसम्म १०/११ प्रतिशतको बीचमा रहेको बीमाको पहुँज बढेर २५ प्रतिशतमा पुगेको छ भनिएको छ । तर दायरा बढे पनि त्यस अनुसारको सन्तुलन मिलेको भने छैन । आजको दिनमा कति बीमा भयो भनेर भन्नु भन्दा पनि हुनुपर्ने जति बीमा भएको छ कि छैन ? भन्ने अहम् प्रश्न हो ।
आवश्यकताभन्दा बढी र आवश्यकता भन्दा घटी बीमा गर्ने गरिएको छ । जसको बीमा हुनपर्ने हो उसको बीमा भएको छ कि छैन ? त्यो पनि हेर्नु पर्ने हुन्छ । बीमा कम्पनीहरुमा अन्डर इन्स्योरेन्स र ओभर इन्स्योरेन्स भइरहेका छन् । अन्डर इन्सोरेन्समा १० लाख रुपैयाँको बीमा गर्ने क्षमता भएको व्यक्तिले १ लाख रुपैयाँको बीमा गरेर बसेको छ । ओभर इन्सोरेन्समा बीमा गर्न सक्ने क्षमता २ करोड रुपैयाँ हो । तर ५ लाख रुपैयाँको मात्र बीमा गरेर बसेका हुन्छन् । उनीहरुको उदेश्य के हो त्यो पनि बुझ्नु पर्छ ।
गत आर्थिक वर्ष बीमा कम्पनीहरुले १ खर्बको बीमा शुल्क संकलन गरे । त्यसमा ७६ अर्ब जीवन बीमा कम्पनीको छ भने २५ अर्ब रुपैयाँ निर्जीवन बीमा कम्पनीहरुको छ । निर्जीवन बीमा कम्पनीको हिस्सा २५ प्रतिशतमात्र यो अर्थतन्त्रको सुचकको हिसाबले राम्रो होइन । निर्जीवन बीमा थोरै हुनु भनेको आर्थिक क्रियाकलाप कम हुनु हो ।
बैंकलाई एजेन्सी बनाएर बीमा पोलेसी बेच्ने भनेको भर्खरै मात्र शुरु भएको त होइन । पहिलेबाट नै बैंकहरुलाई संस्थागत एजेन्ट बनाएर बीमा पोलेसीहरु बिक्री गरिन्थ्यो । प्राइम लाईफ शुरु भएको १२ वर्ष भयो । हामीले ११ वर्षअघिदेखि केही बैंकहरुसँग संस्थागत एजेन्सीको रुपमा काम गर्दै आएका थियौं । हिँजोसम्म नआएको कुरा आज कसरी आयो । र, बन्द गरियो ? यो खोजीको विषय हो ।
सबै कुरालाई थाति राखेर जिवन बीमा कम्पनीहरुलाई मात्र हेर्न हो भने बीमाको विकास र विस्तार असाध्यै राम्रो छ । बीमाका सम्भावना जिवन र निर्जीवन दुवैमा प्रचुर छन् । तर तथ्यांकलाई मात्र हेरेर अब बीमाको दायरा बढ्यो भनेर चित्त बुझाउनु पर्ने अवस्था पनि छैन । नेपाल अझैपनि बीमाको प्रचुर सम्भावनाहरु छन् ।
बीमा कम्पनीहरुले सही खालका बीमा योजनाहरु चाँही ल्याउनु पर्यो । आर्थिकरुपले सक्रिय जनसंख्या ८५ प्रतिशत होलान् । बीमाको पहुँज ती आर्थिकरुपले सक्रिय जनसंख्यामा पुर्याउनु पर्छ । तर बीमा व्यवसाय बढाउने खालका बीमा योजना भन्दा पनि वास्तवमा बीमाको दायरा बढ्ने प्रकारका योजना ल्याउनु पर्छ ।
जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा प्रिमियममामात्र ६० प्रतिशतभन्दा माथिको वृद्धि गरेका थिए । गत वर्ष ४६ प्रतिशतले वृद्धि भएकोे छ । संख्यात्मक हिसाबमा पनि अघिल्लो वर्ष ९ लाख मानिसको नयाँ बीमा भएको थियो भने गत वर्ष ३३ प्रतिशतले बढेर १२ लाख मानिसका नयाँ बीमा भएको छ ।
तर यसलाई हामी त्यति उत्साहप्रद भनेर विश्लेषण भने गर्दैनौं । बीमाको दायरा बढ्यो भनिरहेको छ । बीमा पहुँज एकै पटक यति धेरै बढ्यो भनिएको छ । तर आज बीमा गर्यो, बीमा गरेको १ महिना भित्रमा कर्जा लिन पाइने खालको बीमा योजनामा मानिसहरुको आकर्षण बढेर त्यो बीमा पोलेसीमा मात्र बीमा गर्ने मानिसको भिड लागेको हुन्छ । यो त बीमा भएन ।
वास्तविक बीमा भनेको के हो ?
बीमाको एउटा प्रमुख उदेश्य छ । बीमाको प्रमुख सिद्दान्त नै के हो भने ‘रिस्क कभर’ गर्ने हो । आफ्नो आर्थिक क्षमताले भ्याएसम्मको बीमा गर्ने हो । बीमाको सिद्दान्त अनुसार नै बीमा गर्न हो भने मनिसहरुले ट्रम इन्सोरेन्स गर्न पर्छ । आजका दिनमा ४० वर्षको मानिस छ भने १ लाख रुपैयाँको प्रतिहजार ३ रुपैयाँ २० पैसामा आफ्नो बीमा गर्न पाउँछ । भन्नाले १ लाख रुपैयाँको ३ सय २० रुपैयाँ प्रिमियम तिरेर १ करोडको २ हजार रुपैयाँको बीमा हुन्छ । २ हजार रुपैयाँ तिरेर १ करोडको बीमा हुन्छ भने त्यो साच्चिकैको बीमा हो । ३२ हजार तिरेर १ करोडको बीमा गर्ने पो बीमा त, मानिसको लाईफ भ्यालु त १ करोडभन्दा माथिको हुनु पर्यो नि ।
हिँजोको दिनमा ९ वटा कम्पनीहरु हुँदाहुँदै १० वटा कम्पनीहरु भित्र्याइयो । ती १० वटै कम्पनीहरु धेरै भएको हो भने पुराना ९ वटा कम्पनीहरुमा नाम नै तोकेर यसमा मर्ज भएर कारोबार गर भनेर नियामक निकायले भन्नु पर्यो । अब संचालनमा आइसकेका बीमा कम्पनीहरु त जो सरर्भाइभ हुनसक्छ उसले गरेर खान्छ । सरर्भाइभल र फिटनेसको कुरा हो विजनेश हो । समय अनुसार चल्न सक्नुपर्छ ।
यहाँ त ७ हजार रुपैया तिरेर १ लाखाको बीमा गरिरहेका हुन्छन् । अनि बीमा गरेको १ महिनामा नै कर्जा लिएका हुन्छन् । कर्जा लिने प्रयोजनका लागिमा मात्र बीमा गर्नु त बीमा होइन । बीमा भनेको सानो सानो रकम जम्मा गरेर रिस्क कभर गर्दै र रिस्क ट्रान्सफर गर्दै जाने भन्नु पर्नेमा एक मुस्ट्र प्रिमियम तिरेर बीमा गरेर १ महिनामा नै कर्जा लिनेलाई सहि बीमक वा सही बीमा भएको भन्न मिल्दैन ।
हालसम्म ७२ लाख जनाको जीवन बीमा भएको छ । तर यो ७२ लाख जनाले बीमा गरे भनेर भन्न मिल्दैन । यो ७२ लाख वटा बीमा पोलेसी बिक्री भएको हो । एक जनाले ४/५ वटासम्म बीमा पोलेसीहरु खरिद गरेका छन् । यो ७२ लाखभित्र एक जनाले खरिद गरेका सबै बीमा पोलेसीहरु गणना गरिएको हुन्छ । बीमाहरुमा ल्याप, सरेन्डर, म्याचुरीटी, डेर्थ, मल्टििपल पोलेसी छन्, यी सबै कुराले गर्दा यो तथ्यांक आफैमा कत्तिको सहित भन्ने कुरा नै अन्योल छ ।
जीवन बीमा कम्पनीहरुबीच बढी नै अस्वस्थ्य प्रतिस्पर्धा छ भनिन्छ, कस्तो प्रतिस्पर्धा भइरहेको छ ?
बीमा भन्ने पेसा र व्यवसाय दुवै इज्जतिलो हुनु पर्छ भन्ने हिसाबले काम गर्दा अभिकर्तालाई लोभलालच देखाएर, अन्डर इन्सोर, ओभर इन्सोर गराएर तथा इसोरेवल इन्टेस नभएकालाई पनि इसोरेन्स गराएर गलत हो । तर मैले नराम्रो देखेको कुरालाई अर्कोले राम्रो पनि देखेको हुन्छ । र, मैले राम्रो देखेको कुरा अरुको नजरमा राम्रो पनि हुनसक्छ । अस्वस्थ्य प्रतिस्पर्धाभन्दा पनि केही नकारात्मक अभ्यासहरु भने भएको छ ।
आफ्नो आफ्नो कम्पनीको व्यवसाय पोलेसी अनुसारको सोचाइ फरक छ । तर संख्यात्मक हिबासले मात्र बढाएर मात्र हुँदैन । वास्तविक बीमा भएको हुनु पर्छ । विभिन्न लोभ–लालचमा मात्र बीमा गराउने नभएर साच्चिकै बीमा गराउनु पर्छ । बीमा भनेको जोखिम हस्तान्तरणसँगै एक प्रकारको बचत हो भन्ने मानसिकता बनाउनु पर्छ ।
बीमा कम्पनीहरुले १० लाख रुपैयाँको बीमा गर अनि २ महिना पछि ९ लाख रुपैयाँ तिरेर ६ लाख रुपैयाँ कर्जा लैजाउ भन्नेलाई बीमा भन्न मिल्दैन । तर यसरी नै बीमा पोलेसी बेच्ने बीमा कम्पनीहरुलाई त यो नै बीमा हो भन्ने लागेको हुनसक्छ । अर्को कुरा जुनसुकै क्षेत्रमा पनि जब नयाँ कम्पनीहरु आउँछन् यस्तो प्रतिस्पर्धा त बढ्छ नै ।
त्यसोभए नयाँ थपिएका १० वटा जीवन बीमा कम्पनीहरु बढी भएका हुन् त ?
जीवन बीमाको क्षेत्रमा १९ वटा जीवन बीमा कम्पनी संख्यात्मक हिसाबले बढी नै भएको छ । ९ वटा भइरहेको ठाँउमा १० वटा थपिनु भनेको वास्तवमै धेरै हो । संख्यात्मक हिसाबमा एकै पटक १० वटा कम्पनीहरु आउदाँ त्यो कम्पनीहरुले पनि आफ्नो अस्तित्व जोगाउन केही न केही गर्न पर्छ । कम्पनी संचालनमा आइसक्यो । १ अर्ब ४० करोड प्रमोटरहरुले लगाइसकेका हुन्छन् । लगानीको प्रतिफल लिनको लागि केही न केही गर्नै पर्यो । कम्पनी संचालन गर्न नाफा कमाउन जस्तो पनि व्यवयायीक पोलेसीहरु ल्याउँछन् ।
पुराना बीमा कम्पनीहरुमा त्यो समस्या छैन । तर नयाँ आएका कम्पनीहरुलाई प्रमोटरहरुले जसरी भएपनि नाफा चाहिन्छ भनेर दवाब दिएका हुन्छन् । अनि विचरा सीइओहरुले आर्दशको कुरा गरेर हुँदैन । जसरी भएपनि विजनेश ल्याएर देखाउनु पर्छ ।
कम्पनी आज ल्याएको बीमा पोलेसीले भविस्यमा कम्पनीमा वा सम्पुर्ण बीमा क्षेत्रमा नै जस्तो असर पर्ने होस् । तर आज त ती सीइओहरुले विजनेश ल्याएर नाफा देखाउनु नै पर्ने हुन्छ । जसका लागि एजेन्ट र स्टाफलाई बढी लाभ नै दिएर भएपनि बीमा पोलेसी बिक्री गर्नु नै पर्छ । बजारमा आफ्नो अस्तित्व कायम गर्नकै लागि भएपनि केही न केही त गर्न पर्छ यसैकारणले पनि नयाँ थपिएका जीवन बीमा कम्पनीहरुले गर्दा प्रतिस्पर्धा बढेको छ ।
आफु बजारमा स्थापित हुनका लागि संयमित भएर लगानी गर्नुपर्छ । पछि थपिएका १० वटा कम्पनीहरुमा पनि केही कम्पनीहरुले असाध्यै राम्रोसँग संयमित भएर आफ्नो स्तर अनुसार नै विजनेश अघि बढाइरहेका छन् । केही कम्पनीहरुले मात्र असंयमित भएर आक्रमक रुपमा विजनेश बढाएका हुन् । नयाँ थपिएका १० वटै जीवन बीमा कम्पनीहरु धेरै भएका भन्न मिल्दैन ।
बीमा कम्पनीहरु बीच मर्जरको आवश्यकता परेको हो ?
बीमा समिति र अन्य सरोकारवाला निकायहरुबाट पनि मर्जर गर्नु पर्छ भन्ने कुराहरु बेला–बेलामा कुरा आइरहेको हुन्छ । सबैको आ-आफ्नो सिद्दान्त हुन्छ । नियामक निकायले ९ वटा जीवन बीमा कम्पनी हुदाँ हुदै कुन सिद्दान्त अनुसार १० वटा बीमा कम्पनी ल्यायो ? हरेक चीजको पछाडि तर्क हुन्छ । केही सोचेर नयाँ बीमा कम्पनी ल्याएको होला नियामक निकायले । सायद पुरानो बीमा कम्पनीहरुले पहुँज विस्तार गर्न नसकेर होला । जनसंख्या र अर्थतन्त्रको आकार अनुसार नयाँ कम्पनीहरु थपिएको हुनसक्छ ।
२०७४/७५ मा ९ लाख जनाले जीवन बीमा गरेको थिए भने ०७५/७६ मा १२ लाखले बीमा गरेका छन् । यो भन्दा अघिल्लो बर्षहरुमा साढे लाख ४ लाखभन्दा बिमित नै थिएनन् । ९ वटा जीवन बीमा कम्पनी हुँदा ४ लाखभन्दा थिएनन् भने १० वटा नयाँ कम्पनी थपिएपछि १२ लाख पुग्यो । नयाँ कम्पनी आए पश्चात् मार्केटको ग्रोथ त तेब्बरले भएको छ । आफ्नो अस्थित्वका लागि भएपनि नयाँ कम्पनीहरुले आक्रमकरुपमा पोलेसी बेचेर बजार बढाएका छन् ।
तर नयाँ कम्पनीहरुले नयाँ पोलेसी ल्याएर बजार ओगटे भनेर पुरानो कम्पनीहरु भन्नु भन्दा त्यसै अनुसार संयमित भएर प्रतिस्पर्धामा जानु पर्छ । मर्जर भन्ने बिषय बीमा क्षेत्र बिशेष जीवन बीमाको क्षेत्रमा किन आएको हो थाहा भएन । भर्खरैमात्र नयाँ कम्पनी थपिएका छन् । साच्चिकै संख्या बढी हुन्थ्यो भने २ वर्षघि नयाँ बीमा कम्पनीहरु थप्नु नै हुदैन थियो ।
हिँजोको दिनमा ९ वटा कम्पनीहरु हुँदाहुँदै १० वटा कम्पनीहरु भित्र्याइयो । ती १० वटै कम्पनीहरु धेरै भएको हो भने पुराना ९ वटा कम्पनीहरुमा नाम नै तोकेर यसमा मर्ज भएर कारोबार गर भनेर नियामक निकायले भन्नु पर्यो । अब संचालनमा आइसकेका बीमा कम्पनीहरु त जो सरर्भाइभ हुनसक्छ उसले गरेर खान्छ । सरर्भाइभल र फिटनेसको कुरा हो विजनेश हो । समय अनुसार चल्न सक्नुपर्छ ।
कुनै समय आक्रमकरुपमा बजार विस्तारमा होमिएको प्राइम अहिले सुस्त गतिमा देखिन्छ नि, किन ?
जुनबेला प्राइम लाइफ बीमा बजारमा आयो त्यो समयमा मार्केटिङ्ग, ब्राण्डिङमा जुन किसिमको भ्राइव्रेन्ट ल्याएको थियो । शुन्य वा तीन विचार गराँै एक छिन भनेर ल्यायो । त्यो अन्तर्राष्ट्रियस्तरका बीमा क्षेत्रमा यस सम्बन्धी सचेतना गजाउने थियो । नारा अनुसार बीमा गलाउँदा तीन वटा फाइदा हुने र नगराउँदा शुन्य हुने भनेको हो । त्यो प्राइम लाइफसँगमा सम्बन्धित हुने नारा थिएन । जुनसुकै कम्पनीसँग पनि बीमा गर्दा शुन्य वा तीन हुन्थ्यो ।
म त्यो बेला प्राइममा थिइँन । बाहिरबाट मुल्यांकन गर्दा त्यो नारामा प्राइमले लगानी गर्यो । तर त्यसको प्रतिफल अरु बीमा कम्पनीहरुले लिए । विषेशगरी प्राइम लाइफभन्दा पुरानो बीमा कम्पनीले धेरै लिए । किनभने उनीहरुको विजनेश, बोनश, बीमा कोषदेखि लिएर सबै ठुलो थियो । मानिसहरुमा बीमा गर्नु पर्ने रहेछ भनेर थाहा भएपछि कहाँ गर्दा राम्रो हुन्छ भन्दा जुन पुरानो कम्पनी हो उनीहरुलाई नै बढी विश्वास गर्नु स्वभाविक नै थियो ।
आजभन्दा २ बर्ष अगाडि नै मैले ३ अर्बको पुँजी पुगेपछि ५ वर्षसम्म कम्पनी घाटा वा नाफा जे भएपनि न्युनतम १० प्रतिशत बोनस वितरण गर्छु भनेर घोषणा गरेको थिए । मसँग अहिले ३ वर्षसम्म बोनस बाढ्ने पैसा भइसकेको छ ।
तर, पछि विविध कारणले गर्दा प्राइम लाइफ अलिकति सुस्त भयो । २०७१ सालमा म प्राइममा आए, त्यसपछि हामीले अरु कुनै नयाँ कुरा नगरी त्यो नारालाई ब्राण्डिङमा पनि खर्च गरेनौँ । हामीले स्टाफ मोविलाइजेसन, मार्केटिङमा एजेन्सीहरुलाई बढी लगाउने भनेर त्यही नारामा लाग्यौं । त्यसको आधारमा हामी ठाँउ-ठाँउमा जाने विभिन्न एजेन्सीहरुलाई भेट्ने, उनीहरुलाई सिकाउने गर्यौं ।
हामीले आज टिम बनाएर पनि पुर्वदेखि पश्चिमसम्म तालिमहरु दिइरहेका छौँ । हामी आफंै र बाहिबाट समेत मान्छे ल्याएर एजेन्सी, स्टाफ सबैलाई प्रत्येक वर्ष विभिन्न प्रकारका २ वटासम्म तालिम दिन्छौँ । स्टाफ र एजेन्सीलाई तालिम दिएर नै उनीहरुबाट नै बढी काम लिन पर्छ भन्ने मान्यतामा अहिले हामी हिडिरहेका छौँ । ब्राण्डिङको पाटोमा हामीले अरु केही गरेका छैन । ब्राण्डिङको लागि गरिने खर्चमा भन्दा कम खर्चमा स्टाफ र एजेन्टहरुलाई तालिममा खर्च हुन्छ । त्यसले गर्दा अहिले प्राइमको विजनेशको स्तर बढिरहेको छ । २०७१/७२ सालमा प्राइम लाइफको विजनेश ग्रोथ १४५ प्रतिशत थियो । त्यसपछिका वर्षहरुमा क्रमश ग्रोथ बढाउँदै गएका छौं ।
प्राइम लाइफलाई थप सफल बनाउन के कस्ता योजनाहरु बनाउनु भएको छ ?
हामीले नयाँ किसिमको ब्राण्डिङ नगरे पनि हामीले भइरहेको चिजलाई निरन्तरता दिँदै नया मिडियाहरु खोजेका छौँ । भर्खरैमात्र हामीले बस ब्राण्डिङका शुरु गरेका छौँ । यो लाइफ इन्सोरेन्स कम्पनी मध्येमा बस ब्राण्डिङ गर्न प्राइम लाइफ नै सबैभन्दा सबै भन्दा पहिलो हो । हामीले उपत्यका र यसका वरिपरी संचालन हुने हरेक बसमा प्राइम जीवन उपहार भनेर राखेका छौँ । यसैलाई हामीले उपत्यका बाहिरमा पनि गर्ने योजना बनाएका छौँ ।
आत्माहत्या गर्ने बित्तिकै पनि बीमाको पैसा पाइन्छ भन्यो भने त बीमा गरेर आत्माहत्या गर्ने मानिसको संख्या बढ्छ ।
अर्को प्राइम लाईफमा १ वटा बीमा गर्दा त्यसको १ वर्ष पछि त्यहि रकमको अर्को बीमा पोलेसी सित्तैमा दिएका छौँ । हामीले गत वर्षको साउन देखीको १७ देखी त्यो पोलेसी बेचेको यो बर्षको साउनमा हामीले जसको १ वर्ष पुगेको छ उसलाई सोहि रकम बराबरको अर्को पोलेसी सित्तैमा दिएका छौँ । हामीले पनि यस्तै प्रकारका पोलेसीहरुले नयाँ तरिकाले अगाडि बढेका छौ । अहिले जिवन बीमा कम्पनीहरुले विभिन्न रोगहरुको उपचारमा बीमा लगरिदिने भनेर भनेको छ । त्यो हामीले २ वर्षअघि नै ल्याएका थियौं ।
हामी सहि सुचना दिएर समानुकुल परिवर्तन गरि काम गर्नु पर्छ । दुर्घटना मृत्यु बीमा गर्दा मरेपछि मात्र पैसा पाइन्छ तर अहिले हामीले मृत्यु बीमामा पिए भनेर जोडेका छौँ । जसमा बीमांक पाउनलाई मर्नु नै पर्दन । दुर्घटना शरिरको जुनसुकै अंगमा क्षति पुगेपनि कम्पनीको नियम अनुसार पैसा पाउँछ । यसरी नै समय अनुसार आफुलाई परिवर्तन गर्दै गएका छौँ ।
बीमा समितिले पुँजी पुर्याउन दिएको समय सकिएको छ, पुँजी वृद्धिका लागि के गर्दै हुनुहुन्छ ?
२०७१ सालमा प्राइम लाईफको चुक्ता पुँजी ४८ करोड १८ लाख रुपैयाँ थियो । म आउनेवित्तिकै पटक-पटक गरेर बोनश सेयर, हकप्रदसेयर जारी गरेर १ अर्ब ७८ करोड ४८ हाजर ३२५ रुपैयाँ पुँजी पुगेको छ । पुँजी बढाउन बीमा समितिले २०७५ असार मसान्तसम्मको समय दिएको हो । उसले ०७५ सालको नाफालाई पनि पुँजीमा जोड्न मिल्छ भनेको छ । विविध कारणले गर्दा प्राइम लाइफको फाइनान्सेस एप्रुभ हुन सकेको छैन । त्यस कारण हामीले साधारणसभा गर्न सकेको छैन् । त्यसैले पनि हामीले पुँजी पुर्याउन नसकेको हो । जबकी प्राइमसँग ०७५ सालमा ३२ करोड रुपैयाँ नाफा छ । २२ करोड रुपैयाँ भए हाम्रो पुँजी पुग्छ । एजिएक गर्न ढिलो भएको कारण पुँजी नपुगेको हो ।
हाम्रो साधारणसभा गर्न २/४ महिना ढिलो हुने भएर नै बीमा समितिको स्कृति लिएर लिएर विषेश साधारणसभा गर्दै छौँ । त्यो विषेश साधारणसभामा २०७४ साल सम्मको संचित मुनाफाबाट साढे १२ प्रतिशत बोनस सेयर बढ्ने छौँ । हाम्रो सेयर होल्डर फण्डमा भएको रिर्जभमा करिब २३ करोड रुपैयाँ छ । २ अर्ब पुर्याउन २२ करोड रुपैयाँ अवश्यक परेको छ । २०७६ असोज ७ गते हाम्रो विशेष साधारणसभा छ, त्यसमा बोनस सेयर वितरण पश्चात पुँजी पुग्छ ।
आजभन्दा २ बर्ष अगाडि नै मैले ३ अर्बको पुँजी पुगेपछि ५ वर्षसम्म कम्पनी घाटा वा नाफा जे भएपनि न्युनतम १० प्रतिशत बोनस वितरण गर्छु भनेर घोषणा गरेको थिए । मसँग अहिले ३ वर्षसम्म बोनस बाढ्ने पैसा भइसकेको छ ।
राष्ट्र बैंकले बैंकासुरेन्स बन्द गराएको छ । यसले बीमा कम्पनीहरुलाई कस्तो असर पार्छ ?
बीमा कम्पनीहरुले साच्चिकै बीमा गराएको थियो भने राष्ट्र बैंकले मौद्रि नीतिमा नै तोकेर बन्द गराउनु पर्ने अवस्था आउँदैन थियो । मुलुकको मौद्रिक नीति भनेको सानोतिनो दस्ताबेज होइन । बजेट कार्यन्यवन गर्नलाई सहयोग गर्न मौद्रिक नीति निमार्ण गरिन्छ । समग्र मुलुकको लागि बन्ने दस्ताबेजमा बैंकहरुले बीमा कम्पनीहरुको एजेन्ट भएर काम गर्न पाइँदैन भन्नुको कारण के हो । यो भन्नु पर्ने अवस्था कसरी सिर्जना त्यो बुझ्नु पर्छ । कतै न कतै त गलत अभ्यास भएको थियो होला । मानिसहरुले यसलाई कसरी लिए तर यो धेरै गम्भिर विषय हो ।
बैंकलाई एजेन्सी बनाएर बीमा पोलेसी बेच्ने भनेको भर्खरै मात्र शुरु भएको त होइन । पहिलेबाट नै बैंकहरुलाई संस्थागत एजेन्ट बनाएर बीमा पोलेसीहरु बिक्री गरिन्थ्यो । प्राइम लाईफ शुरु भएको १२ वर्ष भयो । हामीले ११ वर्षअघिदेखि केही बैंकहरुसँग संस्थागत एजेन्सीको रुपमा काम गर्दै आएका थियौं । हिँजोसम्म नआएको कुरा आज कसरी आयो । र, बन्द गरियो ? यो खोजीको विषय हो । यसलाई नियमनकारी निकायले यसको जड खोज्नु पर्छ । १८/१९ वर्षअघिका पुराना बीमा कम्पनीहरुले पनि बैंकलाई संस्थागत एजेन्सी बनाएर व्यवसाय गरेको थियो । १८ वर्षसम्म नआएको विषय अहिले किन निस्कियो भनेर सबैले खोज्नुपर्छ । र, त्यसको जड उखेल्नु पर्छ । २ वर्षयता नयाँ कुरा के भयो त्यो पत्ता लगाउनु पर्छ ।
अर्को कुरा गलत अभ्यास भएको हो भने त बैंक र बीमा कम्पनी दुबैको नियामक निकाय छ । गलत गरेको कसले हो, त्यो नियामक निकायले पत्ता लगाएर करवाही गर्नु पर्ने हो । वर्षौ वर्षअघिबाट चलिरहेको कुरालाई नै बन्द गराउनु त भएन नि । यो त गलत हो । यो त बिरामी भएको मान्छेलाई उपचार गर्नु भन्दा सिध्याइ दियो आनन्द हुन्छ भनेको जस्तो भयो । यो ठिक भएन, कसले गर्दा यस्तो अवस्था सिर्जना भयो भने अध्यान अनुसन्धान तथा विश्लेषण गरिनु पर्छ ।
यदि बीमा कम्पनीहरुले साच्चिकै बीमा गराएको थियो यसले व्यवसायमा असर गर्दैन । जीवन बीमा कम्पनीहरुलाई यो बन्द भएर त्यति असार गर्दैन । जीवन बीमा कम्पनीहरुसँग मात्र ५ लाखभन्दा बढी एजेन्सी फोर्स छन् । ५ लाख अभिकर्ताहरु जुन समयमा पनि जनताको घर-घरमा नै पुगेर बीमा पोलेसी बिक्री गर्छन् । तर बैंक एजेन्सी भनेको संस्थागत एजेन्सी हो । बैंकको तलब खाएर बस्ने कर्मचारीले बीमा पोलेसी बिक्री गर्छन् । बैंकभित्र बसेर काम गर्ने कर्मचारीले बैंकको ढोकाभित्र छिर्ने मान्छेलाई मात्र बीमाको कुरा गर्छ । बिदाको दिन वा जनताको घरदैलोमा नै पुगेर त बीमा गराउँदैन । फरक एत्ति छ बैंकमा बीमा बिक्री हुँदा ठुलो रकमका पोलेसी बिक्री हुन्छन् भने अभिकर्ताहरुले स-सानो रकमका बीमा पोलेसीहरु बिक्री गर्ने हुन् ।
मानिसले बीमा बुझिसकेका छन् । तर आवश्यक पर्नेहरुले अभिकर्ताहरुसँग गएर पनि बीमा गराउँछन् । एजेन्सीहरु भएका बीमा कम्पनीहरुलाई राष्ट्र बैंकको निर्देशनले ग्रोथमा खासै असर पर्दैन ।
तर बैंकमा नै आस्रित भएर गलत अभ्यास गरेर बीमा व्यवसाय गरेको भए भने अवश्य पर्छ । केही बैंकहरुको त कर्जाको निवेदनमा नै लेखिएको हुन्छ यतिसम्मको बीमा गर्दा यो कम्पनीमा यतिसम्मको बीमा गराउनु पर्छ भनेर । यस्तोलाई त म बीमा हो भनेर भन्दिन । यस्तो प्रकारको बीमा रिन्यु पनि हुँदैन । यो त ऋणीले कर्जा लिए वापतको खर्च लिएको हो । बैंकलाई एजेन्सी बनाएर काम गर्न रोक्दैमा विजनेश ट्छ जस्तो मलाई लाग्दैन । तर अब बीमा कम्पनीहरुले आफ्नो एजेन्सी भने बढाउनु पर्छ ।
पछिल्लो समयमा जीवन बीमाको लाभको कारणले नै अपराधीक घटनाहरु बढेका छन्, यसको रोकथामका लागि बीमा कम्पनीहरुले कस्तो सचेतना अपनाएका छन् ?
बीमा कम्पनीहरुले इन्सोरेन्स गराउँदा ओभर इन्सोर, अन्डर इन्सोर गराउनु हुदैँन र प्रोडकको फिचर यस्तो हुनुभएन जसले गर्दा बीमा कम्पनीहरुलाई झुक्याएर मैले लाभ लिन सक्छु भनेर बिमितले सोच्नु भएन । कति बिमांङ्क बराबरको जोखिम बीमा कम्पनीले लिने नलिने भनेर नीति नियम छ त्यो अनुसार चल्नुपर्छ । त्यो नियमनमा रहेर कारोबार गरेमा यस्तो खालको विकृतिहरु आउर्दैनन् । विकृति रोक्ने भनेको जराबाट नै त्यसको सम्भावनाहरुलाई न्युन गर्दै लानुपर्छ ।
जस्तो कसैले बीमाको लोभलालचमा बसेर बीमाको पैसा लिन सक्ला भनेर बीमा गरेको २ वर्ष सम्म दावी भुक्तानी नपाउने भनेर राखिएको छ । २ वर्षसम्म कुरेर नै बीमाको पैसा पाउनको लागि आत्माहत्या त गर्दन । बीमा गराउँदा नै यस्ता नियमहरु राख्यो भने विकृतिहरु न्युन भएर जान्छन् बीमा गराउँदा नै लोभ लालच हुने खालको बीमा पोलेसीहरु छन् भने विकृति आउँन् ।
आत्माहत्या गर्ने बित्तिकै पनि बीमाको पैसा पाइन्छ भन्यो भने त बीमा गरेर आत्माहत्या गर्ने मानिसको संख्या बढ्छ ।
पोखराको घटनामा हेर्दा ओभर इन्सोरेन्स भएको छ । मोवाइल रिप्यारिङ्ग गर्नेले श्रीमतीलाई १ करोडको बीमा गराएर जङगलमा लगेर मारेर बीमा रकम लिन खोजेको छ । त्यो मोवाइल रिप्यारिङ गर्ने मान्छेको वर्षको साढे ७ लाख रुपैयाँ प्रिमियम तिर्न सक्ने क्षमता छ कि छैन भनेर हेर्नु पर्छ बीमा कम्पनीले । १ पटक तिर्ने पनि होइन १५ वर्षसम्म वर्षको साढे ७ लाख रुपैयाँ मोवाइल रिप्यारिङ गर्ने मान्छेले तिर्न सक्छ त ? यो हेर्नु पर्छ ।
अर्को कुरा श्रीमान् कमाउने हो भने श्रीमतिको बीमा किन गरेको हो त्यो बुझ्नु पर्दैन, जो आर्थिक उपार्जन गरिरहेको छ उसको जोखिम बढी हुन्छ । अरुको कमाइमा अश्रित घरमा नै बस्ने मान्छेको जीवन त बहिर गएर कमाउने मान्छेको भन्दा धेरै हुदैन । श्रीमानको जिवन तलमाथि हुँदा उसको आर्थिक समस्या हुथ्यो । यसमा दावी भुक्तानीको लोभ भएको छ । त्यो बुझेरमात्र बीमा कम्पनीहरुले बीमा गराउनु पर्छ कम्पनीको अन्डर राइटिङ डिपार्टले राम्रोसँग हेर्नु पर्ने हो ।
बीमा कम्पनीहरुले यस्तो कुराहरुको स्टाफ वा एजेन्टहरुलाई तालिम दिनु पर्छ । र नियमक निकायले पनि यस्ता पोलेसीहरु पास गर्दा बुझेर मात्र पास गर्नुपर्छ ।