७ वटा म्यूचुअल फण्डले लाभांश दिँदा, ६ वटाले दिएनन्



काठमाडौं । सञ्चालनमा रहेको म्यूचुअल फण्डहरुमध्ये ७ वटाले लगानीकर्तालाई लाभांश दिएका छन् भने ६ वटाले लाभांश दिएका छैनन् । एनएमबि हाईब्रीड फण्ड एल १ ले लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ ।

लाभांश नदिने म्यूचुअल फण्डहरुमा नबिल ब्यालेन्स फण्ड २, नबिल इक्वीटी फण्ड, एनआईबीएल प्रगति फण्ड, लक्ष्मी इक्विटी फण्ड, ग्लोबल आईएमई समुन्नत स्किम १ छन् ।

अहिलेसम्म म्यूचुअल फण्डमा लगानी गरेर लाभांश दिनेहरुमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम ५३, सिद्धार्थ इक्विटी फण्ड ११, एनएमबी म्यूचुअल फण्ड ६२.१ प्रतिशत, एनआईबी म्युचुअल फण्ड ४५ प्रतिशत, लक्ष्मी म्यूचुअल फण्ड ५० प्रतिशत लाभांश दिएका छन् ।

अहिले जति वटा म्यूचुअल फण्डले लगानीकर्तालाई लाभांश दिन सकेको छैनन् उनीहरुको न्याभ (प्रति इकाइ खुद सम्पति मूल्य) घटेको छ । न्याभमा देखिएको गिरावटका कारण उनीहरुले लगानीकर्ताहरुले दिने भनेको नगद लाभाशं पनि वितरण गर्न सकेका छैनन् ।

नबिल ब्यालेन्स फण्ड-२ को न्याभ ०.६० प्रतिशतले बढेर १०.०६ पुगेपनि लाभांश दिएको छैन् । यस्तै नबिल इक्विटी फण्डको न्याभ १०.९० प्रतिशतले कम रहेको छ ।

यस्तै एनएमबी एचएफ १ ले पनि प्रति इकाइ खुद सम्पत्ति मूल्य ९.८० प्रतिशत बढेपनि लगानीकर्तालाई लाभांश भने दिएको छैन ।

नबिल प्रगति फण्डको प्रति इकाइ खुद सम्पत्ति मूल्यमा १७.७० प्रतिशत गिरावट रहेको छ भने ग्लोबल आईएमई समुन्नत स्किमको १२ प्रतिशत गिरावट, लक्ष्मी इक्विटी फण्डको पनि १०. ७० प्रतिशतको गिरावट रहेको छ ।

फण्डहरुले लगानीकर्तालाई लाभांश दिन्छु भनेपनि प्रति इकाइ खुद सम्पत्ति मूल्यमा गिरावट रहेकोले मूल्य १० रुपैयाँभन्दा बढी नगएसम्म लाभांश दिन पाँउदैनन् ।

फण्डहरु लामो समयदेखि सञ्चालमा आएपनि उनीहरुको प्रति इकाइ खुद सम्पत्ति मूल्यमा सुधार देखिएको छैन । उनीहरुले लगानीकर्तालाई वर्षमा निश्चित प्रतिशत लाभांश दिन्छु भनेपनि त्यो लगानीकर्ताको लागि दिवा सपना मात्र भएको । लगानीकर्ताको १० रुपैयालाई पनि अधिकांशले १० रुपैयाँभन्दा तल झारेका छन् ।

म्यूचुअल फण्डको फण्ड म्यानेजर र फण्ड स्पन्सर हुने गर्दछन् । फण्डबाट म्यानेजरले वर्षमा २ प्रतिशतल लिने, फण्ड स्पोन्सर शुल्क ०.५ प्रतिशत राखेको हुन्छ । यस्तै फण्ड सुपरभाइजरका लागि ०.५ प्रतिशत छुट्टयाएको हुन्छ ।

समग्रमा हेर्दा फण्डबाट लगानीकर्तालाई नाफा वा नोक्सान जे भएपनि ३ प्रतिशत फण्ड म्यानेजर, स्पोन्सर र सुपरभाइजरलाई नै खर्च हुन गरेको छ । एक लगानीकर्ता भन्छन, ‘म्यूचुअल फण्डले कमाएर लाभांश दिन्छु भनेर पैसा उठाउने तर वर्षैपिच्छे ३ प्रतिशत लिने गरेका छन् ।

पुँजी बजारको विकास र विस्तारका लागि भन्दै फण्डहरुको व्यवस्था गरिएको हो । २०६६ सालतिर बजार घटेर २९७ को हाराहारीमा आउँदा त्यो समयमा बजारमा संस्थागत लगानीकर्ता नभएको हुनाले संस्थागत लगानीकर्ता ल्याउने र त्यसको लागि केही सुविधा दिने भन्दै फण्ड सुरु भएको हो ।

संस्थागत लगानीकर्ता दीर्घकालिन हुन भन्ने नै थियो । जसले गर्दा बजारमा हुने अनावश्यक उथल–पुथल रोकर बजार व्यवस्थित हुन्छ भन्ने अपेक्षा थियो । त्यो अपेक्षा अहिले पूरा नभएको लगानीकर्ताको गुनासो छ ।

तर पछिल्लो समयमा फण्डहरुले बजारको विकास र विस्तार भन्दा पनि मुद्दति खातामा पैसा राखेर ब्याज खान पल्केको आरोप लाग्ने गरेको छ । फण्डको विकास गर्न भन्दै उनीहरुलाई पुँजीगत लाभकर नलाग्ने, आयकर नतिर्ने, साधारण सेयर (आईपीओ)को ५ प्रतिशत आरक्षणमा पाउने व्यवस्था गरिएको छ ।

तैपनि फण्डहरुले अपेक्षाकृत काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । फण्डलाई गरेको विशेष व्यवस्थाका कारण राज्यले पाउने करमा समेत कमी आएको लगानीकर्ताको गुनासो छ ।


क्लिकमान्डु