लघुवित्तलाई तेल लगाएर ‘भुषतीघ्रे’ बनाउँछौंः डेपुटी गभर्नर, नरबहादुर भन्छन्- स्वेच्छिक मर्जरको नीति राम्रो
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले माइक्रोफाइनान्स कम्पनीलाई तेल लगाएर ‘भुसतीघ्रे’ बनाउने बताएका छन् ।
मिडिया इन्टरनेशनलले राजधानीमा आयोजना गरेको मौद्रिक नीति समिक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन । कार्यक्रममा शिवाकोटीले माइक्रोफाइनान्सलाई राष्ट्र बैंकले मार्ने नै भयो भनेर प्रतिक्रिया आइरहेकोले त्यसो हुन नदिने बताए ।
‘राष्ट्र बैंकले जन्माएको संस्थालाई राष्ट्र बैंकले कुनै हालतमाल मार्दैन, बरु लेत लगाएर भुस तीघ्रे बनाउँछ,’ उनले भने ।
उनले माइक्रो फाइनान्सहरुको पुँजी कति बढाउने भन्ने कुरा अर्को वर्षसम्म निर्धारण गर्ने बताए । पुँजी बढाउने विषयमा राष्ट्र बैंक सचेत भएको भन्दै यसको लागि कसैलाई पनि चिन्ता नलिन आग्रह गरेका छन् ।
उनले भने ‘हामीकोमा ११ वटा माइक्रोफाइनान्स घटने गरी मर्जर र प्राप्तिमा जानको लागि निवेदन आएको छ, उनीहरुलाई हामीले आसय पत्र पनि दिइसकेका छौं, एउटामा २ र अर्कोमा २ वटा मिल्दैछन् ।’
आफै मर्जरमा जान तयार भएर आएपनि केही छैन, एकै पटक यसो गर उसो गर भनेर राष्ट्र बैंक नबस्ने उनको भनाई छ । कालान्तरमा लघुवित्तहरु मर्जंरमा जानै जानु पर्ने हो ।
उनले भने ‘अहिले तपाईहरुको सय करोड पुँजी छ कुनै एउटा संस्थालाई मर्ज गर्नु, मर्जर गरेर २ सय करोड बनाउनु, अब पुँजी पुँजी भनेर धेरै गनगन गर्न जरुरी छैन ।’
कार्यक्रममा उनले लघुवित्तहरुले धेरै महंगो, २०÷२२ प्रतिशतमा ऋण दिने हो भने सबै सहकारी संस्थामा जाने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरे । १४/ १५ प्रतिशतमा सहकारीले गाँउ गाँउमा ऋण दिइरहेकोले त्यसतर्फ पनि ध्यान दिँदै १८ प्रतिशत भन्दा बढीमा लगानी नगर्न आग्रह गरे ।
उनले भने, ‘ १८ प्रतिशत भन्दा बढीमा लगानी गरेको खण्डमा माइक्रो फाइनान्स कम्पनीहरु बाँच्दा पनि बाँच्दैनन् ।’
पछि राष्ट्र बैंकले बैंकको ब्याजदर बढेर १२/१४ प्रतिशत भएकाले अलि गारो भएको उनको भनाई छ । ब्याज बढेपछि २ प्रतिशत सेवा शुल्क लिन छुट गरेको पनि स्मरण गराए ।
हिँजो २ करोड ५ करोड पुँजी हुँदा माइक्रोफाइनान्सहरुलाई धेरै मार्जिन चाहिने भएपनि अब पुँजी बढेको, लगानी धेरै भएको, देशब्यापी संजाल भएपछि गर्ने लगानीबाट धेरै मार्जिन राख्दा पनि समस्या नपर्ने बताए ।
शिवाकोटीले भने ‘हामीले पुँजी वृद्धि, मर्जरमा हाम्रो तपाईहरुसँग साथ रहेको छ ।’
लघुवित्तको संख्या बढी भएकोले चिन्ता भएको भन्दै अब आगामी दिनमा २०/२५ वटामा लघुवित्त ल्याउने नीति आगामी दिनमा बन्ने बताए ।
स्वेच्छिक मर्जरको नीति राम्रो: नरबहादुर थापा
कार्यक्रममा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशन नरबहादुर थापाले अहिले ९१ अर्ब रुपैयाँ शोधनान्तर घाटा हुँदा पनि मौद्रिक नीति भने विस्तारकारी आएको बताए । उनले पछिल्लो समयमा ६ प्रतिशत आर्थिक वृद्धि पनि मौद्रिक नीतिले गर्दा भएको भन्दै अहिलेको नीतिले सरकारले भनेको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्ने खालको रहेको धारणा राखे ।
कार्यक्रममा बैंकहरुको फोर्स मर्जरको विषयमा पहिला धेरै चर्चा भएपनि अहिले स्वैच्छिक रुपमा आएको बताए । उनले भने ‘यसरी स्वेच्छिकरुपमा आउँदा धेरैले राहत महसुस गरेका र जबरजस्ती गर्न पनि हुँदैन, यसरी जबरजस्ती मर्जरमा लगेर नेपालीले के पाँउछन् ?’
विगत केही वर्ष यता मर्जरको कुराले गर्दा विकास बैंक र वित्त कम्पनीलाई समस्या परेको उनको भनाई छ । थोरै ६/७ हजार ऋण चाहिलाई ठूला बैंकले नदिने भएर नै वित्त कम्पनीको परिकल्पना गरिएको भएपनि अहिले वाणिज्य बैंकहरुले नै बजार पिटेको उनको तर्क छ ।
सन्तान जन्माएपछि लाउन खान दिनुपर्योः जोशी
कार्यक्रममा माइक्रो फाइनानस एसोपिसएसनका अध्यक्ष रामचन्द्र जोशीले ४ वर्ष अघिदेखि वाणिज्य बैंकहरुले दिँदै आएको विपन्न वर्गको लागि दिइने ५ प्रतिशत कर्जा अझै पनि नबढेकामा चिन्ता व्यक्त गरे । संस्था ३९ वटा हुँदाको र अहिलेको पनि उति नै हुँदा समस्या भएको उनको भनाई छ ।
उनले भने ‘यसले गर्दा बाउ आमाले सन्तान जन्माउने तर खान, लाउन दिन नसक्ने अवस्था आएको छ, मौद्रिक नीतिमा हाम्रा माग प्रयाप्त मात्रामा सम्बोधन भएनन् ।’
नीतिमा राष्ट्रियस्तरकालाई ३० र प्रदेश स्तरकालाई २० करोड पुँजीको व्यवस्था गर्न आग्रह गर्दा पनि त्यसो हुन नसकेको प्रति चिन्ता जनाए ।
उनले आगामी दिनमा माइक्रोफाइनान्स कम्पनीहरु आफैं नै मर्जरमा जान तयार रहेको बताए ।