मौद्रिक नीतिको व्यवस्थाले बैंकको संख्या ५०% घट्छः डेपुटी गभर्नर शिवाकोटी
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले वाणिज्य बैंकको संख्या हाल भएकोमा आधा हुने बताएका छन् ।
मौद्रिक नीति पछि आफ्नो प्रतिकृया दिँदै शिवाकोटीले बैंकहरुलाई मर्जरबाट घटाउने बताए । उनले भने ‘हामीले संख्यालाई यति उति भनेर तोकेका छैनौं, करिब करिब आधी संख्या भयो भने त्यो इकोनोमिलाई राम्रो हुन्छ भन्ने हाम्रो सामान्य ठम्याई हो ।’ नेपालको वित्तीय प्रणालीमा कति वटा वाणिज्य बैंक चाहिन्छ भनेर कुनै अध्ययन भएर निचोडमा नपुगेको बताए ।
उनले भने‘ बैंकहरुको मर्जर तुरुन्ताको तुरुन्तै नसकिने भएकोले एक वर्षको समय दिएका छौं । त्यो समयमा आउनेले अर्को एक वर्ष विभिन्न सहुलियत पाउने छन् ।’
यो अवधिमा अन्तराष्ट्रिय अभ्यास पनि हेरेको र धेरै संख्या हुँदा हुने खर्च कटौती गर्ने र त्यो खर्च कटौती हुँद बैंकहरुको मुनाफा बढ्छ र त्यो मुनाफा सबै सरोकारवालालाई लाभ हुन्छ भनेर यो व्यवस्था गरेको शिवाकोटीले बताए ।
अहिले सबै बैंकलाई जोडदा कति कारोबार गरेका छन् कति डिपोजिट गरेका छन, कति डिपोजिट गरेका छन् त्यो कारोबारको निरीक्षण, सुपरिवेक्षण राष्ट्र बैंकले गर्दै आएकोले मर्जर हुँदा पनि बैंकको संख्या घट्ने र कारोबार नघटने भएकोले मनोटरिङमा राष्ट्र बैंकलाई समस्या नपर्ने बताए ।
उनले भने ‘बैंकको संख्या सार्है कम भयो भने पनि अस्वस्थ प्रतिस्पर्धा, कार्टेलिङ हुने भएकोले त्यस्तो नहोस भन्ने राष्ट्र बैंकको चाहना हो ।’
एकै जना लगानीकर्ता ‘क’ बैंकमा ‘ख’ बैंकमा पनि भएको खण्डमा निश्चित प्रतिशत भन्दा माथीको सेयर मात्र राख्न पाउने तोकेको जानकारी गराए । उनले त्यसको लागी कार्यविधि बनाएर सर्कुलर बनाएर जारी गर्ने जानकारी गराए । उनले भने ‘तिनीहरुको लागि पनि मर्जरमा लैजान काउन्सीलिङ गर्छौ ।’
राष्ट्र बैंकले ब्याजदरलाई व्यवस्थापन गर्न, बाह्य क्षेत्रलाई स्थायित्व कायम गर्न चाहन्छौं । त्यसैले हामीले गत वर्ष लिएको नीतिको आधारमा निक्षेपको ब्याजदर स्थिर छ, कर्जाको ब्याजदर गत वर्षको भन्दा घटेको बताए । ब्याजरदरलाई स्थायित्व दिन र अझ घटाउन प्रयत्न गरेको तर्क गरे ।
उनले भने ‘४ प्रतिशत लिने पुर्नकर्जालाई ३ मा झारेका छौं । १० लाख सम्मको एसएमई कर्जालाई १० बाट ७ प्रतिशतमा झारेका छौं । यसले ब्याजदरमा सुधार आउँछ ।’ राष्ट्र बैंकबाट लिने कर्जा घटेको छ भने उता गर्ने लगानीमा पनि घटेको बताए । यसले गर्दा बैंकको सबै ब्याज घटछ ।