अमेरिकाको उदाहरण दिँदै गर्भनरले बैंकरहरुलाई भने- मर्जरमा जानुस, पछि फाइदा देखिन्छ (भिडियो)




काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अमेरिका जस्तो देशमा पनि बैंकहरु मर्जरमा जाने गरेको दृष्टान्त पेश गर्दै नेपालमा पनि मर्जर आवश्यकता रहेको बताएका छन् ।

सोमबार राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव लिन आयोजना गरेको कार्यक्रममा गभर्नर नेपालले नेपालमा मात्रै नभइ अमेरिकामा पनि बैंकहरुको मर्जर आवश्यकताका आधारमा हुने बताए ।

गभर्नर नेपालले भने, ‘अब तपाईहरुले हामीलाई पनि सहयोग गर्नु, मर्जरको विषयमा पनि तपाईहरुले सहयोग गरिदिनुहोस ।’

बैंकहरु मर्जरमा जाँदा प्रविधिलगायतको क्षेत्रमा लाग्ने खर्च कम हुने बताए । पछिल्लो समयमा विश्वमा नयाँ–नयाँ प्रविधि आएको भन्दै त्यहीअनुसार बैंक तथा वित्तीय संस्थाले आफूलाई पनि प्रविधिमैत्री बनाउन आवश्यक रहेको जानकारी दिए ।

कार्यक्रममा बैंकहरु धेरै हुँदा फाइनान्सीयल कस्ट बढी हुने भएकाले मर्ज भएपछि फाइनान्सीयल कस्ट कम हुँदै जाने उनको भनाइ छ । उनले भने, ‘बैंक तथा वित्तीय संस्था मर्जरमा गएपछि बैंकहरुमा पैसाको मुभमेन्ट कम हुन्छ ।’ बर्जरको प्रक्रिया संसारमा चलिरहेको धारणा समेत राखे ।

बैंक तथा वित्तीय क्षेत्रमा सबै पढेलेखेका मान्छे हुने भएकाले यस्ता मान्छेले गरेको काममा कुनै कमिकमजोरी हुन नहुने तर्क गरे ।

अहिले मर्जरको कुरामा अहिले जे जति कुरा आएपनि पछि त्यसको प्रभाव राम्रो हुने उनले तर्क गरे । आफूलाई चित्त बुझे ठीक, नबुझेकोखण्डमा बेठीक हुने नीति अबलम्बन गर्न नहुने गभर्नर नेपालको भनाइ छ ।


१० वर्षको अवधिमा २ अर्ब रुपैयाँ पुँजी पुर्याउनु भन्दा निकै मेहतन गरेर हकप्रद जारी गर्दै–गर्दै बल्ल तोकेको पुँजी पुर्याएको स्मरण गर्दै विश्वमा कहीँ पनि यति धेरै समय नदिने दाबी गरे ।

कार्यक्रममा गभर्नर नेपालले सबैको सुझावलाई निकै गम्भीरताका साथ लिएको र त्यही अनुसार मौद्रीक नीति ल्याउने आश्वस्थ बनाए ।

कार्यक्रममा बैंकिङ विज्ञ अनजराज भट्टराईले मौद्रिक नीतिका लागि सुझाव दिने क्रममा गैर आवासीय नेपालीलाई नेपालमा बैंक खाता खोल्न पाउने व्यवस्था गर्न सकेको खण्डमा निक्षेप बढ्ने बताए । यसले तरलता अभाव पनि न्यून हुन सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा डेभलपमेन्ट बैंक एसोसिएसनका अध्यक्ष गोविन्द ढकालले लगानीयोग्य रकम सिर्जना हुने खालको नीति अबलम्बन गर्ने खालको मौद्रीक नीति ल्याउन सुझाव दिए ।

उनले बैंकर्स र उद्योगी व्यवसायी एउटै डुंगाका यात्री भएकाले एक डुबे अर्को पनि डुब्ने भएकोले दुवै डुब्नु नहुने बताए । बैंक तथा वित्तीय संस्थाको रेट अफ इक्विटी घटेको समयमा बैंक तथा वित्तीय संस्थाको रिटर्न छ कि छैन हेरेर स्पेडदर निर्धारण हुनेमा आशावादी रहेको धारणा राखे ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको मात्र नभएर निक्षेपकर्ताले पनि उचित ब्याज पाउने कि नपाउने भन्नेमा ध्यान दिनुपर्छ ।

उनले भने ‘अहिले निक्षेपकर्ताले १०० रुपैयाँ ब्याज पाएको ठाँउमा अब घटेर ९५ हुने कि १०० नै कायम रहने हो त्यो हेर्नुपर्छ, अन्यथा डिपोजिट नै नरहने सम्भावना पनि बढ्दै जान्छ ।’

सुझाव दिने क्रममा वित्त कम्पनीका अध्यक्ष सरोजकाजी तुलाधरले बैंकहरुलाई फोर्स मर्जरमा जानभन्दा पनि स्वेच्छिक रुपमा मर्जरमा जाने वातावरण बनाउन सुझाव दिए ।

उनले भने ‘बैंकहरुलाई स्वेच्छिक मर्जमा जानको लागि विशेष व्यवस्था गर्न सकिन्छ, स्वेच्कि रुपमा जानेलाई कर्जा निक्षेप अनुपात (सिसिडी रेसियो) ८० बाट ८५ गर्ने तथा अन्य सहुलियत पनि दिन सकिन्छ ।’

सुझाव कार्यक्रममा लघुवित्त संघका अध्यक्ष रामचन्द्र जोशीले माइक्रोफाइनान्स क्षेत्रमा फण्डको अभाव भएको बताए । माइक्रोफाइनान्सले पाउने ५ प्रतिशत रकम पनि बैंकहरु आफैले लगानी गर्ने गरेको भन्दै उक्त रकम माइक्रोफाइनान्सले पाउने व्यवस्था मिलाउन सुझाव दिए ।

उनले अहिले १०० वटा माइक्रो फाइनान्स कम्पनी रहेको र मर्जर भएर ३० देखि ३५ वटामा झर्ने बताए । तर त्यसको लागि राष्ट्र बैंकले आवश्यक नीति ल्याउनु पर्ने बताए ।


क्लिकमान्डु