दुई महिनामा ७४ अर्बले ऋण बढ्यो, कुनमा कति ऋण बढ्यो (सूचिसहित)



काठमाडौं । अहिले वाणिज्य बैंकहरु ऋण दिनको लागि चाहिने रकमको अभावमा छन् ।

असोज मसान्तसम्म आक्रामक ढंगले ऋण विस्तार गरेको हुँदा बैंकसँग ऋण दिनको लागि पैसाको अभाव छ । निक्षेपको तुलनामा कर्जा विस्तार अत्याधिक भएको हुँदा अहिले बैंकको प्राथमिकता कर्जाभन्दा निक्षेप बढाउनमा छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनामाको आर्थिक स्थितीको विस्तृत विवरण सार्वजनिक गरेको छ । जसमा बैंक तथा वित्तीय संस्थाले दुई महिनाको अवधीमा ७४ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । राष्ट्र बैंकका अनुसार सेयर धितो राखेर दिइने कर्जा बाहेक सबै कर्जा बढेको छ ।
दुई महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाले जम्मा ३९ अर्ब १४ करोड रुपैयाँ निक्षेप बढाउन सफल भएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप २८ खर्ब ७५ करोड पुगेको छ भने कर्जा २४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

दुई महिनाको अवधीमा सबैभन्दा बढी कर्जा डिमाण्ड एण्ड वर्किङ क्यापिटल शिर्षकमा गएको छ । डिमाण्ड एण्ड वर्किङ क्यापिटलमा बैंक तथा वित्तीय संस्थाले दुई महिनाको अवधीमा २७ अर्ब १५ करोड रुपैयाँ ऋण दिएका छन् ।

राष्ट्र बैंकको तथ्यांकले व्यवसायिक संस्थाले लिने डिमाण्ड एण्ड वर्किङ क्यापिटल ऋण २० अर्बले घटेको छ । यस्तै सेवा क्षेत्रले लिने ऋणपनि ३ अर्बले घटेको छ । उद्योगले लिने ऋण ६ अर्बले बढेको छ । यही शिर्षकमा अन्य प्रयोजनका लागि दुई महिनाको अवधीमा ४५ अर्ब ६७ करोड रुपैयाँ ऋण गएको छ ।

यस्तै टर्म लोन २१ अर्ब ११ करोड रुपैयाँको गएको छ । यस्तै आयातका लागि टिआर कर्जा ७ अर्ब रुपैयाँले गएको छ ।

गाडीको लागि ३ अर्ब,व्यक्तिगत घर निर्माण १ करोड ५० लाखभन्दा कम ६ अर्ब रुपैयाँले गएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा बैंक तथा वित्तीय संस्थाले अत्याधिक रुपमा कर्जा प्रवाह गरेको बताउँछन् ।

‘आर्थिक क्रियाकलाप बढेको कर्जाको मागले देखाएको छ,जसले गर्दा बैंकले अत्याधिक नै कर्जा दिए,’थापाले भने ।


क्लिकमान्डु