एक हजार रुपैयाँ खर्चेर ८० हजार जोगाउने भए यसो गर्नुस्
बीमा समितिले देशभरबाट कृषि तथा पशुबाली बीमा गर्न सकिने ब्यवस्था गरेको छ । सबै बीमा कम्पनीहरुलाई जिल्ला नै तोकेर सो जिल्लाका कृषि तथा पशुबालीको बीमा अनिवार्य रुपमा गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ ।
तर, पनि अपेक्षित रुपमा यस्तो बीमा हुन सकिरहेको छैन । किसान दाजुभाइ दिदीबहिनीहरुले हेलचेक्रयाई गरेका कारण यस्तो बीमाले अपेक्षित गति लिन नसकेको हो । बीमा गर्नु अर्काको लागि जस्तो ठान्ने प्रबृत्तिले ठूलो दुर्घटना निम्त्याएको छ ।
यस्तो हेलचेक्रयाईको मूल्य कति हुदो रहेछ भनेर भर्खरैको एउटा उदाहरण लिन सकिन्छ । केही दिन अगाडिको असिनापानी र हावाहुरीले चितवनको केरा खेतीमा ठूलो क्षति पुर्यायो । बीमा गराएका किसान यस्तो क्षतिबाट सुरक्षित भए । अर्थात केराखेती नास भए पनि बीमा गराएका किसानले बीमा कम्पनीहरुबाट आर्थिक क्षतिपूर्ति पाए । नगराउने किसानको ठूलो नोक्सानी भयो ।
यस्तो बीमा गराउँदा कुल बिमांक रकमको ५ प्रतिशत बीमा शुल्क तिर्ने हो । त्यो ५ प्रतिशतको पनि ७५ प्रतिशत शुल्क सरकारले तिरिदिने गरेको छ । बाँकी रहेको २५ प्रतिशत मात्रै किसानले तिर्ने हो । यस्तो ब्यवस्था कार्यान्वयनमा छ । बीमा शुल्कमा मूल्य अभिबृद्धि कर (भ्याट) पनि लाग्दैन । कृषि तथा पशुबाली बीमा शुल्कमा भ्याट छुट छ ।
चितवनकै केराखेतीको कुरा गर्ने हो भने असिनापानीले केरा पनि सिध्यायो । अरु खेती पनि छैन । चितवनको केराखेती एसोसिएसनका अध्यक्ष विष्णु पन्तजीसँग मैले कुरा गरेको थिएँ । सुरुमा उहाँले सो असिनापानीको कारण करिब २० करोड रुपैयाँ जतिको केराखेती नास भएको बताउँनु भएको थियो । पछि उहाँले करिब ५० करोड रुपैयाँ जतिको केराखेती नास भएको भन्नुभयो ।
सो असिनापानीले चितबनको केराखेतीमा करिब ५ करोड रुपैयाँ बराबरको बीमा भएको खेती नास भएको विवरण आयो । अब तपाइले यी दुबै तथ्यांक मिलाएर हेर्न सक्नुहुन्छ । अर्थात ५० करोड रुपैयाँको केरा नास भएकोमा बीमा गराएर खेती गरिएको केरा करिब ५ करोड रुपैयाँ जतिको मात्रै रहेछ । यो तथ्यांकले ४५ करोड रुपैयाँ बराबरको केरा खतम भएपनि किसानले केही राहत नपाउने अबस्था देखायो । सबै केराखेतीको बीमा गराएको भए किसानले ५० करोड रुपैयाँ नै क्षतिपूर्ति पाउनु हुन्थ्यो ।
भन्छन् निः बार बारे तुलफूल जोगिन्छ भनेर । तर, बार बारेर असिनापानी वा हावाहुरी रोकिदैन । रोगब्याधी रोकिदैन । बाढी पहिरो छेकिदैन । कतिबेला के हुन्छ, थाहा हुदैन । बीमा गरायो भने कुनै भवितब्य परेर आफ्नो सम्पत्ति नास भयो भने पनि आर्थिक क्षतिपूर्ति पाइन्छ ।
यसरी बीमा गर्दा किसानको केही रकम जान्थ्यो पनि । जस्तो कि ५० करोड रुपैयाँको केराखेतीको बीमा गराएको भए त्यसको ५ प्रतिशतले २ करोड ५० लाख रुपैयाँ बीमा शुल्क तिर्नुपथ्र्यो । त्यो २ करोड ५० लाख रुपैयाँको ७५ प्रतिशत बीमा शुल्क सरकारले तिरिदिन्थ्यो । र, किसानले सो बीमा शुल्कको २५ प्रतिशत अर्थात ६२ लाख ५० हजार रुपैयाँ बीमा शुल्क तिरे हुन्थ्यो । अर्थात किसानले ६२ लाख ५० हजार रुपैयाँ तिरेर सो केराखेतीको बीमा गराएको भए उनीहरुले ५० करोड रुपैयाँ नै क्षतिपूर्ति पाउथे । तर, बीमा गरिएको थिएन, उनीहरुको सम्पत्ति स्वाहा भयो ।
मलाई राम्रो लागेको कुरा तपाइलाई भनिरहेको हुन्छु । कहिलेकाही स्रोताले सुन्दा यसले फाइदा पाउने रहेछ, त्यसैले भन्यो भनेर सुन्दो पनि रहेछ । फलानोलाई फाइदा गरिदिन म किन बीमा गरौं भन्ने किसानलाई लागेको रहेछ भन्ने पनि अनुभूति हामीलाई भएको छ । तर, किसानले बीमा गराउँदा किसानलाई नै फाइदा हुने हो । बीमा समितिलाई र ब्यक्तिगत रुपमा यसका पदाधिकारी वा कर्मचारीलाई फाइदा हुने बिषय होइन । हामीले किसानकै हितको लागि कृषि तथा पशुबाली बीमा कार्यक्रम संचालनमा ल्याएका हौं ।
भन्छन् निः सासको धन, मेरो नभन । त्यो भैसी कुनै कारणबस मर्यो भने सकियो । किसानको सर्बस्व गुम्यो । रोइकराइ गरेर मरेको भैसी बाँच्दैन । बीमा गराएको छ भने त बीमा कम्पनीले ८० हजार रुपैयाँ नै किसानलाई दिन्छ ।
कृषि तथा पशुबाली बीमा गराउन किसानले हेलचेक्र्याई गर्ने गरेका छन् । ‘बाली पनि नास भएको छैन, बस्तुभाउ पनि मरेका छैनन्, पैसा तिरेको तिर्यै छ, किन तिर्नु यसरी पैसा’ भन्ने मनोविज्ञानले पनि काम गरेको छ । तर, बाली नास भयो भने त भइगयो नि । बस्तुभाउ मरे भने त मरिगए नि । चितवनकै केराखेतीको उदाहरण सम्झनुस् न । अब रोएर वा कराएर हुन्छ ? अब बीमा गराउछु भनेर आर्थिक क्षतिको क्षतिपूर्ति पाइन्छ ? हुदैन, पाइदैन । बेलैमा सचेत हुनुपर्छ ।
भन्छन् निः बार बारे तुलफूल जोगिन्छ भनेर । तर, बार बारेर असिनापानी वा हावाहुरी रोकिदैन । रोगब्याधी रोकिदैन । बाढी पहिरो छेकिदैन । कतिबेला के हुन्छ, थाहा हुदैन । बीमा गरायो भने कुनै भवितब्य परेर आफ्नो सम्पत्ति नास भयो भने पनि आर्थिक क्षतिपूर्ति पाइन्छ । त्यसैले धेरै पैसा तिर्नु पर्दैन, बीमा गराउनै पर्छ ।
बीमा गराएपछि क्षतिपूर्ति पाउनै पर्छ भन्ने सोचमा परिवर्तन आवश्यक छ । कुनै भवितब्य, दुर्दशा वा दुर्घटना नभएको सुन्न पाउनु राम्रो होइन र ? मैले लगाएको बालीनाली असिनापानी वा हावाहुरीले नास गरोस्, अनि बीमाबाट क्षतिपूर्ति लिउला भनेर किन बस्नु पर्यो ? मैले पालेका गाईभैसी वा भेडाबाख्रा जे छन्, ती मरुन र बीमा क्षतिपूर्ति लिन पाउँ भन्नु किन ? आफूले लगाएको बालीनालीमा कुनै क्षति नभएको र आफूले पालेका बस्तुभाउ नमरेको जाती होइन र ? कुनै दुर्भाग्यबस यस्तो भयो भने त बीमाबाट क्षतिपूर्ति पाइहालिन्छ ।
‘बाली पनि नास भएको छैन, बस्तुभाउ पनि मरेका छैनन्, पैसा तिरेको तिर्यै छ, किन तिर्नु यसरी पैसा’ भन्ने मनोविज्ञानले पनि काम गरेको छ । तर, बाली नास भयो भने त भइगयो नि । बस्तुभाउ मरे भने त मरिगए नि । चितवनकै केराखेतीको उदाहरण सम्झनुस् न । अब रोएर वा कराएर हुन्छ ? अब बीमा गराउछु भनेर आर्थिक क्षतिको क्षतिपूर्ति पाइन्छ ? हुदैन, पाइदैन । बेलैमा सचेत हुनुपर्छ ।
म तपाइलाई अर्काे पनि उदाहरण दिन्छु । अहिले लैनो भैसीको मूल्य करिब ८० हजार रुपैयाँ पर्छ । त्यो भैसीको बीमा गराउने हो भने उसको मूल्यको ५ प्रतिशतले हुन आउने ४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । त्यो ४ हजार रुपैयाँमध्ये ३ हजार रुपैयाँ (बीमा शुल्कको ७५ प्रतिशत) सरकारले तिरिदिन्छ । र, किसान वा भैसीधनीले १ हजार रुपैयाँ तिरे हुन्छ । किसानले बर्षको १ हजार रुपैयाँ तिरेको भरमा उसको ८० हजार रुपैयाँको सम्पत्ति सुरक्षित भयो ।
भन्छन् निः सासको धन, मेरो नभन । त्यो भैसी कुनै कारणबस मर्यो भने सकियो । किसानको सर्बस्व गुम्यो । रोइकराइ गरेर मरेको भैसी बाँच्दैन । बीमा गराएको छ भने त बीमा कम्पनीले ८० हजार रुपैयाँ नै किसानलाई दिन्छ । हो, भैसी मरेन भने तपाइले तिरेको १ हजार रुपैयाँ खेर गयो । तर, कुनै कारणबस मर्यो भने त ८० हजार रुपैयाँ नै पाइयो नि । बर्षको १ हजार रुपैयाँ भनेको ठूलो पैसा पनि होइन । एक हजार रुपैयाँ तिरेर ८० हजार रुपैयाँ जोगाउन पनि हाम्रा किसान तयार भएनन् । यो दुःखको बिषय हो । चिन्ताको बिषय हो ।
अहिले सबै बस्तुभाउको बीमा हुन्छ । सबै बालिनालीको बीमा हुन्छ । सबै ठाउँमा बीमा हुन्छ ।
अहिलेसम्म हामीले बालीनालीको लागतमा आधारित बीमा गराउने गरेका छौं । अर्थात तपाइले कुनै बालीनाली लगाउनु भयो भने त्यसको लागत कति हो, कुनै कारणबस त्यस्तो बालीनालीमा क्षति पुगेमा तपाइले गरेको लगानी रकम क्षतिपूर्ति पाउनु हुन्छ । अझ सजिलो गरी भन्नुपर्दा तपाइले चैते धान रोप्न ५० हजार रुपैयाँ लगानी गर्नुभएको छ । त्यो धान कुनै कारणबस नास भयो र तपाइले बीमा गराउनु भएको छ भने तपाइले ५० हजार रुपैयाँ नै क्षतिपूर्ति पाउनु हुन्छ ।
अब हामी यसमा केही सुधार गर्ने तयारीमा छौं । जस्तो कि तपाइले २ विगाहा जमिनमा धानखेती गर्नुभएको छ । मानौं कि त्यो २ विगाहामा १०० मन धान फल्थ्यो भने यसपाली कुनै कारणबस ६० मन मात्र फल्यो । यसरी कम धान फल्नुमा बढी पानी परेर हुन सक्छ, कम पानी परेर हुन सक्छ, वा अन्य कुनै कारणले हुन सक्छ । तर, तपाइको १०० मन फल्नुपर्नेमा ६० मन मात्रै फल्यो । तपाइको धान ४० मन कम भयो । यो पनि त तपाइको नोक्सानी हो नि ।
अब हामीले गर्न लागेको काम भनेको त्यो तपाइको जमिनमा १०० मन धान फल्थ्यो भने १०० मनकै बीमा गराउने । यसमध्ये ६० मन तपाइको खेतमा फलिहाल्यो । तपाइलाई नोक्सान भएको ४० मन मात्रै हो । त्यो ४० मन धान कम फल्दा तपाइलाई भएको नोक्सानीको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउने ब्यवस्था गर्ने । हामीले अहिले मौसममा आधारित बीमा भनेको यही हो ।
कृषि तथा पशुबाली बीमामा एकातिर किसानकै हेलचेक्रयाई छ भने अर्काेतिर ब्यवहारिक कठिनाइ पनि छ । तपाइले आफ्नो भैसी वा बोकाको बीमा गराउन चाहनु भयो भने बीमा गराउन त्यो भैसी वा बोकाको कान छेड्ने प्राविधिक चाहियो । सबै ठाउँमा प्राविधिक छैनन् ।
अहिले सरकारले एक गाउँ एक कृषि प्राविधिक नारा ल्याएको छ । यसको कार्यान्वयनपछि प्राविधिक नपाइने समस्या समाधान हुन्छ । फेरि अहिले केन्द्रदेखि स्थानीय तहसम्म जननिर्वाचित सरकार र प्रतिनिधि छन् । उहाँहरुले पनि कृषि प्राविधिकको लागि आवश्यक पहल गर्नुपर्यो ।
फेरि अहिले हामी मौसममा आधारित बीमा भनिरहेका छौं । यो भनेको के हो भनेर मैले माथि नै ब्याख्या गरिसकेँ । पानी कम परेर वा बढी परेर, चिसो कम भएर वा बढी भएर, घाम धेरै लागेर वा कम लागेर तपाइको बालीनालीको उत्पादन कम भएको भन्ने आधार कसरी निर्धारण गर्ने ? त्यो केले नाप्ने ? यसको उपाय भनेकै मौसम परिसुचक मापन गर्ने केन्द्र स्थापना गर्ने हो । त्यसको लागि स्थानीय, प्रदेश वा केन्द्र सरकारले पहल गर्नुपर्यो ।
हामीले किसानको लागि प्रदान गरेको सुविधा हात्तीपाइले रोगको ओखती जस्तो भयो । हात्तीपाइले रोगको ओखती सरकारले सित्तैमा बाढ्थ्यो तर मान्छेले खाइदिदैनथे । कृषि तथा पशुबाली बीमामा यस्तो नगर्नुस् । यो सुविधा तपाइ किसानहरुकै लागि हो ।
मैले ब्यक्तिगत रुपमा वा बीमा समितिको तर्फबाट किसानलाई भन्ने एउटा मात्रै कुरा छ । त्यो भनेको आफ्नो कृषि वा पशुबालीको बीमा गराउनुस् भन्ने हो । बीमा गराउन तपाइले आफ्नो नजिकको निर्जीबन बीमा कम्पनीमा सम्पर्क गर्न सक्नुहुन्छ । नजिकमा बीमा कम्पनी छैनन् भने स्थानीय तहमा सम्पर्क गर्नुसक्नुहुन्छ । स्थानीय सरकारले तपाइलाई सहजीकरण गर्न सक्छन् ।
पुरानो संरचना अनुसार प्रत्येक जिल्लामा कृषि विकास र पशु सेवा कार्यालय छन् । ती कार्यालयहरु अहिले स्थानीय तह मातहत आएका छन् । ती कार्यालयहरुमा कृषि तथा पशुबाली बीमा सम्बन्धि जानकारी पाइन्छ । तपाइलाई नजिकको बीमा कम्पनी वा सो कम्पनीका ब्यक्तिहरुसँग ती कार्यालयहरुले सम्पर्क गराएर सहजीकरण गर्न सक्छन् । यस्तै तपाइले बीमा कम्पनीमा सोझै फोन पनि गर्न सक्नुहुन्छ । यसरी तपाइले सम्पर्क गर्नुभयो भने हामी पनि सहजीकरण गरिदिन्छौं ।
अहिलेसम्म हामीले कृषि तथा पशुबाली बीमामा किसानलाई जे जस्तो सुविधा प्रदान गरेका छौं, यस्तो सुविधा भारतीय किसानले पनि पाएका छैनन् । यो सुविधा हामीले किसानको लागि नै दिएका हौं । तर, हामीले प्रदान गरेको सुविधा किसानले लिएकै छैनन् । हामीले किसानको लागि प्रदान गरेको सुविधा हात्तीपाइले रोगको ओखती जस्तो भयो । हात्तीपाइले रोगको ओखती सरकारले सित्तैमा बाढ्थ्यो तर मान्छेले खाइदिदैनथे । कृषि तथा पशुबाली बीमामा यस्तो नगर्नुस् । यो सुविधा तपाइ किसानहरुकै लागि हो ।
(बीमा समितिका कार्यकारी निर्देशक कार्कीसँग गरिएको कुराकानीमा आधारित)