तारे होटल छाडेर दुर्गम गाउँमा राष्ट्रिय कफि दिवसको कार्यक्रम
ललितपुर । सरकारले विभिन्न खालका दिवसहरु काठमाडौं उपत्यका तारे होटलमा मनाउने गर्छ ।
तर,यो पटकको १३औँ राष्ट्रिय कफि दिवसको उपलक्ष्यमा ललितपुरको ठूलादुर्लुङ्ग गाउँमा राष्ट्रिय चियाँ तथा कफि विकास बोर्डले कार्यक्रम गरेको थियो ।
काठमाडौंबाट करिब ७० किलोमिटर टाढा पर्ने ठूलादुर्लुङ्ग गाउँ ललितपुरको बिकट गाउँ हो । जहा पुग्न कच्ची बाटो हुँदै गाडी मुस्किलले पुग्छ । करिब ६०÷७० घरधुरी रहेको यस गाउँ कफिको लागि निकै उरबर भूमि मानिन्छ ।
राष्ट्रिय चिया तथा कफि विकास बोर्डका निर्देशक दिपक खनालले नेपालको कफि विश्वमा नै रुचाइएको बताए ।
खनालले भने ‘विश्व बजारमा नेपाली कफिको माग ८ हजार म्याट्रीक टन रहेको छ । तर, नेपालले ६ देखि ७ सय म्याट्रीक टन मात्र उत्पादन गरिरहेको छ ।’
नेपाल कफि महाँसंघका उपाध्यक्ष कृष्ण घिमिरेले कफि दिवस सुरुका दिनहरुमा काठमाडौंका ठूला होटलहरुमा मनाइए पनि यो पटक भने कफि उत्पादन हुने ठूलादुर्लुङ्ग गाउँमा नै मनाउन पाइएकोमा खुसी व्यक्त गरे ।
कफि उत्पादनलाई जुन किसिमले लान खोजिएको थियो त्यही किसिमले लान नसकेको तर, भविष्यमा कफि उत्पादनलाई राम्रो बनाएर विश्वभर फैलाउने उनले आशा व्यक्त गरे ।
महाङकाल गाउँपालिका प्रमुख राम चन्द्र दाहालले ललितपुर जिल्लाको दुर्गम ठाउँमा नेपाल सरकारको उच्चस्तरीय कार्यलय राष्ट्रिय चिया तथा कफि विकास बोर्डको नजर पुगेकोमा धन्यवाद व्यक्त गरे ।
उनले सो गाउँमा कफि खेती हुने भएपनि कफि किसानहरुले कफिमा लाग्ने गरेका ‘सेतो गबारे र सिदुले’ रोगका कारण समस्या भोग्नु गरिरहेको बताए ।
‘यदी कफिका बिरुवामा लाग्ने यी रोगको छिटो कुनै उपाय खोजिएन भने २÷४ वर्षमा कफि उत्पादन हराउने छ’ उनले बताए ।
कफि विशेषज्ञमा रोगको छानबिन गरी यसको सुधार गर्न माग गर्दै दाहालले रोगको बारेमा अनुसन्धान नभएको त्यसको नुक्सानी संस्थानले बेहोर्नु पर्ने बताए ।
इ प्रोजेकका सल्लाहकार बद्रि प्रसाद शिवाकोटीका अनुसार सुरुमा यूरोपेलीहरु नेपालमा कफिको सम्भावना भएको पत्ता लगाएका थिए । हेलवेटा सुइसुइले गरेको सहयोगका कारण अहिलेसम्म यस गाउँमा कफि उत्पादन भैरहेको उनको भनाइ छ ।
विदेशी सहयोगी संस्थाहरुले नेपालका ६ वटा जिल्लामा कफि उत्पादन सम्बन्धी कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।
राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले कफि उत्पादन क्षेत्र ठूला दुर्लुङ्ग बिकट नभइ बिकट बनाइएको टिप्पणी गरे । सुरुवातमा कफि उत्पादन निकै फस्टाए पनि पछिल्लो समय उत्पादन घटेको उनले बताए ।
गौतमले भने ‘नेपालमा विदेशबाट ३० अर्ब बराबरको खाद्य र ९ अर्ब बराबर फलफूल आयात हुने गर्छ । तर नेपालबाट १५ लाख बराबर पनि बाहिर निर्यात हुँदैन ।’
नेपालका उत्पादन हुने कफि विदेशमा उच्च मूल्यमा विक्रि हुने भए पनि नेपालमा त्यसको उत्पादनमा ध्यान पुराउन नसकिएकाले विदेशीको माग अनुसार सामान निर्यात हुन नसकेको उनले जानकारी दिए ।
ललितपुरमा मात्र २२ टन कफि उत्पादन हुने गर्छ । यदी एक सय टन कफि ललितपुरमा उत्पादन गरेमा कफिलाई व्यवसायी बजारमा पुराउने बाटोलाई पिज गरिदिने प्रयत्न आफुले गर्ने आश्वासन गौतमले दिएका छन् ।
पाल्पा घर भएका ढकेश्वर घले ललितपुरमा कफि उत्पादन राम्रो हुन्छ भनी २०४९ सालमा नै पत्ता लागेको बताउछन् । त्यस पश्चात सो गाउँमा अर्गानिक कफि उत्पादन गर्न सुरु गरिएको र अर्गानिक भएकै कारण विदेशमा यो कफि उचित मूल्यमा विक्री हुने गरेको उनले बताए ।
ठूलादुर्लुङ्गका वडाध्यक्ष राम कृष्ण आचार्यका अनुसार २०४४÷०५४ सालको हाराहारीमा कफि खेतीको अभियानका रुपमा व्यवसायिक संघ निमार्ण हुन थालेका हुन् । २०६३ सालमा आएर यहँ एकै पटक ८ वटा प्राइमेरी कफि उत्पादक सहकारी संस्थान बनेको उनले जानकारी दिए ।
कफि सहकारी संघ संस्थान बनेपछि दक्षीण ललितपुरमा उत्पादन हुने कफिले उचित मूल्य पाएको आचार्य बताउछन् । सो गाउँको कफि उत्पादनका लागि बढी जसो गैर सरकारी संस्थानहरुले सहयोग गरेको र कफि प्रवन्धनका लागि १ लाख हाराहारीमा बजेट छुटाइएको उनले बताए ।
करिब ७ सय कफि किसान भएको यस गाउँमा सुरुमा जता रोपे त्यही कफि उत्पादन हुने गरेको आश्रङका कफि किसान बताउछन् ।
कफि किसान कृष्ण प्रसाद घिमिरे कफिमा सिचाइको व्यवस्था राम्रो हुन नसकेकोले यस्तो रोग लागेको बताउछन् । उनी वार्षिक ५ सय बिरुवा रोप्दा ३ सय बोटमा मात्र कफि फल्ने गरेको बताउछन् ।
अघिल्लो बर्षहरुमा कफि धेरै उत्पादन हुने भएपनि यो वर्ष असिनाका कारण कम उत्पादन भएको उनले दुखेसो पोखे ।
यहाँका किसानहरु कफि उत्पादन गरी कफि सहकारीमा बेच्ने गर्छन् । किसनहरुले प्रास्मेन्ट बोक्रा फालेको कफि बेचेबापत ५ सय देखि ५ सय ५० रुपैयाँसम्म पाउने गर्छन् ।
यही कफि विश्व बजारमा ९ देखि १० डलरमा जर्मन र कोरियामा निर्यात हुने गर्छ । नेपाल भरिमा ४ सय ६६ टन मात्र कफि उत्पादन हुने गरेको भए पनि विदेशमा भने नेपालमा उत्पादन हुने कफि ७ हजार मेट्रिक टन माग रहेको छ ।