कुन प्रदेशमा कांग्रेसले के देख्यो चुनौती ?
काठमाडौं । निर्वाचनमा होमिएको कांग्रेसले ७ वटै प्रदेशमा विभिन्न किसिमका चुनौतीहरु देखेको छ । कांग्रेसले चुनौती मात्रै होइन, अपार संभावना पनि देखेको छ । आफ्नो चुनाबी घोषणापत्रमा कांग्रेसले प्रदेशका चुनौती र संभावनाहरुलाई प्रष्टसँग उल्लेख गरेको छ ।
प्रदेश १
परिचयः पद्रशे १ सगरमाथा र कञ्चनजंघा जस्ता हिमशिखर भएको, किरात धर्मावलम्बीहरुको ऐतिहासिक थातथलो भएको, नेपालको प्रथम औद्योगिक नगरी विराटनगर भएको, ऐतिहासिक विजयपुर राज्यको सीमासँग मिल्ने, कोशी पुर्वको नेपाली भूभाग हो । २०११ को राष्ट्रिय जनगणना अनुसार यो प्रदेशको जनसंख्या ४५३४९४३ छ । यो प्रदेशको मानव विकास सूचकांक ०.५० छ, जुन प्रदेश ३ र ४ पछिको सर्वाधिक हो । यस प्रदेशमा १८.४१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन । यो प्रदेश नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष एवं जननायक वीपी कोइरालाको गृहनगर भएको प्रदेश पनि हो ।
चुनौती: मुलुकका अन्य भागहरु जस्तै वेरोजगारी र गरिबी प्रदेश १ का मुख्य चुनौती हुन । भविष्यमा पनि विकट पूर्बी पहाडी भागमा विकास र आधारभूत स्वास्थ्य सेवा पु¥याउनु यस प्रदेशको मुख्य चुनौती रहिरहनेछ । आर्थिक प्रगति गर्दै गइरहेको भए पनि यो प्रदेशले मानव विकासमा अझै प्रगति गर्न आवस्यक छ (उदाहरणका लागि यहाँ जनसंख्याको ४१.११ प्रतिशतमा पुड्कोपन र २५.५८ प्रतिशतमा कम तौल छ) । यहाँको प्रतिव्यक्ति औसत आयु ६८.५२ वर्ष छ जुन प्रदेश २, ३ र ४ को भन्दा कम हो । मुलुकको अन्य क्षेत्रमा जस्तै पहाड र समथरभूमीमा बस्ने तथा शहर र गाउँमा बस्नेहरुको बिचको आर्थिक अन्तर बढ्दै जान नदिनु पनि यो प्रदेशको आर्थिक भविष्यको लागि मुख्य चुनौती हुनेछ । यसबाहेक यहाँका १७.८ प्रतिशत घरधुरिसंग स्वच्छ पानीको पहुँच छैन भने २७.८ प्रतिशतसँग चर्पी छैन । यहाँका ८३.७ प्रतिशत जनसंख्यालाई अझै पनि खानेकुरा पकाउन दाउरा प्रयोग गर्नुपर्छ । यहाँको शिशु मृत्युदर प्रति एक हजार जन्ममा ३५.६ छ । प्रदेश १ को भविष्यमा मुख्य चुनौती भनेका यी सूचकहरुमा परिणाम मूलक सुधार गर्नु नै हो ।
संभावनाः भारतीय हिलस्टेसन तथा पहिलेको शिक्षाको केन्द्र दार्जिलिङसँग जोडिएको यस प्रदेशको वयस्क साक्षरता दर प्रदेश ४ पछि मुलुककै सबैभन्दा धेरै अर्थात् ६४.६ प्रतिशत छ । धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिने पाथिभरा माई, पवित्र वराह क्षेत्र, हलेसी महादेव, दन्तकाली र बुढासुब्बाको मन्दिर तथा प्रख्यात किरात धर्मगुरु सिरिजङ्गा तथा महागुरु फाल्गुनन्दको जन्मस्थल यही प्रदेशमा पर्छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु संरक्षण क्षेत्र लगायत जलविद्युत् विकासका दृष्टिले महत्वपूर्ण कावेली करीडोर, माइखोला, तमोर नदी पनि यही छन् । अलैची, चिया लगायतका नगदे बालीको लागि पनि यो क्षेत्र प्रख्यात छ । यसबाहेक पशुपालन र दुग्ध उत्पादनमा पनि यो क्षेत्र अग्रणी छ । यसैले उद्योगधन्दा, कृषि, जलविद्युत्, पर्यटन सबै क्षेत्रमा यो प्रदेशले प्रचुर संभावना बोकेको देखिन्छ ।
प्रदेश २
परिचयः प्रदेश २ मुलुकको मध्ये भागमा अवस्थित, जनकपुर, सिमरौनगढ र राजविराज जस्ता ऐतिहासिक तथा विरगञ्ज र सिमरा जस्ता औद्योगिक शहरहरु रहेको र मुलुकको प्रजातान्त्रिक आन्दोलनका धेरै अग्रणी व्यक्तित्वहरु जन्मेको प्रदेश हो । २०११ को जनगणना अनुसार यो प्रदेशको जनसंख्या ५१३७९०० छ । यो प्रदेशको मानव विकास सूचकांक ०.४२ छ, जुन प्रदेशहरु मध्य पुछारबाट दोस्रो हो । यस प्रदेशमा २७.९५ प्रतिश जनसंख्या गरिबीको रेखामुनि रहेका छन ।
प्रदेश २ राजनैतिक रुपमा सचेत र प्रजातान्त्रिक आन्दोलनसँग लामो समय देखि जोडिएको क्षेत्र हो । २००७ सालको क्रान्तिको शुरुवाती चरणका आन्दोलन भएका वीरगञ्ज, हनुमान नगर जस्ता स्थलहरु, युवा शहीदहरुले शहादत प्राप्त गरेको जदुकुहा, मधेशी आत्मसम्मान र अधिकारको लागि भएको प्रथम मधेश आन्दोलनको उद्गमस्थल लाहान यही प्रदेशमा पर्दछन् भने २०१७ सालको प्रतिक्रान्तिपछि अमानवीय रुपमा फाँसी दिइएका शहीद दुर्गानन्द झा पनि प्रदेश २ कै हुनुहुन्थ्यो ।
चुनौतीः प्रदेश २ का अहिलेका मुख्य चुनौतीहरु भनेको यहाँका गरिबीका रेखामुनिरहेका धेरै जनसंख्यालाई कसरी उक्त रेखामाथि ल्याउने भन्ने नै हो । यो प्रदेशमा हाल साक्षरताको दर कम छ भने स्वास्थ्यका स्थिति पनि नाजूक छ । साथै खानेपानीमा पहुँच नभएका जनसंख्या मुलुककै कम (७.५ प्रतिशत) भएता पनि प्रदेश २ मा चर्पी नभएका घरहरु मुलुककै धेरै अर्थात् ७२.७ प्रतिशत छन् । मुलुकमै धेरै वेरोजगारी दर पनि प्रदेश २ कै छ । यसबाहेक यस प्रदेशको २७.२ प्रतिशत क्षेत्र मात्र जंगलले ढाकेकोले यसल तारन्तार भूक्षय तथा जल उत्पन्न प्रकोपजन्य समस्याहरु भोग्दै आउनुपरेको छ । शिशु मृत्युदर प्रति एक हजारमा ५८.४ (प्रदेशहरुमध्ये सबभन्दा धेरै) छ भने बाँचेकाहरु मध्य पनि तौल कम भएका जनसंख्या ३२.९८ प्रतिशत तथा उचाइ कम भएका जनसंख्या ३९.०४ प्रतिशत छन् ।
संभावना मुलुकका अग्रणी औद्योगिक नगरीहरु वीरगञ्ज र सिमरा, मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज र पवित्र प्राचीन शहर जनकपुर भएको प्रदेश २ ले सगरमाथा क्षेत्र जानु अघि रोकिने प्रमुख मुकाम पनि बन्न सक्ने संभावना राख्छ । लामो समयदेखि प्रमुख कृषि उत्पादक रहेको यो प्रदेश अहिले कृषिजन्य उद्योगको प्रमुख प्रदेश बन्न सक्ने संभावना राख्दछ । समथर जमीन भएकोले सडक विस्तार गर्न सजिलो छ र भविष्यमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल, रेलमार्ग र द्रुत मार्गले पनि यस प्रदेशलाई छुन्छन । स्थिर राजनीति, र अनुकूल परिस्थिति भएमा मुलुकका आर्थिक रुपमा बलिया प्रदेशहरु (१, ३, ४) को मध्य भागमा पर्ने यस प्रदेशमा लगानी भित्र्याउन सजिलो हुनेछ । यसबाहेक धार्मिक र ऐतिहासिक पर्यटनका लागि जनकपुर, गढिमाइ, र सिमरौनगढ जस्ता स्थलहरु महत्वपूर्ण आकर्षण बन्न सक्छन् ।
प्रदेश ३
परिचयः प्रदेश ३ गएको २५० वर्षदेखि समग्र मुलुकको शक्तिको केन्द्र र प्राचीन नेपाली सभ्यताको पर्यायवाची जस्तै मानिने नेवारी सभ्यताको केन्द्रविन्दु रहेको काठमाडौं उपत्यका तथा त्यसका वरिपरिका जिल्लाहरु मिलेर बनेको छ । मुलुकका क्रूरशासकहरुको प्रताडना यसले नजीकबाट खेपेको छ भने त्यसको विरुद्ध लड्नेमा पनि यो सधैं अगाडि छ । मुलुकका प्रथम अस्पताल, विश्वविद्यालयहरु पनि यो प्रदेशमै खुलेका थिए । २०११ को जनगणना अनुसार यो प्रदेशको जनसंख्या ५५२९४५२ छ । यो प्रदेशको मानव विकास सूचकांक ०.५१ छ, जुन प्रदेश ४ सँगसँगै मुलुकको सर्वाधिक हो । प्रतिव्यक्ति औसत वार्षिक आय (पिपिपिमा) १३६७.३८ अमेरिकी डलर रहेको यस प्रदेशमा २०.३४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् ।
चुनौतीः यस प्रदेशका लागि विद्यमान गरिबी, अशिक्षा , बेरोजगारी र विभिन्न समुदायको आर्थिक तथा सामाजिक पुँजी बीचको फरक मुख्य चुनौती हुन । अप्ठेरो भौगोलिक स्थितिले गर्दा यस क्षेत्रका तामाङ वाहुल्य रहेको हिमाली क्षेत्रमा विकास पुग्न सकेको छैन भने शहरी क्षेत्रहरु उचित व्यवस्थापनको अभावमा अस्तव्यस्त छन् । मुलुकभरिबाट काठमाडौंमा अवसर खोज्न आउनेहरु विगत केही वर्षदेखि बढ्दै गएका छन् भने काठमाडौंको पूर्वाधार त्यो आगमन धान्न सक्ने गरी बनाइएको छैन । यस प्रदेशमा मेलम्ची जस्ता ठुला खानेपानी आयोजनाहरु निर्माणरत रहँदा खानेपानीमा पहुँच नभएको जनसंख्या २१.१ % छ । चर्पी नभएका घरहरु २८ प्रतिशत छन् । यसबाहेक शिशु मृत्यूदर हरेक हजारमा २४.७ छ भने बाँचेकाहरु मध्ये पनि तौल कम भएका जनसंख्या २४.७२ प्रतिशत तथा उचाइ कम भएका जनसंख्या ४०.०२ प्रतिशत छ । आधारभूत शिक्षा तथा स्वास्थ्य सुविधा प्रदान गर्दै शहरीकरणको आडमा समृद्धि बढाउनु यस प्रदेशको मुख्य चुनौती हुनेछ ।
संभावना: अहिले नै मुलुकका पर्यटकहरु जाने प्रमुख चार स्थलहरुमध्ये दुई (काठमाण्डु र चितवन) यस प्रदेशमा पर्छन् । पर्यटकीय दृष्टिले महत्वपूर्ण चितवन राष्ट्रिय निकुञ्ज, लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा गौरीशंकर संरक्षण क्षेत्र समेत यो प्रदेशमा पर्छन् । मुलुकको अधिकांश आर्थिक कारोबार हुन यस प्रदेशमा शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटनमा प्रचुर संभावना छ । हेटौंडा, बालाजु तथा पाटन औद्योगिक क्षेत्र रहेको यस प्रदेशलाई लगानी भित्राउन अरु प्रदेशलाई भन्दा सजिलो छ । कूल ५१.५ प्रतिशत भूभाग जंगलले भरिएको यस प्रदेशमा वनजन्य उद्योगको पनि त्यत्तिकै संभावना छ । त्यसवाहेक रसुवा, धादिङ, सिन्धुपाल्चोक र दोलखा जिल्लामा जलविद्युत् आयोजनाहरु अहिले नै धेरै छन् र विस्तारै बढ्ने क्रममा छन् । प्रदेश ३ ले यी आयोजनाहरुबाट यथेष्ट फाईदा लिन सक्ने पनि देखिन्छ ।
प्रदेश ४
परिचयः प्रतिव्यक्ति आय र साक्षरता दर सबभैन्दा उच्च भएकोे अन्नपणर््ूा सरंक्षण क्षेत्रदेखि विश्वप्िरसद्ध पयर्टकीय नगरी पाखेरा रहकेो पद्रशे ४ गाोर्खा, लमजङु, तनहुँ, पवर्त तथा मस्ुताङ जस्ता परुाना राज्यहरु मिलरे बनको छ । गरुुङ, मगर, खस लगायतका समदुाय वसावोस गर्ने यो पद्रशे जातीय दृिष्टले विविध छ भने यसमा भागौेिलक दृिष्टले साविकको नवलपरासीका कहेी भाग बाहेक मख्ुयत पहाडी क्षत्रेहरु छन् ।
२०११ को जनगणना अनसुार यो प्रदेशको जनसख्ंया २७३५६६१ छ । मलुकुको सबभैन्दा उच्च मानव विकास सचूकाकं भएका दुई पद्रशे (३ र ४ ) मध्य यो एक हो र यसको सचूकाकं ०.५१ छ । प्रतिव्यक्ति औसत वार्षिक आय (पिपिपिमा) १३८४.२७ अमेरिकी डलर रहेको यस प्रदेशमा २०.५४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन ।
चुनौतीः सफलताका वावजूद यो प्रदेशका कैंयन चुनौती पनि छन् । मुख्यगरी पहाडी क्षेत्रमा यात्रा कष्टकर छ र गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवा हरेक क्षेत्रमा पु¥याउन सकिएको छैन । यसका बाबजूद सरकारी तथा गैर सरकारी पहलमा विभिन्न उपयुक्त कार्यक्रमहरु चलाएर बाल मृत्युदर २२.०८ (प्रति एक हजार जीवित जन्ममा) मा पु¥याइएको छ । औसत आयु प्रदेश २ र ३ को भन्दा कम (अर्थात ६९.१२ वर्ष) छ भने पोखरा औद्योगिक क्षेत्र बाहेक अरु औद्योगिक क्षेत्रहरु खुलेका छैनन जसले गर्दा रोजगारीका अवसरहरु यस क्षेत्रमा सीमित छन् । यस्तै अझै पनि २०.९७ प्रतिशत घरधुरीमा चर्पी छैन, ७५ प्रतिशत घरमा दाउरालेनै खाना पकाउने गरिन्छ भने लगभग १५ प्रतिशत जनता स्वच्छ पानी पिउनबाट वञ्चित छन् । यस प्रदेशको लगभग एक तिहाइ भाग मात्र जंगलले ढाकेकाले र यसमा धेरै हिमालबाट सिधै बगेर आउने नदीहरु भएकोले जलवायु परिवर्तनका दृष्टिले पनि यो प्रदेश निकै संवेदनशील छ ।
संभावनाः मुलुकमै सबैभन्दा बढी महिला घरमूली भएको भौगोलिक क्षेत्र हो यो प्रदेश (३६.८ प्रतिशत) । लैंगिक समानता, शिक्षा र प्रतिव्यक्तिआय तुलनात्मक रुपमा उच्च रहेको यो प्रदेशमा पर्यटन र जलविद्युत्को प्रचुर संभावना छ । प्रस्तावित बुढीगन्डकी योजनादेखि मस्र्याङ्दी जलविद्युत् योजनासम्म यही प्रदेशमा पर्छन् । पोखरा, मुस्ताङ, बन्दिपुर, मनाङ जस्ता पर्यटकीय क्षेत्रहरु पनि यही प्रदेशमा पर्छन् ।
संसारको सबैभन्दा गहिरो गल्छी (कालीगण्डकी), धार्मिक पर्यटनकालागि प्रख्यात देवघाट, मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड जस्ता स्थानहरु यही छन् । यसवाहेक व्यवसायिक शिक्षाका लागि पनि यो सुन्दर प्रदेश अत्यन्त उपयुक्त हुन सक्छ । मुलुकको अर्को एक अन्तर्राष्ट्रिय विमानस्थल पोखरामै बन्ने क्रममा छ भने पृथ्वी राजमार्गको स्तरोन्नति गरेर चार लेन बनाउने प्रक्रिया शुरु भएको छ । यसरी काठमाडौ रं पोखरा जोडिने क्रम तीब्र हुँदै गयो भने शिक्षा, स्वास्थ्य र पर्यटनमा राम्रो गरेको नाताले यस प्रदेशले अरु सबै बातावरण मिलेमा निकै लगानी भित्र्याउने अपेक्षा गर्न सकिन्छ ।
प्रदेश ५
परिचयः भगवान बुद्धको जन्मस्थल लुम्बिनी र महाभारतकालीन महत्वपूर्ण स्थल स्वर्गद्वारी भएको, प्रख्यात बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज भएको, पुराना बलिया राज्यहरु पाल्पा र गुल्मीदेखि नयाँ मुलुकका बाँके र बर्दियासम्म समेटिएको, समथर तराई देखि माथि हिमालसम्म फैलिएको प्रदेश ५ वातावरणीय र सामाजिकरुपमा अत्यन्त विविधता भएको एक महत्वपूर्ण प्रदेश हो ।
२०११ को जनगणना अनुसार यो प्रदेशको जनसंख्या ४३२२७५१ छ । यसको मानव विकास सूचकांक ०.४६ छ । प्रतिव्यक्ति औसत वार्षिक आय (पिपिपिमा) ९२८.२७ अमेरिकी डलर रहेको यस प्रदेशमा २६.६८ प्रतिशत् जनसंख्या गरिबीको रेखामुनि रहेका छन् ।
चुनौतीः सीमित रोजगारीका अवसरहरु हुनु, भएका पर्यटकीय राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रबाट धेरै आर्थिक लाभ उठाउन नसक्नु, भौगोलिक विकटता, रणनीतिक सडक सञ्जालको कमी यस प्रदेशका मुख्य समस्या हुन । यस प्रदेशको शिशु मृत्युदर अझै पनि उच्च (४२.८) छ जुन प्रदेश ४ को भन्दा लगभग दोब्बर हो । पौष्टिक खानेकुराको बालक कालदेखि युवावस्थासम्म अभाव जनाउने गरी पुड्कोपन ४१.८१ प्रतिशत र कम तौल हुने समस्या ३०.६५ प्रतिशत जनसंख्यामा छ । १६.८ प्रतिशत जनसंख्या सम्म अझै पिउने पानीको पहुँच पुगेको छैन भने ४५ प्रतिशत घरहरुमा चर्पी नभएको अवस्था छ । अशिक्षा र अभावको कारणले वेला वेलामा कम्युनिष्टहरु लगायत अरु उग्र बिचार धारा बोक्ने समुहले यहाँका जनताहरु माझ भ्रम छरेर फाईदा उठाइरहेका र भविष्यमा पनि उठाउन सक्ने संभावना देखिन्छ ।
संभावना: यस प्रदेशको प्रमुख संभावना पर्यटन नै हो । लुम्बिनीको आध्यात्मिक महत्व र भगवान बुद्धको जीवनसँग जोडिएका अन्य स्थलहरुको उचित प्रचारप्रसार हुन सकेको स्थितिमा लुम्बिनी क्षेत्रले धेरै पर्यटकहरु आकर्षित गर्न सक्नेछ । त्यसवाहेक गैंडा, बाघजस्ता जनावरहरुको वासस्थल बन्दै गएको बर्दिया र बाँके निकुञ्ज क्षेत्रको अझै यथेष्ट प्रचार हुन सकेको छैन ।
नेपालगञ्ज र भैरहवा जस्ता शहरहरु आर्थिक दृष्टिले पनि महत्वपूर्ण बन्दै गएका छन भने नेपालगञ्ज हाल मानसरोवर यात्रा गर्नेहरुको लागि एक महत्वपूर्ण मुकाम भएकोछ । त्यस बाहेक तानसेन जस्ता शहरहरु उष्ण छिमेकी भारतीय शहरका पर्यटकहरुलाई आकर्षण गर्न सक्ने क्षमता राख्छन । पर्यटनका अलावा रुपन्देही, दाङ, बाँके र बर्दिया जस्ता तराइका जिल्लाहरुमा कृषिको प्रचुर संभावना छ । यो प्रदेशको माथी पहाडमा पनि कफी खेती र जडिबुटिको धेरै संभावना छ । हाल भैरहवामा विशेष औद्योगिक क्षेत्र खोलिएको र यहाँ भएका चुनढुंगा खानीले ठुलाठुला सिमेन्ट उद्योगहरुलाई आकर्षित गरेको अवस्थामा यो प्रदेश औद्योगिक रुपमा पनि सबल बन्ने
संभावना देखिन्छ ।
प्रदेश ६
परिचयः प्राचीन जुम्ला राज्य र त्यसका वरिपरिका जिल्लाहरु समेटिएर बनेको, राज्यको उपेक्षाको पर्याय जस्तै भएका कर्णाली क्षेत्र, रारा र फोकसुन्डो जस्ता सुन्दर तालहरु भएको प्रदेश ६ एक अत्यन्त संभावना बोकेको प्रदेश हो । २०११ को जनगणना अनसुार यो पद्रशेको जनसख्ंया १४१५०३५ छ । यसको मानव विकास सचूकाकं ०.४१ छ । प्िरतव्यक्ति आसैत वाषिर्क आय (पिपिपिमा) ८०८.५६ अमेिरकी डलर रहकेो यस पद्रशेमा ४२.८४ प्रतिशत जनसख्ंया गरिबीको रखोमुिन रहको छन् ।
लगभग सबैजसो विकासका सुचकांकहरुमा पछाडि देखिएको प्रदेश ६ का अगाडि चुनौतिका चाङहरु छन् । मुलुकमै सबैभन्दा धेरै अर्थात ३५.९ प्रतिशत घरधुरिलार्इ पानीको अभाव छ भने ४७.९ प्रतिशत घरहरुमा चर्पी छैनन् । यसै कारणले गर्दा यस प्रदेशको बाल मृत्युदर अत्यन्त धेरै अर्थात् ५५.९ प्रतिशत छ भने पोषणतत्वको अभावमा यहाँको ३८.५१ प्रतिशत जनसंख्यामा पुड्कोपन देखिएको छ । ५१.९३ प्रतिशत जनसंख्यामा कमतौलको समस्या छ ।
मुलुकका सात प्रदेश मध्ये सबैभन्दा कम रणनीतिक सडक सञ्जाल पनि यही प्रदेशमा छ । यस प्रदेशको जम्मा३०५ क्षेत्रफल जंगलले ढाकेकोमा मुलुककै सबैभन्दा बढी ९५ प्रतिशत जनता खाना पकाउन दाउराको प्रयोग गर्ने अहिलेको परिस्थितिले पर्यावरणीय दुर्घटना निम्त्याउन सक्ने पनि देखिन्छ । अझै पनि सडक नपुगेका जिल्ला सदरमुकाम (डोल्पा र हुम्ला) यसै प्रदेशमा छन । विकासको अभावमा रोजगारीका अवसरहरु यस प्रदेशमा निकै कम छन् । यस प्रदेशको निम्न साक्षरता दर र विकट भौगोलिक अवस्था विकासको गति प्राप्त गर्न मुख्य चुनौती हुनेछन् ।
संभावना
सुर्खेतको कांक्रेविहार होस अथवा मुगुको रारा तालको आकर्षण— यस प्रदेशले आफ्ना संभावनाको तुलनामा कम पर्यटकीय लाभ उठाइरहेको वर्तमान स्थिति छ । यसबाहेक हिमाली भेगका डोल्पा र हुम्ला जिल्लाहरुले जडिबुटी र पर्यटनको अपार संभावना बोकेका छन् । सस्तोमा कामदार पाइने भएकोले सडक सञ्जालसँग तुलनात्मक रुपले जोडिएका सल्यान तथा सुर्खेत जिल्लाहरु अझै पनि उद्योग स्थापनाका लागि राम्रो स्थल हुन सक्छन् । नेपालमा खस सभ्यताको उद्गमस्थल जुम्ला तथा दुल्लु जस्ता स्थलहरुले आन्तरिक पर्यटनलाई आकर्षित गर्न सक्छन् । यो प्रदेश एक महत्वपूर्ण शैक्षिक केन्द्र पनि हुन सक्छ । जलविद्युत्को क्षेत्रमा नलसिङगाड जलविद्युत् आयोजना भएको जाजरकोटको निकै संभावना छ ।
प्रदेश ७
परिचयः लामो समयसम्म सडक सञ्जालको अभावमा मलुकुको राजधानीदेिख पर भएका,े तर भागोलिक रुपमा भारतको राजधानी शहर नयाँ दिल्ली, आद्यौेिगक पा्रन्तहरु गजुरात र पञ्जाबसगँ नजीक, पस््रतावित विशाल जलविद्यत् याजेनाहरु (पञ्चेश्वर रकणार्ली जस्ता) भएको तराइको समथर जमीनदेिख हिमालसम्म फैलिएको शक्ुलाफाटं जस्तो राष्ट्रिय निकञ्ुज भएको, खप्तड जस्तो पावन क्षत्रे भएका, धनगढी तथा महन्ेद्रनगर जस्ता शहर भएको पद्रशे ७ मलुकुको सबभैन्दा पश्चिममा रहेको छ ।
२०११ सालको जनगणना अनुसार प्रदेश ७ को जनसंख्या २५५२५१७ छ । यहाँ रणनीतिक सडक सञ्जाल विस्तार हुने क्रममा छ र हाल १४०५.६८ किलोमिटर छ । युवा साक्षरता दर अझै कम अर्थात् ५२.७२ प्रतिशत छ भने प्रतिव्यक्ति आय ६८४.८९ डलर छ जुन मुलुककै सबभन्दा कम हो ।
चुनौतीः प्रदेश ७ को मुख्य चुनौती पनि जनताका लागि रोजगारीका अवसर सिर्जना गर्नु र प्रदेशलाई विस्तारै आधुनिकीकरण गर्दै लैजानु हो । एकातिर ९४ प्रतिशतभन्दा बढी जनता खाना पकाउन दाउरामा निर्भर हुनु पर्ने स्थिति छ भने शिशु मृत्युदर ४७.९ (प्रति १ हजार जन्ममा) छ जुन मुलुकको उच्च मध्ये एक हो । पहाडी भेगहरुको उच्च पछौटेपन र गरिबीले गर्दा यहाँको जनसंख्यामा पुड्कोपन (४८.८४ प्रतिशत) र कम तौल भएका (३५.५३ प्रतिशत) हरुको हिस्सा पनि प्रदेश ६ पछिको उच्च छ ।
सफापानीमा पहुँच नभएको घरधुरी अझै २५.९ प्रतिशत छ भने चर्पी नभएका घरहरु ५४.४ प्रतिशत छन् जुन मुलुककै उच्च मध्ये एक हो । गरिबी र अशिक्षाको कारण सिर्जित यी समस्याहरु राम्रो तलब दिने रोजगारी सिर्जना नगरि दिगो रुपमा हल गर्न सकिदैन । यसैले राम्रो तलब दिने रोजगारीका अवसरहरु सिर्जना गर्नु र त्यसका लागि उद्योग धन्दा खोल्ने लगानीकर्ताहरु आकर्षण गर्नु यस प्रदेशको मुख्य चुनौती हुनेछ ।
संभावनाः प्रदेश ७ कृषि, जलविद्युत, धार्मिक तथा निकुञ्ज पर्यटन सबैको दृष्टिकोणले एक महत्वपूर्ण प्रदेश हुन सक्छ । भारतका समृद्ध हुँदै गइरहेका प्रान्तहरुसँगको सामीप्यले गर्दा तथा गुजरात र मुम्बइका अन्तर्राष्ट्रिय पोर्टहरुबाट नेपालले सुविधा लिन शुरु गरेमा निर्यातमूलक उद्योगहरुको लागि प्रदेश ७ आकर्षक गन्तव्य पनि हुन सक्छ । पञ्चेश्वर परियोजना सम्पन्न भएपश्चात् अतिरिक्त सिचाई हुने दशौं हजार हेक्टर जमीनले यो प्रदेशको कृषि उत्पादकत्व बढाउनेछ भने विद्युत्को माग समेत लामो समयलाई पुरा गर्नेछ ।
प्रदेश ६ र ७ जडिबुटीमा समृद्ध छ भने प्रदेश ७ को आधाभन्दा बढी (अर्थात ५१ प्रतिशत) भूभाग वनजंगलले ढाकेकोले जडिबुटी तथा वनजन्य उद्योगको पनि यहाँ धेरै संभावना छ । भैरहेका औद्योगिक गतिविधिको आधारमा धनगढी र महेन्द्रनगर महत्वपूर्ण औद्योगिक क्षेत्र बन्न सक्ने क्षमता राख्दछन । यहाँका ऐतिहासिक मन्दिरहरु (जस्तै उग्रतारा मन्दिर, शैलेश्वरि मन्दिर, बडिमालिका मन्दिर, त्रिपुरासुन्दरी मन्दिर) र सुन्दर खप्तड क्षेत्र आफैमा धार्मिक पर्यटकीय गन्तब्य हुन् भने यो प्रदेश प्रसिद्ध तीर्थस्थल मानसरोवर जाने बाटोमा पनि पर्छ ।
घोषणापत्रबाट साभार