संकटग्रस्त अर्थतन्त्रको निकाशका लागि चिनियाँ कम्युनिस्ट पार्टीको बैठक



अमेरिकी प्रतिबन्धका बीच चीनले पछिल्लो समय सामना गर्दै आएको आर्थिक चुनौतीबाट मुक्त हुने भनेर चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको बैठक बेइजिङमा बस्दैछ ।

एजेन्सी । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु राष्ट्रिय अर्थतन्त्रका चुनौतीका विषयमा छलफल गर्न भेला हुँदै छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन पछिल्लो समय पश्चिमा देशहरुको दबाब सामना गरिरहेको छ । यही सन्दर्भमा चिनियाँ शीर्ष अधिकारीहरु यसै साता राजधानी बेइजिङमा छलफलमा जुट्न लागेका हुन् ।

हरेक पाँच वर्षमा हुने पार्टीको तेस्रो पूर्ण बैठकको समय धेरै बाँकी रहँदा यसपटक बैठक बस्ने तयारी भएको हो । यसपटकको बैठकले पार्टी नेतृत्वका लागि प्रमुख आर्थिक सुधारहरु तथा नीति निर्देशनको घोषणा गर्ने अपेक्षा गरिएको छ । चीन यतिबेला सम्पत्ति क्षेत्रको संकट, उच्च स्थानीय सरकारी ऋण र कमजोर उपभोक्ता मागका कारण चुनौती सामना गरिरहेको छ । साथै लगानीकर्ताहरु आकर्षित हुन नसक्नु र अमेरिका तथा युरोपसँगको व्यापार तथा प्राद्यौगिक तनाब पनि चीनका लागि दबाबपूर्ण अवस्था हो ।

यी चुनौतीहरु चीनको नयाँ आर्थिक विकास आंकडाहरुद्वारा रेखांकित गरिएको थियो । जसलाई यही सोमबार घोषणा गरिएको हो । गत वर्षको यही अवधिको तुलनामा यस वर्ष अप्रिलदेखि जुन महिनासम्म चीनको घरेलु उत्पादन ४.७ प्रतिशतले वृद्धि भएको थियो । जुन पहिलो त्रैमासिकको ५.३ प्रतिशतको वृद्धिभन्दा थोरै हो । जवकि दोस्रो त्रैमासिकमा ५.१ प्रतिशतको विस्तार गर्ने भविष्यवाणी गरिएको थियो ।

यससँगै कोरोना महामारीमा अपनाइएको कडा नियन्त्रणका कारण उत्पन्न आर्थिक समस्याले आम रुपमा सामाजिक निराशा बढाएको बताइन्छ । साथै दशकौंयताको अवधिमा शक्तिशाली नेताको रुपमा स्थापित राष्ट्रपति सी चिनफिङको नेतृत्वमा पनि प्रश्न उठ्न थालेको छ ।

जवकि राष्ट्रपति सीले हालै मात्र तीन मन्त्रीहरु र केही शीर्ष सैन्य अधिकारीहरुलाई पदबाट हटाए । यसलाई चीनको अपारदर्शी राजनीतिक प्रणालीलाई देखाउनुका साथै कम्युनिस्ट पार्टीको प्लेनम (पूर्ण बैठक)लाई ढिला गर्नुमा पनि भूमिका खेलेको बताइन्छ ।

अब राष्ट्रपति सी र उनका शीर्ष अधिकारीहरुले देशको आगामी आर्थिक चुनौतीलाई कसरी सम्बोधन गर्छन् भन्ने कुराले नै आम मानिसको जीवनस्तर उकास्ने र आम मानिसको आत्मबल बढाउने कुराको निर्क्योल गर्ने पनि विज्ञहरुले बताउँदै आएका छन् । र यसले विश्वव्यापी अर्थतन्त्रमा चीनको भूमिकामा पनि व्यापक प्रभाव पार्नसक्नेछ । यसवाहेक अमेरिकी राष्ट्रपति चुनावको नतिजा साथै अन्य विदेशी लगानीकर्ताहरु चीनमा कति आकर्षित छन् भन्ने कुराले चीनको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने बताइन्छ।

चारदिने प्लेनममा कम्युनिस्ट पार्टीका २ सय केन्द्रीय सदस्यसहित १ सय ७० वैकल्पिक सदस्यहरुले अर्थतन्त्रको सुधार र चिनियाँ शैलीको आधुनिकीकरणलाई अगाडि बढाउने विषयमा पार्टीको दस्तावेज अनुमोदन गर्नेछन् । जवकि तेस्रो पूर्ण बैठकले व्यापक सुधार गरेको थियो ।

१९७८ मा भएको बैठकले चीनको अर्थतन्त्रको ‘सुधार र सुरुवात’ योजनासँगै ऐतिहासिक परिवर्तन गरेको थियो । जवकि २०१३ मा सीले कार्यकाल सम्हालेपछिको पहिलो बैठकले पुरानो नीति खारेज गर्दै नयाँ कदम चालेको थियो । तर चीनको अपारदर्शी राजनीतिक प्रणालीका पर्यवेक्षकहरुले यसपटक आधारभुत आर्थिक सुधारहरु हुनेमा विश्वास गरिरहेका छैनन् ।

बरु उनीहरु यसपटक संरचनागत आर्थिक मुद्दा र सामाजिक समस्यामा केन्द्रित हुने अपेक्षा गरिएको छ । साथै अमेरिकी प्रतिबन्धको सामना गरिरहेको अवस्थामा स्वदेशी प्राविधिक आत्मनिर्भरतालाई वृद्धि गर्नका लागि बैठकले काम गर्ने पनि अपेक्षा गरिएको छ । यसका बीच स्थानीय सरकारहरुको उच्च ऋणको बोझ र तिनीहरुको घट्दो आय, सम्पत्ति संकटसँग जोडिएका मुद्दा वर्तमान आर्थिक समस्यालाई केन्द्रविन्दु मानिएको छ ।


क्लिकमान्डु