नयाँ सरकारका गृहमन्त्री रमेश लेखक



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा नयाँ सरकार बन्दै छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन् र उनको पक्षमा संसदको विश्वास सिद्ध हुने सम्भावना छैन ।

नेकपा एमाले र कांग्रेससहितका दलहरु नयाँ गठबन्धनको पक्षमा रहेकाले प्रचण्ड सरकार बाहिरिने छ ।

त्यसपछि दुई दलबीचको सहमतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने छन् ।

दुई दलबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल भए पनि टुंगो भने लागिसकेको छैन । तर एमालेले प्रधानमन्त्रीसहित अर्थ र सञ्चार लगायतका मन्त्रालय पाउने र कांग्रेसले गृहसहितका मन्त्रालय पाउने सहमति भएको जनाइएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले अब गृहमन्त्री रमेश लेखक बन्न लागेको भन्दै आफूले जस्तै स्टन्ट गर्न चुनौती दिए ।

लेखकले आफूमाथि स्टन्ट आरोप लगाएको भन्दै उनले ललिता निवास, सुनकाण्ड जस्ता स्टन्टहरु गर्न आग्रह गरे ।

‘बाँसबारीको जग्गा फिर्ता ल्याउने कुरा स्टन्ट हो भने यस्तै स्टन्ट अपेक्षा गर्छु, बालमन्दीरको स्टन्टको अपेक्षा गर्छु जनकपुरको ९ हजार जग्गा ल्याउने काम सुरु भएको छ नरोकेर काम गर्नु होला त्यसको अपेक्षा गर्छु’ उनले लेखेकले भने ।

फाइल खोल्छु भनेको भए पनि काम गर्न नसकेको आरोप लागेको भन्दै लामिछानेले भने, ‘ एउटा फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नु भयो कसरी खोल्ने फाइल ?’


क्लिकमान्डु