जबज मौकाप्रस्थको माध्यम होइनः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन् ।

शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताए ।

जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको उनको भनाइ छ । ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताए ।

जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको उनको भनाइ छ ।

जबजले अहिले पनि मार्गदर्शन गरिरहेको उनको भनाइ छ । जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताए ।


क्लिकमान्डु