बजेट सार्वजनिक गर्ने कार्यक्रममा काठमाडौं महानगरले उडायो ड्रोन



काठमाडौं । काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ।

बजेट पेस गर्नुअघि बैठक स्थलमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । बैठक स्थलमा महानगरले ड्रोन उडाएको छ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले ड्रोन उडाएर महानगरको बजेट पेस गरेको भन्दै जनप्रतिनिधिले ब्यङ्ग्य गरेका थिए ।

२ असारमा हुने भनिएको छलफलमा प्रमुख तीन राजनीतिक दलबाट निर्वाचित वडाध्यक्षहरूले नगरसभा बहिष्कार गरेपछि मेयर बालेन साहले बैठक स्थगित गरेका थिए ।


क्लिकमान्डु