दक्षिण कोरियाको राजदूतमा सिफारिस प्याकुरेलले अस्वीकार गरे पद



काठमाडौं । दक्षिण कोरियाको राजदूतमा सिफारिस सुशील प्याकुरेलले पदप्रति असन्तुष्टि जनाएका छन् ।

उनलाई सरकारले नेकपा एमालेको कोटाबाट गत शुक्रबार (असार ७) गते राजदूत सिफारिस गरेको थियो ।

प्याकुरेलले पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्य दक्षता, रुचि, कुटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट आश्चर्यचकित भएको भन्दै राजदूत सिफारिसको निर्णय फिर्ताको आग्रह गरेका छन् ।

सोमबार विज्ञप्तिमार्फत् राजदूत नियुक्त गर्नु अगाडि आफूसँग कुनै परामर्श नगरिएको भन्दै राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले आइतबारै प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सरकारले देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिन पत्र लेखेर प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराएको जनाएका छन् ।


क्लिकमान्डु